सामग्रीमा जानुहोस्

चार्ली एक्ससिएक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ली एक्ससिएक्स
सन् २०२५ को कान्स चलचित्र उत्सवमा चार्ली एक्ससिएक्स
जन्मसार्लोट एमा एचिन्सन
(1992-08-02) २ अगस्ट १९९२ (उमेर ३३)
क्याम्ब्रिज, क्याम्ब्रिजसायर, इङ्ल्यान्ड
पेशा
  • गायिका
  • गीतकार
  • अभिनेत्री
कार्यकालसन् २००८–हाल
कार्य
जीवनसाथी
पुरस्कारपूर्ण सूची
साङ्गीतिक जीवन
उत्पत्तिस्टार्ट हिल, एसेक्स, इङ्ल्यान्ड
विधा
लेबल
वेबसाइटcharlixcx.com

सार्लोट एमा एचिन्सन (अङ्ग्रेजी: Charli XCX[], जन्म; सन् १९९२ अगस्ट २), जसलाई व्यावसायिक रूपमा चार्ली एक्ससिएक्स भनेर चिनिन्छ, एक बेलायती गायिका, गीतकार तथा अभिनेत्री हुन्। उनले सन् २००८ मा माइस्पेस नामक एक सामाजिक सञ्जालमा गीतहरू पोस्ट गर्न सुरु गरेकी थिइन् भने उनले पछि लन्डनको एक खुला साङ्गीतिक कार्यक्रममा उपस्थिति जनाएकी थिइन्। सन् २०१० मा असाइलम रेकर्डससँग सम्झौता गरेपछि उनले थुप्रै एकल गीतहरू सार्वजनिक गरेकी थिइन्। सन् २०१२ मा स्विडेनी साङ्गीतिक समूह आइकोना पपसँगको सहकार्यमा उनले "आइ लभ इट" सार्वजनिक गरेकी थिइन् जुन उनको विश्वव्यापी सफलता कारण बन्न पुग्दा उक्त गीत बेलायती सङ्गीत तालिकामा शीर्ष स्थानमा पर्न सफल भएको थियो। उनको पहिलो स्टुडियो एल्बम ट्रु रोमान्सलाई (सन् २०१३) समीक्षकहरूले मन पराएको भएतापनि व्यावसायिक रूपमा यसले खासै ठूलो सफलता हात पार्न सकेन।

सन् २०१४ मा सार्वजनिक फेन्सी नामक गीतमा इगी एजेलेयाले उनीसँग सहकार्य गरेकी थिइन् भने उक्त गीत वर्षकै सबैभन्दा धेरै बिक्री हुने गीतमध्ये एक बन्न सफल भएको थियो। सोही वर्ष उनको एकल गीत "बुम क्लाप" अमेरिकी सङ्गीत तालिकामा शीर्ष १० मा पर्न सफल भएको थियो। सन् २०१५ देखि उनले पिसी म्युजिकसँग मिलेर प्रयोगात्मक र 'हाइपर पप' जस्ता सङ्गीत विधाहरूमा काम गर्न सुरु गरेकी थिइन्। उनको छैटौँ स्टुडियो एल्बम ब्राट (सन् २०२४) ले उनलाई ठूलो सफलता दिलाएको थियो भने यसले सन् २०२४ का विभिन्न पत्रिकाहरूमा 'सर्वोत्कृष्ट एल्बम' को उपाधि प्राप्त गरी ६७औँ ग्रामी पुरस्कारमा तीनवटा पुरस्कार जित्न सफल भएको थियो।

आफ्नो एकल कार्यका अतिरिक्त, चार्ली एक्ससिएक्सले अन्य कलाकारहरूका लागि पनि गीतहरू सह-लेखन गरेकी छिन् जसमा इगी एजेलेयाको "बेग फर इट" (सन् २०१४), सेलेना गोमेजको "सेम ओल्ड लभ" (सन् २०१५), ब्लोन्डीको "टुनाइट" (सन् २०१७), सन मेन्डेजकामिला काबेयोको सहकार्यमा बनेको "सेन्योरिता" (सन् २०१९) र सिगाला र रिटा ओराको सहकार्यमा बनेको "यु फर मी" (सन् २०२१) समावेश छन्। उनलाई सन् २०२४ मा एस्क्याप ग्लोबल इम्प्याक्ट पुरस्कारबाट सम्मानित गरिएको थियो। उनलाई सन् २०२४ मा गोल्ड हाउस नामक संस्थाले उनलाई सबैभन्दा प्रभावशाली एसियाली ए १०० सूचीमा समावेश गर्दा उक्त सम्मान पाउने उनी भारतीय मूलकी प्रथम बेलायती महिला बनेकी थिइन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sony Music Publishing", मूलबाट २१ जुलाई २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०२५ 
  2. "@charlixcx on TikTok", टिकटक, मूलबाट ८ अक्टोबर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०२५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]