चित्र:प्रिन्स दाहाल - Prince Dahal - Nepali National Badminton Player-.jpeg

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मूल फाइल(७२० × ७५० पिक्सेलहरू, फाइल आकार: ९७ किलोबाइटहरू, MIME प्रकार: image/jpeg)

सारांश[सम्पादन गर्नुहोस्]

नेपालका प्रिन्स दाहालले विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा उक्लिएर नेपाली ब्याडमिन्टनमा इतिहास रचेका छन् ।

ब्याडमिन्टन विश्व महासंघले सार्वजनिक गरेको पुरुष जुनियरको वरियतामा १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् ।  उनले जुनियर ब्याडमिन्टनमा शीर्ष स्थानमा पुग्न १० हजार ५०० अंक जोडेका छन् ।  नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो।
महासंघले सार्वजनिक गरेको वरियतामा दोस्रो स्थानमा मलेसियाका जस्टिन वोहा रहेका छन् ।  उसले ९,५९० अंक जोडेको छ ।
जुनियरतर्फको शीर्ष ब्याडमिन्टन खेलाडी घोषित भएपछि आरएसएससँग कुरा गर्दै दाहालले आफ्नो सपना साकार भएको बताए ।  ब्याडमिन्टनमा नम्बर एक बन्नको लागि आफूले प्रयासरत रहेको र आफ्नो सपना पूरा गर्न पाउँदा खुसी लागेको उनले बताए ।
‘मेरो ध्यान आगामी दिनमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेतर्फ केन्द्रित हुनेछ’, उनले भने ।  दाहालले नेपालमा प्रतियोगिताको अवसर र प्रशिक्षण सीमित रहेको टिप्पणी गरे ।
उनले देशमा खेलाडी विकासका लागि उपयुक्त वातावरण बनाउन राज्यका निकायलाई आग्रह गरे ।  दाहालले कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनबाट वञ्चित भएको बताए ।
दाहाल पाँच वर्षदेखि ब्याडमिन्टन खेल्दै आएका छन् ।  दाहालका मामा तथा प्रबन्धक कमलेश निरौलाले प्रिन्सले विश्वको शीर्ष स्थान हासिल गर्नु आफ्नो र देशका लागि पनि उल्लेखनीय उपलब्धि भएको बताए ।
ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडी र नेपालका समग्र खेलप्रेमीमा पनि उत्साह थपेको बताए ।
दाहाल सन् २०१९ मा पहिलो पटक विश्व वरीयतामा ३२औँ स्थानमा पुगेका थिए ।२०२० को विश्वव्यापी वरियतामा उनी १०औँ स्थानमा उक्लिएका थिए ।  पछि, उनी २०१९ मा सातौं र २०२१ मा तेस्रो स्थानमा उक्लिए। विश्व ब्याडमिन्टन महासंघले हरेक हप्ता सिनियर र जुनियर ब्याडमिन्टन खेलाडीहरूको वरीयता घोषणा गर्छ।
प्रिन्स अहिले काठमाडौंको लगनखेलमा कक्षा ११ मा अध्ययनरत छन् ।  त्यसैगरी महासंघले सार्वजनिक गरेको महिला जुनियरतर्फको वरियतामा नेपालकी महिला खेलाडी रसिला महर्जन १९ औं स्थानमा पुगेकी छन् ।

अनुमति पत्र[सम्पादन गर्नुहोस्]

फाइल इतिहास

मिति/समय मा क्लिक गरेर त्यससमयमा यो फाइल कस्तो थियो भनेर हेर्न सकिन्छ ।

मिति/समयछोटो चित्रआकारहरूप्रयोगकर्ताटिप्पणी
हालको००:०१, १९ जनवरी २०२२छोटो चित्र ००:०१, १९ जनवरी २०२२ संस्करणको रुपमा७२०×७५० (९७ किलोबाइटहरू)निरज चौधरी (कुरा गर्नुहोस्मेरो योगदानहरू)नेपालका प्रिन्स दाहालले विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा उक्लिएर नेपाली ब्याडमिन्टनमा इतिहास रचेका छन् । ब्याडमिन्टन विश्व महासंघले सार्वजनिक गरेको पुरुष जुनियरको वरियतामा १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनले जुनियर ब्याडमिन्टनमा शीर्ष स्थानमा पुग्न १० हजार ५०० अंक जोडेका छन् । नेपाली ब्याडमिन्टनले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो। महासंघले सार्वजनिक गरेको वरियतामा दोस्रो स्थानमा मलेसियाका जस्टिन वोहा रहेका छन् । उसले ९,५९० अं...

यो फाइलसँग कुनै पनि पृष्ठ जोडिएको छैन।

मेटाडाटा