सामग्रीमा जानुहोस्

चिप्लीभर्‍याङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वार्सा मेट्रो स्टेशनमा चिप्लीभर्‍याङ

चिप्लीभर्‍याङ भवन वा अन्य संरचनाका एक तलाबाट अर्को तलासम्म मानिसलाई ओसार्ने स्वचालित भर्‍याङ हो। यसमा मोटरद्वारा चल्ने, आपसमा जोडिएका भर्‍याङका खुड्किलाहरू निरन्तर घुम्ने पटरीमा चल्छन्। यसको बनावटका कारण प्रत्येक खुड्किलो सधैँ तेर्सो अवस्थामा रहन्छ, जसले मानिसलाई सुरक्षित रूपमा उभिन र यात्रा गर्न सजिलो बनाउँछ।

चिप्लीभर्‍याङ प्रायः त्यस्ता स्थानमा प्रयोग गरिन्छ जहाँ लिफ्टको प्रयोग मात्र पर्याप्त वा उपयुक्त हुँदैन। कतिपय ठाउँमा भने यसलाई लिफ्टसँगै पनि प्रयोग गरिन्छ। यसको प्रयोग मुख्य रूपमा डिपार्टमेन्ट स्टोर, किनमेल केन्द्र, विमानस्थल, रेल तथा मेट्रो स्टेशन, सम्मेलन केन्द्र, होटल, खेल मैदान, रङ्गशाला तथा अन्य सार्वजनिक भवनहरूमा गरिन्छ।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Consultants, C. B. A. (२०२२-०९-२०), "How Does an Escalator Work?", CBA Consultants (en-USमा), अन्तिम पहुँच २०२६-०८-०१।