सामग्रीमा जानुहोस्

चन्द्रमा रात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रमा रात
एक अर्धचन्द्रकार रात
अनुयायीमुसलमान
प्रकारइस्लामी
सम्बन्धितरमजान, ईद उल फित्र

चन्द्रमा रात वा चन्द्र रात (बङ्गाली: চাঁদ রাত) (शाब्दिक रूपमा चन्द्रमाको रात) इस्लाम धर्मवलम्वीहरूको महान चाड ईद उल फित्रको पूर्वसन्ध्यामा बङ्गलादेश, पाकिस्तानभारतमा प्रचलित बङ्गाली, उर्दुहिन्दीमा प्रयोग हुने एक अभिव्यक्तिका हो भने यसका साथै यसको अर्थ अरबी महिनाको शोवालको पहिलो दिनमा देखा पर्ने नयाँ चन्द्रको रात पनि हो। यस समयमा स-परिवार वा साथीहरू रमजानको अन्तिम दिन नयाँ चन्द्र हेर्न खुला स्थानमा जम्मा हुन्छन्। नयाँ चन्द्रले इस्लामिक शोवाल महिनाको आगमन र ईदको दिनको सङ्केत गर्छ। नयाँ चन्द्रमा देखा परेपछि मानिसहरूले एकअर्कालाई चाँद रात मोबारक ("नयाँ चन्द्रको शुभकामना") वा ईद मोबारक ("ईदको शुभकामना") भनेर आपसमा शुभकामनाहरू आदनप्रदान गर्दछन्। महिलाहरूले र किशोरीहरूले मेहेन्दीद्वारा आफ्ना हातहरू सजाउँछन् र अर्को दिनको ईदको लागि मिठाइँ तयार पारी अन्तिम चरणको किनमेल गर्दछन्।[] सहरका सडकहरू उत्सवको र व्यापारी बत्तीद्वारा सजाइन्छन् भने यसका साथै यस रात्रीकालिन बजरहरू रातभर खुला रहन्छन्। पूरा दक्षिण एसियामा मुसलमानहरूले (कहिलेकाहीँ गैर-मुसलमानहरूले पनि) सामाजिक-सांस्कृतिक दृष्टिले चन्द्रमा रातको उत्सव उत्साहका साथ मनाउँछन्। यो रात क्रिसमसको पूर्वसंध्या साथ तुलनीय छ।[][]

चन्द्रमा रातका दिन समितिद्वारा चन्द्रमा हेर्ने समयको घोषणा भएसँगै मस्जिद, टेलिभिजन च्यानल र रेडियो स्टेसनहरूबाट यसबारे घोषणा गरिन्छ। चन्द्रमा रातको उत्सव प्रायः तुरुन्तै सुरु हुन्छ र बिहान फज्रको नमाजसम्म रातभर जारी रहन्छ। अधिकांश परिवारहरू नजिकैको स्थानीय बजारमा आफ्नो अन्तिम किनमेल गर्न जान्छन्। महिलाहरू सामान्यत: सलवार-कामिज, चुरा, गहना र झोला किन्छन् भने पुरुषहरू प्रायः जुत्ता किन्ने गरेको पाइन्छ। यस रात उनीहरूले साथीहरूका लागि उपहार र मिठाइँ तथा साना बालबच्चाहरूका लागि खेलौना किनेर फर्कन्छन्। अर्को दिनको तयारीका लागि साँझमा हजमको दोकान र ब्युटी पार्लरहरूमा धेरै भिड देखिन्छ। महिला र किशोरीहरूले महेन्दीले आफ्ना हातहरू सजाउँछन्। बजारसँगै सरकारी भवन, बैंक र मस्जिदहरूमा थुप्रै बत्तीहरू जडान गरि राम्रोसँग सजाइन्छ। चन्द्रमा रातले सबै उमेरका मानिसहरूलाई आफ्ना साथीहरू र विस्तारित परिवारसँग भेट्ने अवसर दिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "'Chand Raat' is here again"Jamila Achakzai। The News। सङ्ग्रह मिति २५ जुन २०१७
  2. "12 Things That Only Pakistanis Do On Chand Raat"Adeela Akmal। Web Chutney। सङ्ग्रह मिति २५ जुन २०१७
  3. "City gears for Chand Raat"। Times of India। ५ डिसेम्बर २००२। सङ्ग्रह मिति २००९-०८-०१
  4. "13 Times Pakistanis Go Wild On Every Chaand Raat"। Shugal.com। सङ्ग्रह मिति २५ जुन २०१७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]