चन्द्रीराम टमटा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चन्द्रीराम टमटा

बैतडी, दशरथचन्द नगरपालिका निवासी ६५ वर्षीय चन्द्रीराम टमटा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका टमटा हाल कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ। भारतीय सेनामा लामो समयसम्म काम गरेका टमटाले सन् १९६५ र १७९१ का दुईवटा युद्धहरूमा भारतका तर्फबाट भाग लिनुभएको थियो। सभासद टमटा भन्नुहुन्छ -"भारतीय सेनामा रहँदादेखि नै नेपाली कांग्रेसको सिद्धान्तबाट प्रेरित भएकोले अवकाश पाएर २०४६ सालमा नेपाल आउने बित्तिकै कांग्रेसमा सक्रिय भएको हुँ।" कक्षा आठसम्म अध्ययन गरेका टमटाको रुचि समाजसेवामा छ। समुदायमा भिजेर काम गर्न रुचाउने सभासद चन्द्रीराम टमटाले व्यक्तिगत तवरमा र सामाजिक संस्थाहरू मार्फत सामाजिक हितका कामहरू गर्दै आउनुभएको छ। राजनीति बाहेक कृषि उहाँको पेशा हो। सैद्धान्तिक दृढता, कार्यगत लगनशीलता र पार्टीको नीतिले आफूलाई संविधानसभामा पुर्‍याएको आकलन गर्ने सभासद टमटा संविधानसभामा राज्यको पुनः संरचना र राज्यका सबै अंगमा दलितको समानुपातिक प्रतिनिधित्वका मुद्दाहरू प्रमुखतासाथ उठाउने बताउनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. संविधान सभा निर्वाचन पोर्टल