चित्र बहादुर श्रेष्ठ
यो प्रमुख पृष्ठ चाँडै मेटाउनु पर्ने पृष्ठको सूचीमा परेको छ र नामाङ्कनको लागि निम्न कारण दिइएको छ: यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ । एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ । यदि तपाईँले वार्तापृष्ठमा सन्देस छोड्नुभएको छ तर त्यो हालसम्म पनि देखिएको छैन भने यो पृष्ठको क्याचलाई सफा पार्नुहोस । प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास (अन्तिम), र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।
|
माओवादी सभासद् चित्रबहादुर श्रेष्ठ 'मदन' माओवादी केन्द्रीय सल्लाहकार हुनुहुन्छ। ०२२ देखि राजनीतिमा लाग्नुभएका मदन उहाँका काका विष्णुबहादुर श्रेष्ठ कम्युनिष्ट आन्दोलनमा लागेकाले सानैदेखि राजनीतिक प्रभाव परेको बताउनुहुन्छ। उहाँले ०३५मा चौथो महाधिबेसनको सदस्यता लिनुभयो। राजनीतिमा होमिएका मदन ०३९मा पार्टीको जिल्ला समितिको सदस्य बन्नुभयो। लामो समयसम्म किसान फाँटमा काम गर्नुभएका मदन किसान संघको केन्द्रीय अध्यक्ष पनि बन्नुभयो। उहाँ माओवादीको क्षेत्रीय ब्युरो सदस्य पनि बन्नुभयो। र, माओवादीले क्षेत्रीय ब्युरोलाई राज्य समिति बनाइसकेपछि उहाँ राज्य समिति वरिष्ठ सदस्य हुनुहुन्छ। निम्न किसान वर्गीय परिवारमा जन्मनुभएका मदनका ६ दाजुभाइ र ३ दिदीबहिनी हुनुहुन्छ। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएका मदन पार्टीका पाका नेतामा पर्नुहुन्छ।
किसान मजदूरका हक हितलाई सविधानमै सुनिश्चित गराउनु नै उहाँको मुख्य एजेण्डा रहेको छ[१]