सामग्रीमा जानुहोस्

चतुर्व्यूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चतुर्व्यूह "चार स्वरूपहरू"
चतुर्व्यूह, नारायणका [] वा पछिल्लो समयमा विष्णुका चार स्वरूपहरू[] दोस्रो शताब्दी ईस्वी, मथुराको कला, मथुरा सङ्ग्रहालय। अगाडि: वासुदेव (केन्द्रमा) र उनीबाट उत्पन्न भएका उनका परिवारका सदस्यहरू। वासुदेवका चार हातहरू छन् भने उनी बीचमा सजिएको भारी गदा र शङ्ख लिएर बसेका छन्। उनको दायाँतर्फ सर्पको फणा मुनि जेठो दाजु बलराम (सङ्कर्षण), बायाँतर्फ छोरा प्रद्युम्न (अहिले हराएको) र माथि नाति अनिरुद्ध छन्।[]
पछाडि: कदम्बको रूख र तिनीहरूको सम्बन्ध दर्शाउने हाँगाहरू। मूर्तिको पछाडिको भागले रूखको काण्ड र हाँगाहरू देखाउँछ जसले देवताहरू बीचको वंशावली सम्बन्धलाई उजागर गर्दछ।[]

चतुर्व्यूह (संस्कृत: चतुर्व्यूह, शाअ'चार स्वरूप वा विस्तार'), एउटा प्राचीन भारतीय धार्मिक अवधारणा हो जसले सुरुमा सर्वोच्च देवता नारायणका चार पार्थिव स्वरूपहरू (व्यूह) लाई जनाउँथ्यो भने हाल यसले विष्णुका रूपहरूलाई सङ्केत गर्दछ।[] यी स्वरूपहरूमध्ये पहिलो रूप वीर देवता वासुदेवसँग सम्बन्धित छन् भने अन्य स्वरूपहरू वासुदेवकै विस्तारको रूपमा प्रस्तुत गरिएका उनका परिवारका सदस्यहरू हुन्।[] लगभग पहिलो शताब्दी ईस्वीदेखि, व्यूह सिद्धान्त (व्यूहवाद) वृष्णि वीरहरूको पुरानो वीरवाद सम्प्रदायबाट विकसित भएको हो जसमा पाँच वीरहरू; सङ्कर्षण, वासुदेव, प्रद्युम्न, साम्बअनिरुद्ध मुख्यतया मानवीय चरित्रका थिए।[] पछि, लगभग चौथो शताब्दी ईस्वीतिर, यो विष्णुको अवतार प्रणाली (अवतारवाद) मा विकसित हुनपुग्यो जसमा विष्णुलाई आदिपुरुष मानिएपछि वृष्णि वीरहरू उनका अवतार बनेका थिए।[][]

अवधारणा र विकास

[सम्पादन गर्नुहोस्]

चार पार्थिव स्वरूपहरू वा "व्यूहहरू", सङ्कर्षण (बलराम-सङ्कर्षण, वसुदेवदेवकीका छोरा),[][] कृष्ण (वसुदेव र देवकीका छोरा),[][] प्रद्युम्न (वासुदेव कृष्ण र रुक्मिणीका छोरा)[]अनिरुद्ध (प्रद्युम्नका छोरा) का रूपमा चिनिन्छन्।[][१०] यी स्वरूपहरू सम्भवतः मथुरा क्षेत्रका पौराणिक वृष्णि वीरहरू जस्तै हुन्, जसमा साम्ब (वसुदेव र जाम्बवतीका छोरा) लाई समावेश गरिएको छैन।[]

मूलतः, यी धेरै पार्थिव देवताहरू, विशेषगरी वासुदेव, नारायण, श्री र लक्ष्मीका सम्प्रदायहरू जस्तै विभिन्न प्रमुख स्वतन्त्र सम्प्रदायहरूमध्ये एक थिए जुन पछि मिसिएर वैष्णव धर्म बनेको थियो।[११] विष्णुको वास्तविक सम्प्रदाय यी प्रारम्भिक सम्प्रदायहरू स्थापना भएपछि मात्र विकसित भएको हो।[११]

यी वीरहरू पछि चरणबद्ध प्रक्रिया मार्फत वैष्णव देवताका रूपमा विकसित भएका देखिन्छन्।[१२] अभिलेखीय रूपमा, विशेषगरी वासुदेवको दैवीकरणको पुष्टि बेक्ट्रियाका अगाथोक्लेस (१९०-१८० ईसा पूर्व) को सिक्का र हेलियोडोरस स्तम्भ शिलालेख (लगभग ११० ईसा पूर्व) को भक्तिपूर्ण चरित्रबाट हुन्छ।[१३] पछि, नारायण (विष्णु) सँगको सम्बन्ध पहिलो शताब्दी ईसा पूर्वको हाथीबाडा घोसुण्डी शिलालेखले सङ्केत गर्दछ।[१३]

