सामग्रीमा जानुहोस्

चित्रसेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्रसेन
चित्रसेन र देवर्षि नारदको मूर्ति, जसमा दुवैले वीणा समातेका छन्
आबद्धगन्धर्व
वासस्थानस्वर्ग
युद्धहरूघोषयात्रा युद्ध
धर्मग्रन्थमहाभारत, पुराणहरू
लिङ्गपुरुष
वंशावली
अभिभावकहरू
जीवनसाथीसन्ध्यावली र रत्नावली
सन्तानहरूपात्रेश्वर

चित्रसेन हिन्दू पौराणिक कथाहरूमा एक प्रख्यात गन्धर्व राजा हुन्। उनी मुख्यतया महाभारत मा देखा परी र सङ्गीत तथा नृत्यमा उनको निपुणताका लागि चिनिन्छन्। उनी देवताहरूका राजा इन्द्रकुवेरको सभासँग नजिकबाट जोडिएका छन्। पाण्डव नायक अर्जुनले स्वर्ग भ्रमण गरेको समयमा उनलाई सङ्गीत सिकाउन चित्रसेनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्। चित्रसेन आफ्नो सैन्य कौशलका लागि पनि प्रसिद्ध छन्; उनले पाण्डवहरूको वनवासको समयमा सम्पूर्ण कौरव सेनालाई पराजित गरी दुर्योधनलाई बन्दी बनाएका हुन्। चित्रसेनको पौराणिक कथालाई पुराणहरूमा थप विस्तार गरिएको पाइन्छ।[]

सभा पर्वका अनुसार चित्रसेनको देवताहरूका राजा इन्द्रको सभामा एक प्रमुख स्थान रहेको छ जहाँ उनले मनोरञ्जनका लागि सङ्गीत प्रस्तुत गर्दछन्। चित्रसेनलाई कुवेरको दरबारको सदस्यको रूपमा पनि वर्णन गरिएको छ।[][]राजसूय यज्ञको समयमा चित्रसेन अप्सरा र अन्य सत्ताइस गन्धर्वहरू सहित राजा युधिष्ठिरको दरबारमा पनि उपस्थित हुन्छन्।[]

वन पर्वका अनुसार पाण्डवहरूको १३ वर्षे लामो वनवासको समयमा अर्जुनलाई इन्द्रलोकमा (देवलोक) मा निमन्त्रणा गरिएको थियो जहाँ चित्रसेनले उनलाई सङ्गीत र नृत्यको कला सिकाएका हुन्।[] आलोचनात्मक संस्करणमा अस्वीकार गरिएको एउटा पौराणिक कथाले अनुसार त्यहाँ बस्दा अर्जुनको भेट अप्सरा उर्वशीसँग हुन्छ भने उनले उर्वशीको प्रेम प्रस्ताव अस्वीकार गर्छन्। यसको बदलामा उर्वशीले उनलाई केही समयका लागि नपुंसक भएर बाँच्ने श्राप दिन्छिन्। चित्रसेनले इन्द्रको सन्देश अर्जुनसम्म पुर्‍याएर उनलाई सान्त्वना दिँदै सो श्रापको प्रभाव कम गर्न मद्दत गर्छन्।[][]

