चिनक कुर्मी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




अन्तरिम व्यवस्थापिकाको विधायक पनि भइसक्नुभएका सभासद् चिनक कुर्मी 'जयप्रकाश' माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। सविधानसभा कुर्मी चारजना जातिका सभासद् छन्। ०४६ देखि एमाले राजनीतिबाट वाम राजनीतिमा लाग्नुभएका कुर्मी रूपन्देही जनसरकार प्रमुख पनि हुनुभएको थियो। एमाले इलाका समिति सदस्य तथा प्रजातान्त्रिक युवा संघको नवलपरासी सचिव रहेकै बेला ०५४ माओवादीमा प्रवेश गर्नुभएको थियो। ०५६ देखि भूमिगत हुनुभएका कुर्मी ०५८मा जिल्ला समितिमा पुग्नुभयो। नवलपरासी-रूपन्देही सचिव हुनुभयो।

२० महिना जेल जीवन बिताउनुभएका कुर्मीकी श्रीमती सिमृती कुर्मी अनेमसंघ नवलपरासी सदस्य, माहिलो छोरा अखिल क्रान्तिकारी नवलपरासी सदस्य र जेठो छोरा मधेसी मुक्तिमोर्चामा छन्।

सबै भाषा भाषी र जातजातिको समान हैसियत संविधानमै सुनिश्चित गराउने नै उहाँको मूल एजेण्डा रहेको छ। संविधानसभाको मुद्दा नै माओवादीको एजेण्डा भएकाले मात्र होइन यसका जनमुखी कार्यदिशा कारण र आफूले जनयुद्धमा जनताका अधिकारका लागि गरको त्यागका कारण आफूलाई विजयी बनाएको उहाँको दाबी छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]