चाटमोहर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चाटमोहर

চাটমোহর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: २४°१३.५′उ॰ ८९°१७.५′पू॰ / २४.२२५०°N ८९.२९१७°E / 24.2250; 89.2917निर्देशाङ्कहरू: २४°१३.५′उ॰ ८९°१७.५′पू॰ / २४.२२५०°N ८९.२९१७°E / 24.2250; 89.2917
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लापाबना जिल्ला
क्षेत्रफल
 • जम्मा३१४.३२ किमी (१२१.३६ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा२९१,१२१
 • घनत्व९३०/किमी (२,४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटचाटमोहर उपजिल्लाको आधिकारिक नक्शा

चाटमोहर (बङ्गाली: চাটমোহর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

चाटमोहर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०६' देखि २४°२१' उत्तर अक्षांश र ८९°१२' देखि ८९°२४' पूर्वी देशान्तरमा अवस्थित छ। चाटमोहर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३०५.६३ वर्ग किलोमिटर अोगटेको। यस उपजिल्लालाई तारशगुरुदासपुर उपजिल्लाले उत्तर, आटघोरिया उपजिल्ला दक्षिण, पाबना जिल्लाको फरिदपुरभाङ्गुडा उपजिल्लाले पूर्व र बाडाइग्रामगुरुदासपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। चिकनाई र बडाल, फिलम बिल, चलन बिल, कुरल बिल, दिकसाल बिल आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने १९७१ को अक्टोबर महिनामा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको चिकनाई नदिको किनारमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध हुँदा ७ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएकम थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २३९९७३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२१२६५ छ भने महिलाको जनसङ्ख्या ११८७०८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २२७३६६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०५५७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २०४६ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४ रहेको छ। यस उपजिल्लामा ३१७ मस्जिद, ९० हिन्दु मन्दिर र ३ गिर्जाघर र ४ प्यागोडा रहेका छन्। चाटमोहर शाही मस्जिद, पाठनपारा खोनकार्नी मस्जिद, शाहपुरमा रहेको शाह चेटनरको चिहान, हजरट आसरफ जेदानीको मजार, बुरा पसरको चिहान, हानदियालमा रहेको जगन्नाथ मन्दिर,चाटमोहरमा रहेको काली हिन्दु मन्दिर, सनान हिन्दु मन्दिर आदि। यस उपजिल्लाका ९१.२५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२४% ले पोखरी, ०.२८% ले टुटी र ८.२३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य केन्द्र, १ सङ्घ स्वास्थ्य तथा परिवार नियोजन केन्द्र, १ आँखा अस्पताल, ३ स्वस्थ्य जाँच केन्द्र, १ जनावर प्रजनन केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ९% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, लसुन, प्याज, हरियो खुर्सानी, अदुवा तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, मेवा, कागती, खरबुजा, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, छालाका सामग्री, जुट, बाँस तथा मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, अमन जातको धान, बदाम, कोदो, तिल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १७ माछापालन केन्द्र, ११५ दुग्ध सङ्कलन केन्द्र तथा,१५० कुखुरापालन केन्द्र र १६ फुल उत्पादन तथा संरक्षण केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.२२% मजदुरीमा, उद्योगमा २.२४%, वाणिज्यमा ९.७८%, सञ्चार र यातायातमा २.६४%, निर्माण क्षेत्रमा ०.७२%, सुविधामा ४.४९%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१५% र अन्यमा ५.५९% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय चाटमोहर थानाको स्थापना सन् १९०९ मा भएको थियो भने सन् १९८२ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।[४]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३८.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४२.०% छ भने महिलाको साक्षरता दर ३५.१% रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; चाटमोहर डिग्री क्याम्प (सन् १९७०), प्रवक्ता वेयुन उद्दिन डिग्री क्याम्पस (सन् १९९५), चाटमोहर मोहिला क्याम्पस (सन् १९९६), माइदेन दिगहिया कृषि क्याम्पस (सन् १९९४), चाटमोहर राजा चन्द्र नाथ उच्च विद्यालय, बाबु शम्भुनाथ उच्च विद्यालय (सन् १९२५), हरिपुर दुर्गादास उच्च विद्यालय (सन् १०२५), हरिपुर उच्च विद्यालय तथा क्याम्पस (सन् १९३५), प्रसादाङ्गा उच्च विद्यालय (सन् १९६०), खुयावासी दखिल मदरसा (सन् १९७४) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৬ ডিসেম্বর ২০১৪), "এক নজরে চাটমোহর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "चाटमोहर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]