कुषाण चतुर्व्यूह (दोस्रो शताब्दी ईस्वी)

[सम्पादन गर्नुहोस्]

दोस्रो शताब्दी ईस्वीसम्म, "अवतार अवधारणा आफ्नो प्रारम्भिक चरणमा थियो", र साम्ब बाहेकका वृष्णि वीरहरू सम्मिलित विष्णुका चार स्वरूपहरू (चतुर्व्यूह) को चित्रण कुषाण कालको अन्त्यतिर कलामा देखिन थालेको थियो।[] मथुराको कलाबाट सुरु भएको यस चित्रणमा, वासुदेव (विष्णुका अवतार) मूर्तिशिल्पको केन्द्रमा देखिन्छन्, जसको छेउमा सजिएको भारी गदा र हातमा शङ्ख छ। उनको दायाँतर्फ जेठो दाजु बलराम सर्पको फणा मुनि र पिउने कप (चषक) समातेका छन्, बायाँतर्फ छोरा प्रद्युम्न छन् र माथि नाति अनिरुद्ध देखिन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 उद्दरण त्रुटी: अवैध <ref>चिनो; DS209 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. 1 2 3 Paul, Pran Gopal; Paul, Debjani (१९८९), "Brahmanical Imagery in the Kuṣāṇa Art of Mathurā: Tradition and Innovations", East and West 39 (1/4): 132–136, for the photograph p.138, आइएसएसएन 0012-8376, जेएसटिओआर 29756891
  3. Paul, Pran Gopal; Paul, Debjani (१९८९), "Brahmanical Imagery in the Kuṣāṇa Art of Mathurā: Tradition and Innovations", East and West 39 (1/4): १३६ [२६], आइएसएसएन 0012-8376, जेएसटिओआर 29756891
  4. 1 2 3 Singh, Upinder (२००८), A History of Ancient and Early Medieval India: From the Stone Age to the 12th Century (अङ्ग्रेजीमा), Pearson Education India, पृ: ४३९, आइएसबिएन 978-81-317-1677-9
  5. Indian History (अङ्ग्रेजीमा), Allied Publishers, १९८८, पृ: A२२२, आइएसबिएन 978-81-8424-568-4
  6. Shaw, Julia (२०१६), Buddhist Landscapes in Central India: Sanchi Hill and Archaeologies of Religious and Social Change, c. Third Century BC to Fifth Century AD (अङ्ग्रेजीमा), Routledge, पृ: 73–74, आइएसबिएन 978-1-315-43263-2
  7. 1 2 3 4 Singh, Upinder (२००८), A History of Ancient and Early Medieval India: From the Stone Age to the 12th Century (अङ्ग्रेजीमा), Pearson Education India, पृ: 436–438, आइएसबिएन 978-81-317-1120-0
  8. 1 2 Joanna Gottfried Williams (१९८१), Kalādarśana: American Studies in the Art of India, BRILL, पृ: 127–131, आइएसबिएन 90-04-06498-2
  9. Singh, Upinder (२००८), A History of Ancient and Early Medieval India: From the Stone Age to the 12th Century (अङ्ग्रेजीमा), Pearson Education India, पृ: 436–440, आइएसबिएन 978-81-317-1120-0
  10. Williams, Joanna Gottfried (१९८१), Kalādarśana: American Studies in the Art of India (अङ्ग्रेजीमा), BRILL, पृ: १२९, आइएसबिएन 978-90-04-06498-0
  11. 1 2 Singh, Upinder (२००८), A History of Ancient and Early Medieval India: From the Stone Age to the 12th Century (अङ्ग्रेजीमा), Pearson Education India, पृ: ४३६, आइएसबिएन 978-81-317-1120-0
  12. Srinivasan, Doris (१९७९), "Early Vaiṣṇava Imagery: Caturvyūha and Variant Forms", Archives of Asian Art 32: ५०, जेएसटिओआर 20111096
  13. 1 2 Srinivasan, Doris (१९७९), "Early Vaiṣṇava Imagery: Caturvyūha and Variant Forms", Archives of Asian Art 32: ५१, आइएसएसएन 0066-6637, जेएसटिओआर 20111096