सामग्रीमा जानुहोस्

चिबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिबा प्रदेश
千葉県
चिबा प्रदेशको झण्डा
चिबा प्रदेशको आधिकारिक लोगो
राष्ट्रियगान: चिबा केन्मिन्का
चिबा प्रदेशको अवस्थिति
देश जापान
क्षेत्रकान्तो
टापुहोन्शू
राजधानीचिबा
उप-विभागहरूजिल्ला: ६, नगरपालिकाहरू: ५४
सरकार
 • गभर्नरतोषीहितो कुमागाई (अप्रिल २०२१ देखि)
क्षेत्रफल
 • जम्मा५,१५७.६१ किमी (१९९१.३६ वर्ग माइल)
 • क्रम२८औँ
जनसङ्ख्या
 (जुलाई १, २०२५)
 • जम्मा६,२७८,०१७
 • क्रम६औँ
 • घनत्व१२००/किमी (३२००/वर्ग माइल)
कूल गार्हस्थ उत्पादन (GDP)
 • कुलJP¥ २१,२८० अर्ब
US$ १९५.२ अर्ब (२०१९)
आइएसओ ३१६६ सङ्केतJP-12
वेबसाइटwww.pref.chiba.lg.jp
Japanका प्रतीकहरू
चरामेडो बन्टिङ
माछासमुद्री ब्रीम
फूलसेइयो अबुराना फूल
रुखकुसामाकी
बोसो प्रायद्वीप (Boso Peninsula)
चिबा प्रान्तका आठ शहरहरूमा फैलिएको जापानको सबैभन्दा ठूलो औद्योगिक परिसरहरू मध्ये एक केइयो औद्योगिक क्षेत्र, र क्षितिजमा फुजी पर्वत

चिबा प्रान्त (千葉県) जापानको कान्तो क्षेत्रमा अवस्थित एक प्रान्त हो। चिबा प्रान्तको जनसंख्या ६,२७८,०६० (१ जुन २०१९) छ र यसको क्षेत्रफल ५,१५७ वर्ग किलोमिटर छ। चिबा प्रान्तको सीमा उत्तरमा इबाराकी, उत्तरपश्चिममा साईतामा, र पश्चिममा टोकियोसँग जोडिएको छ। चिबा शहर यस प्रान्तको राजधानी र सबैभन्दा ठूलो शहर हो।[]

चिबा प्रान्त टोकियोको पूर्वमा जापानको पूर्वी प्रशान्त तटमा अवस्थित छ र यो विश्वको सबैभन्दा बढी जनसंख्या भएको महानगरीय क्षेत्र, ग्रेटर टोकियो क्षेत्रको एक हिस्सा हो। चिबा प्रान्तमा नारिता अन्तर्राष्ट्रिय विमानस्थल, टोकियो डिज्नी रिसोर्ट, र केइयो औद्योगिक क्षेत्र जस्ता महत्वपूर्ण स्थानहरू छन्।

जापानी भाषामा चिबा प्रान्तको नाम दुई काञ्जी अक्षरहरूबाट बनेको छ। पहिलो, , को अर्थ "हजार" हो र दोस्रो, , को अर्थ "पात" हो। []

कोफुन कालको कुखुराृुपि अन्त्येष्टि वस्तु।
ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±% प्र.व. ±%
१८९०१,१९१,३५३—    
१९०३१,३१६,५४७+०.७७%
१९१३१,४०१,५८७+०.६३%
१९२०१,३३६,१५५−०.६८%
१९२५१,३९९,२५७+०.९३%
१९३०१,४७०,१२१+०.९९%
१९३५१,५४६,३९४+१.०२%
१९४०१,५८८,४२५+०.५४%
१९४५१,९६६,८६२+४.३७%
९५०२,१३९,०३७+०.०१%
१९५५२,२०५,०६०+०%
१९६०२,३०६,०१०+०.९%
१९६५२,७०१,७७०+३.२२%
१९७०३,३६६,६२४+४.५%
१९७५४,१४९,१४७+४.२७%
१९८०४,७३५,४२४+२.६८%
१९८५५,१४८,१६३+१.६९%
१९९०५,५५५,४२९+१.५३%
१९९५५,७९७,७८२+०.८६%
२०००५,९२६,२८५+०.४४%
२००५६,०५६,४६२+०.४४%
२०१०६,२१६,२८९+०.५२%
२०१५६,२२२,६६६+०.०२%
२०२०६,२८४,४८०+०.२%
स्रोत:[]

