सामग्रीमा जानुहोस्

चमचम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चमचम
टाङ्गाइलको प्रसिद्ध पोडाबाडीको चमचम
परिकारमिष्ठान
उत्पत्ति स्थानपोडाबाडी सङ्घ, टाङ्गाइल, बङ्गलादेश
क्षेत्र वा राज्यबङ्गलादेश, भारत, पाकिस्तान
सम्बन्धित राष्ट्रिय व्यञ्जनबङ्गलादेशी परिकार/बङ्गाली परिकार
मुख्य सामग्रीहरूदूध, मैदा, छेना, चिनी
विभिन्नताराजबाडीको चमचम, आदि चमचम, बिलपाडाको चमचम

चमचम (बङ्गाली: চমচম) बङ्गलादेशको टाङ्गाइल जिल्ला अन्तर्गत पोडाबारीबाट उत्पादित एक प्रसिद्ध मिठाइँ हो जुन बङ्गलादेश, भारतपाकिस्तान मात्र नभई समग्र भारतीय उपमहाद्वीपमा निकै लोकप्रिय छ।[][][] चमचमलाई बङ्गलादेशमा बनाइने विभिन्न प्रकारका मिठाइँहरू को राजा मानिन्छ। यो मिठाइँ विभिन्न रङ्गमाआधारित रहेर बनाइन्छ जसमा मुख्यतया हल्का गुलाबी, हल्का पहेँलो र सेतो रङ्गको चमचम उल्लेखनीय छ।[] यो चनाबाट बनाइन्छ र शृङ्गारका लागि नारिवल वा दुग्ध चुर्णको पत्र माथिबाट राखिन्छ। यो पनीरबाट बनाइने एक विशेष प्रकारको मिठाइँ हो। टाङ्गाइलको पोडाबारीमा निर्मित चमचमको भौगोलिक सङ्केत जिआईले एक विशिष्ट उत्पादनको रूपमा मान्यता प्राप्त गरेको छ।[]

टाङ्गाइल पोडाबारीको चमचम
चेरी चमचम

यस मिठाइँ तयार गर्नका लागि आवश्यक सामग्रीहरूमा; मैदा, घ्यू, केसर, चिनी, कागतीको रस, नरिवल आदि पर्दछन्। सर्वप्रथम चुलोमा गाईको खाँटी दूध तताएर त्यसलाई फटाएर छेन तयार गरिन्छ। करिब पाँच केजी छेनबाट चमचम बनाउँदा त्यसमा २५० ग्राम मैदा मिसाउनु पर्छ। त्यसपछि उक्त मिश्रणलाई राम्रोसँग मिचेर मिठाइँको आकार दिइन्छ र चिनीको चास्नीमा कम्तिमा आधा घण्टा पकाइन्छ। चास्नीमा पकाइसकेपछि यी मिठाइँहरू क्रमशः इँटा जस्तो रङ्गमा परिणत हुँदै जान्छन्। यसरी पोडाबाडीको चमचम तयार हुन्छ।

टाङ्गाइलको पोडाबारी भन्ने ठाउँबाट १९औँ शताब्दीको अन्त्यतिरबाट उत्पन्न भएको अण्डाकार खैरो रङ्गको मिठाइँ नै चमचम हो।[][] कुष्टिया जिल्लाको जगदीश मिठान्न भण्डारले चमचमको एउटा छुट्टै प्रकार बनाउने गरेको छ जसलाई मावार चमचमको भनिन्छ।[] चमचम चन्द्रमा रात, ईद, पोहेला वैशाख (बङ्गाली नववर्ष) र दुर्गा पूजा जस्ता अवसरमा लोकप्रिय मिठाइँ हो।[][१०]

पोडाबारीको चमचम

[सम्पादन गर्नुहोस्]

पोडाबारीको चमचमको लगभग दुई सय वर्ष पुरानो इतिहास रहेको छ।[११] पोडाबारी कुनै समय चमचमको ‘राजधानी’को रूपमा परिचित थियो। अत्यन्तै स्वादिष्ट चमचम पाइने ठाउँको रूपमा परिचित पोडाबारी टाङ्गाइल सहरबाट ७ किलोमिटर टाढाको दूरीमा अवस्थित छ।[१२] लगभग दुई सय वर्ष पहिले जलोरथ हाल नामक एक मिठाइँ व्यापारीले पहिलोपटक यो मिठाइँ बनाएका थिए।[१३] समयको प्रवाहसँगै यस मिठाइँको विशेषता अद्वितीय बन्दै गएको थियो। मुखमा राख्ने बित्तिकै पघलिँदै जाने यो चमचम खानेका लागि देशका विभिन्न भागबाट मिठाइँ प्रेमीहरू यहाँ आउने गरेका छन्। पोडाबारी गाउँ बाहेक टाङ्गाइल सहरको पाँचआनि सहित केही क्षेत्रका मिठाइँ पसलेहरूले यसको उत्पादन गर्ने गरेका छन्। विभिन्न सामग्रीहरूको प्रयोग गरि बनाइएको चमचम नरम र उत्तिकै सुगन्धित पनि छ। रातो रङ्गको पोडाबारी चमचमलाई सजाउन र थप मिठास बढाउन दुग्ध चुर्णको पनि प्रयोग गरिएको पाइन्छ। स्वाद र सुगन्धमा अविश्वसनीय यो विशेष मिठाइँको अझै पनि लोकप्रियता उत्तिकै रहेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "উনিশ শতকের মিষ্টি প্রেম, কয়েকটি দোকান ধরে রেখেছে ঐতিহ্য"। দৈনিক জনকণ্ঠ। सङ्ग्रह मिति २०२०-१०-१७ 
  2. "15 Popular Desserts You Have Eaten But Never Thought About Their Origins"। Story pick। सङ्ग्रह मिति २०१०-१०-१५ 
  3. "The Concept of Desserts in Bangladesh"। দ্য ডেইলি স্টার। सङ्ग्रह मिति २०२०-१०-१४ 
  4. "টাঙ্গাইলের পোড়াবাড়ির চমচম"bd-pratidin.com। বাংলাদেশ প্রতিদিন। सङ्ग्रह मिति २०१०-१०-१७ 
  5. "জিবে জল আনা মিষ্টিসহ চার পণ্যের জিআই স্বীকৃতি"প্রথম আলো। १ जनवरी २०२४। सङ्ग्रह मिति २९ सेप्टेम्बर २०२४ 
  6. Karim, Elita (२०१६-०६-२४), "The Concept of Desserts in Bangladesh", The Daily Star (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२५ 
  7. Mahmud Nasir Jahangiri (२०१२), "Sweetmeats", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh। 
  8. Kabir, Ihtisham (२०१५-०४-११), "A Sweet Passion", The Daily Star (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२५ 
  9. "LifeStyle: Centrefold", archive.thedailystar.net, अन्तिम पहुँच २०२२-१०-२५ 
  10. Sarkar, Puja (२०२२-०९-२६), "Durga Puja shopping essentials", The Daily Star (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-२५ 
  11. "পোড়াবাড়ির চমচম | কালের কণ্ঠ"Kalerkantho (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२०-०९-०७ 
  12. "আসল পোড়াবাড়ির মিষ্টি খেতে টাঙ্গাইল শহরে"banglanews24.com (बङ्गाली भाषा)। सङ्ग्रह मिति २०२०-०९-०७ 
  13. "জগৎ বিখ্যাত টাঙ্গাইলের পোড়াবাড়ির চমচম"bbarta24.net। सङ्ग्रह मिति २०२०-०९-०७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]