चन्द्रकान्त राउत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चन्द्रकान्त राउत अथवा सीके राउत स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक हुन्। सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरी जिल्लामा जन्मिएका हुन्।

शिक्षा[सम्पादन गर्ने]

उनले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ गरेका थिए । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

किताब[सम्पादन गर्ने]

उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक प्रकाशित गरेका छन्।[१]

राजनीति[सम्पादन गर्ने]

सन् २०११ मा अमेरिकाबाट नेपाल फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए। वि.सं २०७५ फागुन २४ गते नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।

सम्मान[सम्पादन गर्ने]

  • महेन्द्र विद्या भुषण
  • कुलरत्न गोल्ड मेडल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]