चिउरी गाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

स्थान परिचय[सम्पादन गर्ने]

चिउरी दैलेख जिल्लाको पिपलकोट गा.वि.स.वार्ड नंवर ७ अन्तर्गत पर्ने एउटा गाउँ हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

चिउरीमा १५० वटा घर धुरीहरु रहेका छन्। यहाँको जनसङ्ख्या ९५३ रहेकोछ।[१]

भुगोल[सम्पादन गर्ने]

खास गरी यो गाउँको नामबाट नै पिपलकोट गा.वि.स.को नामांकन गरिएको हो।[२] यो गाउँ गा.वि.स.को तोलीचाका भन्दा दोस्रो सबै भन्दा ठूलो गाउँको रुपमा लिन सकिन्छ। यो गाउँको सिमाना पूर्वमा तोलीचाका पश्चिममा सिँहासैन गा.वि.स.को "सद्धु" गाउँ उत्तरमा छाम दक्षिणमा गोर्खिसँग जोडीएको छ।

संस्कृति[सम्पादन गर्ने]

यो गाउँमा ठकुरी, बाहुन र दलित जातीको बसोवास रहेको छ।यहाँको मुख्य पेसा कृषि हो।यहाँको मुख्य भाषा खष भाषा हो।यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो। प्रतेक वर्ष अनन्त चतुर्दशी र दसैंको नवमीमा यो गाउँमा जात्रा लाग्दछ।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँको भूभाग बढी जसो जंगल क्षत्र अन्तर्गत पर्दछ।यस गाउँका टोलहरु यस प्रकार छन्।:-

  • पुराना पानी
  • मुग्राहाँ
  • तिलेपाटा
  • कान्म
  • सिरुबाडी

स्रोत[सम्पादन गर्ने]

  1. Village profile 2010
  2. पिपलकोट गा.वि.स.को नामांकन

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल