सामग्रीमा जानुहोस्

चित्राङ्गदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्राङ्गदा
चित्राङ्गदा
अर्जुन र बभ्रुवाहनसँगै चित्राङ्गदा (दायाँ) चित्रण गरिएको एक नाटक
जानकारी
परिवारचित्रवाहन (पिता)
जीवनसाथीअर्जुन
बच्चाबभ्रुवाहन
आफन्तकुन्ती (सासु),
पाण्डवह (जेठाजु/देवरहरू),
द्रौपदी,
उलूपी,
सुभद्रा (सौताहरू)
गृहमणिपुर

चित्राङ्गदा हिन्दु धर्मग्रन्थहरूमा उल्लिखित एक महिला पौराणिक पात्र हुन् जो हिन्दु धर्मग्रन्थ महाभारतमा देखा पार्दछिन्। उनलाई मणिपुर वा मनलुर नामक क्षेत्रकी राजकुमारी र राजा चित्रवाहनकी एक मात्र उत्तराधिकारीको रूपमा परिचय गराइएको छ। आफ्नो वनवासको समयमा, पाण्डव राजकुमार अर्जुन उनीसँग प्रेममा परेर उनीहरूको विवाह गरेपछि उनी अर्जुनकी तेस्रो श्रीमती बन्छिन। उनीबाट अर्जुनको बभ्रुवाहन नामक एक छोरा जन्मिन्छन्।[] चित्राङ्गदाको कथालाई भारतीय लेखक रवीन्द्रनाथ ठाकुरले आफ्नो नाटक चित्रा मा रूपान्तरण गरेका छन्।

मणिपुर महाभारत कालमा भारतको एउटा राज्य थियो। यसमा चित्रवाहन नामका राजाले शासन गर्दथे।[] उनको चित्राङ्गदा नामकी एउटा छोरी छिन् जसको नाम उनले मधुलिका फूलको नाममा राखेका हुन्छन्। धेरै पुस्तादेखि यस राजवंशमा एकभन्दा बढी उत्तराधिकारी हुने गरेका थिएनन्। चित्रवाहनको अर्को कुनै उत्तराधिकारी नभएको हुनाले उनले चित्राङ्गदालाई युद्धकला र शासन सञ्चालनको तालिम दिन्छन्। चित्राङ्गदा युद्धकलामा निपुण थिइन् र उनले आफ्नो राज्यका मानिसहरूको रक्षा गर्ने सीप पनि हासिल गर्छिन्।[]

अर्जुनसँगको विवाह

[सम्पादन गर्नुहोस्]

चित्राङ्गदाको अर्जुनपाण्डवहरूसँगको भेट कसरी भएको हो भनेर महाभारत विस्तृत रूपमा वर्णन गरिएको छैन। यो विवरण रवीन्द्रनाथ ठाकुरको नाटक चित्रामा उल्लेख गरिएको छ[] जहाँ ठाकुरले चित्राङ्गदालाई पुरुषको पहिरनमा सजिएकी एक योद्धाका रूपमा चित्रण गरेका छन्।[] उनको इमानदारी र साहसका कारण अर्जुन उनको प्रेममा परेका हुन्छन्। अर्जुन आफ्नो निर्वासनको समयमा घुम्दै प्राचीन मणिपुर राज्यमा पुग्छन् जहाँका शासक राजा चित्रवाहनलाई भेट्दा उनले उनकी सुन्दरी छोरी चित्राङ्गदालाई देख्छन् र चित्राङ्गदाको प्रेममा पर्छन्। अर्जुनले विवाहको प्रस्ताव लिएर राजाकहाँ गएपछि राजाले उनलाई आफ्ना पूर्वज प्रभञ्जनको कथा सुनाउँछन् जो निसन्तान थिए भने उनले सन्तान प्राप्तिका लागि कठोर तपस्या गरेका थिए।


अन्ततः शिवले प्रभञ्जनलाई दर्शन दिई उनको वंशका प्रत्येक उत्तराधिकारीलाई एउटा मात्र सन्तान हुने वरदान दिन्छन्। चित्रवाहनका आफ्ना पूर्वजहरूको जस्तै छोरा नभई छोरी चित्राङ्गदा मात्र भएकाले उनले आफ्नो कुलको रीतिअनुसार उनलाई "पुत्रिका" बनाउँछन्। यसको अर्थ अरू व्यक्ति नभई उको कोखबाट जन्मिएको सन्तान नै उनको उत्तराधिकारी हुनेछ भन्ने थियो। अर्जुनले यो सर्त सहजै स्वीकार गर्छन्। चित्राङ्गदासँग विवाह गरेपछि उनी त्यहाँ तीन वर्षसम्म बस्छन्। जब चित्राङ्गदाले छोरालाई जन्म दिन्छिन् तब अर्जुनले उनलाई स्नेहपूर्वक अँगालो हालेर उनी र उनका पितासँग बिदा भई आफ्नो यात्रा पुन: सुरु गर्छन्।[][]

अर्जुन उनलाई छोडेर हस्तिनापुर फर्कनु अगाडि उनलाई आफ्नो राज्यमा लैजाने वाचा गरेका हुन्छन्। त्यसपछि चित्राङ्गदाले आफ्ना छोरा बभ्रुवाहनको पालनपोषण गर्छिन्। महाभारतका कैयौँ अध्यायहरूमा चित्राङ्गदा र उनको राज्यको उल्लेख पाइँदैन। अर्कोतर्फ, पाण्डवहरूले विभिन्न परीक्षाहरू पार गर्दै अन्ततः कौरवहरू विरुद्धको युद्ध जित्न सफल हुन्छन्। युधिष्ठिर हस्तिनापुरका राजा बनेपछि युद्धमा आफ्नै नातेदारको हत्या गरेकोमा उनलाई सधैँ नराम्रो लाग्ने भएकाले उनको मन अशान्त मच्चिन्छ। ऋषिमुनिहरूको सल्लाहमा उनले अश्वमेध यज्ञ गर्छन्। अर्जुनलाई घोडाको रेखदेख गर्ने जिम्मा दिइएको हुन्छ। उक्त घोडा उत्तर पूर्वतर्फ दिशामा अघि बढेपछि एक युवकले अर्जुनको विरोध गर्छन्। अर्जुनले ती युवकको परिचय मागेपछि उनले आफू यस भूमिको राजकुमार भएको युद्ध सुरु गर्न त्यति परिचय नै प्रयाप्त भएको बताउँछन्।[]

त्यहाँ भीषण युद्ध सुरु हुन्छ र अर्जुनमाथि प्रहार भइरहेका वाणहरूको निपुणता देखेर उनी स्तब्ध हुन्छन्। अन्ततः उनी एउटा वाणले लागेर घाइते भएर बेहोस हुनुअघि उनले ती युवक चित्राङ्गदाका छोरा हुन् भन्ने महसुस गर्छन्। घटनाको खबर सुनेर चित्राङ्गदा रुँदै त्यहाँ पुग्दा उनले अर्जुनलाई मृत्युशय्यामा भेट्छिन्। अर्जुनकी अर्की श्रीमती उलूपी मरेका मानिसलाई जीवित पार्न सक्ने पौराणिक रत्न नागमणि लिएर त्यहाँ आइपुग्छिन्।[] उनले चित्राङ्गदा र बभ्रुवाहनलाई भीष्मको पतनको लागि जिम्मेवार भएकाले अर्जुनलाई वसुहरूले आफ्नै छोराद्वारा मारिने श्राप दिएका थिए र यस घटनासँगै उनी आफ्नो श्रापबाट मुक्त भएका थिए। मणिको प्रयोगले अर्जुन बिउँझिन्छन् र आफ्ना दुवै श्रीमती र छोरालाई देखेर खुसी हुन्छन्। अर्जुनले उलुपी, चित्राङ्गदा र उनका छोरा बभ्रुवाहनलाई हस्तिनापुर लग्छन् जहाँ चित्राङ्गदा खुसीसाथ अर्जुनकी काकी गान्धारीको सेविका बन्छिन् र उनले आफ्नो बाँकी जीवन गान्धारीको सेवामा बिताउँछिन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Shastri Chitrao (1964), p. 213
  2. Devi, Lairenlakpam Bino (२००२), The Lois of Manipur: Andro, Khurkhul, Phayeng and Sekmai (अङ्ग्रेजीमा), Mittal Publications, आइएसबिएन 978-81-7099-849-5
  3. Bhanu, Sharada (१९९७), Myths and Legends from India - Great Women, Chennai: Macmillan India Limited, पृ: 7–9, आइएसबिएन 0-333-93076-2
  4. Tagore, Rabindranath (२०१५), Chitra - A Play in One Act, Read Books Ltd, पृ: १, आइएसबिएन 9781473374263
  5. J. E. Luebering, सम्पादक (२० डिसेम्बर २००९), The 100 Most Influential Writers of All Time, The Rosen Publishing Group, Inc, पृ: २४२, आइएसबिएन 9781615300051
  6. Ganguli (1883), Book I, Section 218
  7. Thadani, N. (१९३१), The Mystery of the Mahabharata 4, India Research Press, GGKEY:EUL3QR74A0R।
  8. Sweety, Dr.Shinde (२०१५), Arjun: Without A Doubt, Leadstart Publishing PvtLtd, आइएसबिएन 978-93-81836-97-2
  9. Ganguli, Kisari Mohan (१८८३–१८९६), "SECTION LXXXI", The Mahabharata: Book 14: Anugita Parva, Internet Sacred Text Archive, अन्तिम पहुँच ३ अप्रिल २०१६