चम्पा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



चम्पा महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६)को एक मात्र औपन्यासिक कृति हो। देवकोटाको मृत्युपश्चात २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने २००४ सालमै भएको जानकारी यसको प्रकाशकीयबाट पाइन्छ। लेखकबाट सामाजिक उपन्यास नाम दिइएको यस कृतिमा कविताका क्षेत्रमा स्वच्छन्दतावादी मानवतावादलाई आत्मसात गरेका देवकोटाले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका छन्। त्यसैले चम्पा देवकोटाका अन्य कृतिभन्दा भिन्न प्रवृत्तिका साथ देखा परेको उपन्यास हो। राणाकालीन सामाजिक परिवेशका विकृति र त्यसमा नारीले भोग्नुपरेको विवशतालाई देखाउन सक्षम यो कृति तत्कालीन पारिवारिक द्वन्द्वात्मक स्थिति र तनावको चित्रणमा पनि त्यतिकै सबल देखा पर्छ।