चन्द्र बहादुर थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


एकिकृत नेकपा माओवादीको तर्फबाट गुल्मी क्षेत्र नम्बर ३ बाट विजयी सभासद् चन्द्रबहादुर थापा, सागर, माओवादीको भातृ सङ्गठन योङ कम्युनिस्ट लीगका उपत्यका इन्चार्ज हुनुहुन्छ। आफ्नै राजनीतिक गुरु बताउने नेकपा एमालेका गोकर्ण विष्टलाई पराजित गरेर आफू संविधान सभामा विजय भएर आएको थापाले बताउनुभयो। विष्ट र थापा दुबैजना गुल्मीको दोहली गाविसका स्थायी बासिन्दा हुनुहुन्छ।

गुल्मीको दोहली गाविस ३ कोटकेरीका दमयन्ती र इन्द्रबहादुरका ६ छोराछोरीमध्ये एक थापा २०३१ सालमा बैशाख ५ गते जन्मनु भएको हो। शसस्त्र विद्रोहकै क्रममा उहाँको दाजु महेन्द थापाको फौजी कारवाहीमा परी मृत्यु भएका घटना उहाँका लागि सदा स्मरणमा आउने घटना हो। थापाकी श्रीमती कल्पना गुल्मीमा नै शिक्षिका पेशा अपनाउँदै आउनुभएको छ।

विष्टकै प्रभावबाट राजनीतिमा लागेका थापा विद्यालयमा अध्ययन गर्दा नै तत्कालिन नेकपा मालेको विद्यार्थी फाँटबाट राजनीति शुरु गर्नुभएको थियो। त्यसपछि एमालेको विद्यार्थी सङ्गठनको राजनीति गरेका थापा क्याम्पसको विद्यार्थी युनीयनका सदस्य तथा बुटवल क्याम्पसको अनेरास्ववीयू प्रमुख पनि हुनुभयो।

माओवादीले जनयुद्ध सुरू गरेपछि त्यस पार्टीमा आकर्षित भएका थापा २०५४ सालमा माओवादी भातृ सङ्गठन अखिल क्रान्तिकारीको गुल्मी जिल्ला उपाध्यक्ष र जनमुक्ति सेनाको स्क्वाट कमा४८डर पनि हुनुभयो। जनमुक्ति सेनाको प्लाटुन सहकमा४८डर, ब्रिगेड कमा४८डर, 'अर्बान गुरिल्ला२१५' कमा४८डर हु"दै उहाँ 'स्पेशल टास्कफोर्स' कमा४८डर पनि बन्नुभएको थियो।

शसस्त्र विद्रोहका बेला तत्कालिन शाही सेना र नेपाल प्रहरी विरुद्धका ३७ वटा 'कारबाही'मा भाग लिएको थापाले जानकारी दिनुभयो। १९ दिने जनआन्दोलनका बेला थापाले माओवादीका तर्फबाट राजधानी उपत्यकामा फिल्ड कमा४८डरको भूमिका निर्वाह गर्नुभएको थियो। युवा वर्गको लागि रोजगारको निश्चितता भएको संविधान लेख्नमा आफ्नो ध्यान केन्द्रित हुने थापा बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. संविधान सभा निर्वाचन पोर्टल