सामग्रीमा जानुहोस्

चिनियाँ नयाँ वर्ष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चीनियाँ नयाँ वर्ष
春節
वैकल्पिक नामलुनर नयाँ वर्ष, स्प्रीङ फेस्टिवल
अनुयायीबिश्वभरका चाइनिज समुदायहरू[]
प्रकारएसियाली पर्व
मितिLunar/Lunisolar New Year's Day
आवृत्तिवार्षिक
सम्बन्धितलालटिन पर्व
दक्षिणी चिनमा चिनियाँ नयाँ वर्ष (फेब्रुअरी ३, २०११)
म्यान्चेस्टर मा चिनियाँ नयाँ वर्ष

चिनियाँ नयाँ वर्ष (अन्य नाम: स्प्रीङ फेस्टिवल) विश्व भर फैलिएर रहेका चीनियाँ जनताका लागि एक महत्त्वपूर्ण पर्व हो । चीनिया पात्रोमितिहरू सूर्यमा आधारित नभई परम्परागत रूपमा चन्द्रमामा आधारित हुन्छन् । यो नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको शुरूवात संगै सुरु हुन्छ र १५औं दिन लालटिन पर्व (ल्यान्टर्न फेस्टिवल) का साथ अन्त्य हुन्छ ।[]

चीनियाँहरू यो पर्वलाई १५ दिन सम्म मनाउने गर्दछन । बिदाको दिन साँझमा उनीहरू परिवारमा जम्मा भइ खाना खान आउने गर्दछन । त्यो खानालाई "रेयुनिनल डिनर" भन्ने गरिन्छ । जतिसुकै टाढा भएपनि चीनियाहरू कम्तिमा वर्षमा एकपल्ट यो समय आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन । खानामा रमाइलो गर्नुको साथसाथै परिवार सँगै नयाँ वर्षको सन्ध्याको पर्व (New Year Eve's gala) पनि हेर्ने गर्छन । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइतमा जाने गर्छन ।

नयाँ वर्षको सुरुवातमा

[सम्पादन गर्नुहोस्]

नयाँ वर्षको सुरुवातका पहिला केही दिनहरूमा चिनियाँहरू आफ्नो हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारहरूसँग भेटघाट गर्ने गर्छन । वृद्ध तथा विवाहित मानिसहरू बच्चाहरूलाई रातो कागचवाला प्याकेटहरू दिन्छन । त्यो प्याकेट भित्र पैसा हुन्छ जुन भाग्यले दिएको विश्वास गरिन्छ ।

चिनियाँहरू घुम्न जाँदा नयाँ कपडाहरू लगाएर जाने गर्छन्, जुन प्रायः रातो रङ्गमा हुने गर्छ । जब उनिहरू अरू मानिसलाई देख्छन्, उनिहरू सुभकामना दिन विशेष वाक्यांशहरू प्रयोग गर्ने गर्छन् । उनीहरू सुभकामनाको लागि म्यान्डारिन सुन्तला पनि साटासाट गर्छन् ।

नयाँ वर्षको अबेरमा

[सम्पादन गर्नुहोस्]

नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन पर्व भनिन्छ । यस दिन घरघरमा परिवारहरू चिप्लो चामलबाट बनेको पकौडि तथा गुजिया पकाउछन् र यी परिकारहरूलाई मीठो (गुलियो) सुपसँग खान्छन् । चाइना अथवा चाइनाटाउनका गल्लीहरू राम्रा राम्रा लालटिनहरूले सजाइएका हुन्छन । यो दिनमा परम्परागत रूपमा युवक तथा युवतीहरूले आफ्नो जिवनसाथी छान्ने चलन रहिआएको छ । धेरै वर्ष अघि चिनमा धनी परिवारका महिलाहरू नोकर्नीहरूसँग घर भन्दा बाहिर जाने अनुमती पाएका समय थियो ।

जनावरमितिहरूअन्य मितिहरू
मुसाफेब्रुअरी १९, १९९६फेब्रुअरी ७, २००८जनवरी २५, २०२०
गोरुफेब्रुअरी ७, १९९७जनवरी २६, २००९फेब्रुअरी १४, २०२१
बाघजनवरी २८, १९९८फेब्रुअरी १४, २०१०फेब्रुअरी २५, २०२२
खरायोफेब्रुअरी १६, १९९९फेब्रुअरी ३, २०११जनवरी २७, २०२३
अजिङ्गरफेब्रुअरी ५, २०००जनवरी २३, २०१२फेब्रुअरी १४, २०२४
सर्पजनवरी २४, २००१फेब्रुअरी १०, २०१३जनवरी १९, २०२५
घोडाफेब्रुअरी १२, २००२जनवरी ३१, २०१४फेब्रुअरी २१, २०२६
बाख्राफेब्रुअरी १, २००३फेब्रुअरी १९, २०१५फेब्रुअरी २६, २०२७
बाँदरजनवरी २२, २००४फेब्रुअरी ८, २०१६जनवरी १४, २०२८
भालेफेब्रुअरी ९, २००५जनवरी २८, २०१७फेब्रुअरी २, २०२९
कुकुरजनवरी २९, २००६फेब्रुअरी १६, २०१८फेब्रुअरी १७, २०३०
सुँगुरफेब्रुअरी १८, २००७फेब्रुअरी ५, २०१९जनवरी २०, २०३१

चीनियाँ नयाँ वर्ष, नयाँ वर्षको पहिलो दिन देखी सुरु हुन्छ । त्यो दिन आकाश नयाँ चन्द्रमा हुन्छ, जुन १४ दिनपछि लालटिन पर्व सँगै अन्त्य हुनछ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Asia welcomes lunar New Year", BBC, १ फेब्रुअरी २००३, अन्तिम पहुँच ७ नोभेम्बर २००८
  2. Wu, Annie (१६ फेब्रुअरी २०१६), "Chinese Lantern Festival", China Highlights, China Highlights, अन्तिम पहुँच २ जुन २०१६

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]