प्रारम्भिक इतिहास

[सम्पादन गर्नुहोस्]

चिबा प्रान्तमा जोमोन कालका अवशेषहरू रहेको छ र यसबाट यस क्षेत्रमा प्रागैतिहासिककालदेखि नै बसोबास रहेको थियो भनेर बुझिन्छ। []

असुका र नारा काल

[सम्पादन गर्नुहोस्]

असुका काल (५३८–७१०) मा, ६४५ को टाइका सुधार अन्तर्गत, हालको चिबा प्रान्तको प्रशासनिक संरचनामा महत्त्वपूर्ण परिवर्तन भएको थियो। पुरानो फुसा प्रान्त, जुन चिबा र इबाराकी प्रान्तका धेरैजसो भागहरूमा पर्छ, त्यसलाई दुई प्रान्तमा विभाजन गरिएको थियो: उत्तरमा शिमोसा प्रान्त र दक्षिणी क्षेत्रमा काजुसा प्रान्त। चिबा प्रान्तको दक्षिणमा रहेको अवा प्रान्त लाई ७१८ मा काजुसा प्रान्तबाट अलग गरिएको थियो। यी प्रशासनिक एकाइहरू मेइजी पुनर्स्थापना पछि खारेज गरी चिबा प्रान्तमा विलय गरीएको थियो।[]

शाही दरबारले नारा काल (७१०–७९४) र हेइआन काल (७९४–११८५) मा तीन प्रान्तहरूमा आफ्नो अधिकार विस्तार गर्यो। तीन प्रान्तहरूमा शोएन सामन्ती सम्पदाहरू स्थापना गरि, यी क्षेत्रका कृषि र अन्य उत्पादनहरू क्योटोको राजधानीमा पठाउने स्रोत बन्यो। तथापि, हेइआन कालको पुर्वाद्धमा, कोकुशी प्रान्तीय गभर्नरहरूले क्योटोको केन्द्रीय सरकारबाट स्वतन्त्र सैन्य शक्ति प्रयोग गर्न थाले। चिबा पूर्ण रूपमा शाही दरबारबाट अलग भयो र यसले कामुकुरा शोगुनको स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्यो।[][]

कुजुउकुरी समुद्र तटमा तालिम लिँदै जापानी ५२औँ मिलिशिया, १९४५

किसाजारु प्रान्त र इन्बा प्रान्तको विलयसँगै जुन १५, १८७३ मा चिबा प्रान्तको स्थापना भएको थियो।

चिबा प्रान्तको सैन्यकरण रुसो-जापानी युद्ध (१९०४-१९०५) बाट सुरु भएको थियो। टोकियोको किनारमा, दक्षिणमा तातेयामासम्म, जापानको साम्राज्यको राजधानीलाई आक्रमणबाट जोगाउन तटीय किल्लाहरू निर्माण गरिएका थिए।

सेप्टेम्बर १९२३ मा, कान्तो भूकम्पले चिबा प्रान्तमा व्यापक विनाश भयो, विशेष गरी बोसो प्रायद्वीपको सबैभन्दा दक्षिणी भागमा, जहाँ १४२,०००मारिएका थिए। टोकियोसँग जोडिएका प्रान्तका क्षेत्रहरूमा धेरै क्षति भयो, र फुनाबाशी, इचिकावा, र अन्य क्षेत्रहरूमा भूकम्प पछिको अराजकतामा कोरियालीहरू र अन्य जातीय अल्पसंख्यकहरू विरुद्ध हिंसा भयो।[]

याचियोका धेरै इलाकाहरूमा कोरियालीहरू मारिए, र १९७२ मा याचियोदाई स्टेशन नजिकै घटनामा मारिएकाहरूको सम्झनामा एउटा टावर खडा गरियो।[]

