सामग्रीमा जानुहोस्

चाउचाउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाउचाउ
चीनमा हातले तानिएको चाउचाउ बनाइँदै
उत्पत्ति स्थानचीन
मुख्य सामग्रीहरूपीठो

चाउचाउ (चिनियाँ: 条, पिनयिन: Tiáo अर्थात "त्यान्द्रो") भनेको पिठोबाट बनाइने एउटा प्रकारको खानेकुरा हो। पातलो गरि बेलेको पिठोलाई काटेर, तानेर, कि त लामो पट्टी वा डोरीमा थिचेर चाउचाउ बनाइन्छ। चाउचाउ धेरै देश र ठाँउहरूमा मुख्य खानाको रूपमा खाइन्छ र विभिन्न आकारहरूमा बनाइन्छ, जसमा सबैभन्दा प्रचलित चीनको चाउचाउ र इटालीका पास्ता पर्छ। इटालियन चाउचाउलाई पास्ता भनिन्छ। चिनियाँ खानामा, चाउचाउका लागि व्यापक शब्द 面 (पिनयिन: miàn) हो, जसले विशेष गरी गहुँ वा अन्य अन्नबाट बनेको पिठोले बन्या चाउचाउलाई जनाउँछ। चिनियाँ चाउचाउ जनाउने अर्को शब्द हो 粉 (पिनयिन: fěn), जसलाई फान भनिन्छ। नेपाली र तिब्बती फिङझैँ, फान चाउचाउ पिठो भन्दा नी पिठोलाई मुसेर निकालेको माडबाट बनाइन्छ।[]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

चाउचाउ शब्द चिनियाँ भाषाबाट आएको हो। चिनियाँ भाषामा, 条 (पिनयिन: Tiáo, "तिआओ") शब्द भनेको धागो वा त्यान्द्रो हो। चाउचाउ धेरै त्यान्द्रोले बनेको भएर तिआओ-तिआओ बाट चाउचाउ आएको हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Miàn | Local Noodles From China", www.tasteatlas.com, अन्तिम पहुँच २०२५-११-२६