पाण्डवहरू द्वैतवनमा वनवासको अन्तिम वर्षमा रहँदा, दुर्योधनसँगको झगडामा चित्रसेनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। कथाका अनुसार, वनबासी पाण्डवहरूको अगाडि आफ्नो ऐश्वर्य प्रदर्शन गर्ने इच्छाले दुर्योधनले आफ्ना मानिसहरूलाई वनको एउटा ताल नजिकै विलासी घरहरू बनाउन आदेश दिन्छन् तर जब उनका सैनिकहरू तालको किनारमा पुग्छन् तब उनीहरूको भेट चित्रसेन र अन्य गन्धर्व तथा अप्सराहरूसँग हुनेछ। चित्रसेनले त्यो ताल र वरपरको वन क्षेत्र आफ्नो भएको घोषणा गरी दुर्योधनका मानिसहरूलाई भित्र पस्न निषेध गर्छन्। जब सैनिकहरूले चित्रसेनको सन्देश दुर्योधनलाई सुनाउँछन् तब उनी रिसाए र आफ्ना सेनापतिहरूलाई गन्धर्वहरूलाई धपाउन आदेश दिन्छन्। चित्रसेनले दुर्योधनको अहंकारको उपहास गर्दै दिव्य प्राणीहरूलाई चुनौती दिनुले विनाश निम्त्याउने चेतावनी दिन्छन्। चित्रसेनको चेतावनीलाई बेवास्ता गर्दै दुर्योधनले गन्धर्वहरूमाथि आक्रमण गर्न आफ्नो सेनालाई पठाउँछन्। त्यसपछिको युद्धमा चित्रसेन र उनको सेनाले मायास्त्रको प्रयोग गरी कौरव सैनिकहरूलाई पराजित गर्छन्।[] अन्ततः चित्रसेनले दुर्योधन, उनका भाइहरू र उनीहरूका श्रीमतीहरूलाई बन्दी बनाउँछन्। दुर्योधनका केही मानिसहरू भागेर युधिष्ठिरको शिविरमा पुगी सहयोगको लागि प्रार्थना गर्छन्। भीमले सुरुमा दुर्योधनको दुर्भाग्यको उपहास गरे तापनि युधिष्ठिरले पारिवारिक सम्मानको महत्त्वमा जोड दिँदै अर्जुन, भीम, नकुलसहदेवलाई आफ्ना दाजुभाइहरूको उद्धार गर्न आदेश दिन्छन्। त्यसपछि भीषण युद्ध हुन्छ जसमा अर्जुनका दिव्य अस्त्रहरूले गन्धर्व सेनालाई परास्त गरिदिन्छ। युद्धको क्रममा चित्रसेनले अर्जुनलाई आफ्नो परिचय दिन्छन् र दुर्योधनलाई पाण्डवहरूप्रति उसको अहंकार र दुर्भावनाको लागि दण्ड दिन इन्द्रको आज्ञाले बन्दी बनाएको बताउँछन्। तर अर्जुनले युधिष्ठिरको निर्देशन र दयाको मूल्यलाई उल्लेख गर्दै चित्रसेनलाई कौरवहरूलाई मुक्त गर्न अनुरोध गर्छन्। चित्रसेनले यो कुरा स्वीकार गर्दै दुर्योधन र उनका मानिसहरूलाई रिहा गरिदिन्छन्।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Williams, George M. (२००८-०३-२७), Handbook of Hindu Mythology (अङ्ग्रेजीमा), OUP USA, आइएसबिएन 978-0-19-533261-2 
  2. Hopkins, E. Washburn (१९८४-०१-०१), Epic Mythology (अङ्ग्रेजीमा), Motilal Banarsidass, आइएसबिएन 978-0-8426-0560-1 
  3. ३.० ३.१ ३.२ ३.३ Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia: A Comprehensive Work with Special Reference to the Epic and Puranic Literature (अङ्ग्रेजीमा), Motilal Banarsidass, आइएसबिएन 978-81-208-0597-2 
  4. ४.० ४.१ Buitenen, Johannes Adrianus Bernardus; Fitzgerald, James L. (१९७३), The Mahābhārata (अङ्ग्रेजीमा), University of Chicago Press, आइएसबिएन 978-0-226-84664-4 
  5. Leslie, Julia (२०१४-०२-०४), Myth and Mythmaking: Continuous Evolution in Indian Tradition (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-1-136-77888-9 
  6. Thapliyal, Uma Prasad (२०२१-०४-२१), Wars and War-Tactics in Ancient India (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-1-000-39771-0 
  7. Bhattacharyya, Narendra Nath (२०००), Indian Demonology: The Inverted Pantheon (अङ्ग्रेजीमा), Manohar Publishers & Distributors, आइएसबिएन 978-81-7304-309-3