१९३० को दशकमा, यो प्रान्तको उत्तर र मध्य क्षेत्र ठूलो मात्रामा सैन्य उत्पादनको केन्द्र बने, र प्रान्तका अधिकांश तटीय क्षेत्रहरूमा सैन्य अखडा र किल्लाहरू निर्माण गरिए। संयुक्त राज्य अमेरिकाले साइपनमाथि नियन्त्रण लिएपछि, प्रान्तको उत्तरी भाग (मुख्यतया चिबा र चोशी शहर) मा बमबारी गरियो। औद्योगीकरण भएको उत्तरी भाग धेरैजसो नष्ट भयो। अपरेशन डाउनफल, अपरेसन कोरोनेटको रुपमा मार्च १९४६ मा संयुक्त राज्य अमेरिकाले टोकियोमा आक्रमण गर्यो।[१०]

निप्पोन स्टील किमित्सु कार्यशाला, २००७, किमित्सु, केइयो औद्योगिक क्षेत्र

चिबा प्रान्तको सीमा उत्तरमा टोने नदीमा इबाराकी प्रान्तसँग, पश्चिममा एडो नदीमा टोकियो र साईतामा प्रान्तसँग, पूर्वमा प्रशान्त महासागर र दक्षिणी सीमा वरिपरि टोकियो खाडीसँग जोडिएको छ। चिबा प्रान्तको अधिकांश भाग पहाडी बोसो प्रायद्वीपमा अवस्थित छ, जुन मुख्य रूपमा चामल खेतीको क्षेत्र हो। प्रान्तको पूर्वी तट, जसलाई कुजुउकुरी मैदान भनिन्छ, विशेष गरी कृषि उत्पादनका लागि प्रसिद्ध क्षेत्र हो। प्रान्तको उत्तरपश्चिम भाग, जसमा सबैभन्दा बढी जनसंख्या बसोबास गरेको क्षेत्र समावेश छ, कान्तो क्षेत्रको हिस्सा हो र टोकियो र सैतामाको सहरी क्षेत्रमा फैलिएको छ। चिबा नजिकै बग्ने कुरोशियो धारा पनि यहाँको मौसममा प्रभाव पार्दछ। यसले गर्दा चिबामा जाडो महिनामा तुलनात्मक रूपमा न्यानो मौसम र गर्मीमा टोकियोको भन्दा चिसो मौसम अनुभव गर्न सकिन्छ। [११]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "2020年度国民経済計算(2015年基準・2008SNA) : 経済社会総合研究所 - 内閣府", 内閣府ホームページ (जापानीमा), अन्तिम पहुँच २०२३-०५-१८ 
  2. Nussbaum, "Chiba" in p. 109, पृ. 109, गुगल बुक्स मा
  3. "千葉国造(下総)", Nihonjiten.com 
  4. Statistics Bureau of Japan
  5. Lua error in मोड्युल:Citation/CS1 at line 705: Unrecognized manual ID mode.
  6. ६.० ६.१ Chiba-ken Kōtō Gakkō Kyōiku Kenkyūkai. Rekishi Bukai. (१९८९), Chiba-ken no rekishi sanpo (千葉県の歴史散步) (जापानीमा), Tokyo: Yamakawa Shuppansha, पृ: 3–4, आइएसबिएन 9784634291201 
  7. Nussbaum, "Provinces and prefectures" in p. 780, पृ. 780, गुगल बुक्स मा.
  8. Chiba-ken Kōtō Gakkō Kyōiku Kenkyūkai. Rekishi Bukai. (१९८९), Chiba-ken no rekishi sanpo (千葉県の歴史散步) (जापानीमा), Tokyo: Yamakawa Shuppansha, पृ: ९, आइएसबिएन 9784634291201 
  9. Chiba-ken Kōtō Gakkō Kyōiku Kenkyūkai. Rekishi Bukai. (१९८९), Chiba-ken no rekishi sanpo (千葉県の歴史散步) (जापानीमा), Tokyo: Yamakawa Shuppansha, पृ: ९१, आइएसबिएन 9784634291201 
  10. Giangreco, D. M. (२०११), Hell to Pay: Operation DOWNFALL and the Invasion of Japan, 1945-1947, New York: Naval Institute Press, पृ: 169–170, आइएसबिएन 9781612510262, ओसिएलसी 741492494 
  11. "九十九里平野 (Kujūri Heino)", Dijitaru daijisen (जापानीमा), Tokyo: Shogakukan, २०१२, मूलबाट २००७-०८-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०४-०९