चिमामान्डा ङ्गोजी आदिची
चिमामान्डा ङ्गोजी आदिची | |
|---|---|
सन् २०१५ मा आदिची | |
| जन्म | ग्रेस ङ्गोजी आदिची १५ सेप्टेम्बर १९७७ एनुगु, एनुगु राज्य, नाइजेरिया |
| पेशा | लेखिका |
| शिक्षा | नाइजेरिया विश्वविद्यालय ड्रेक्सेल विश्वविद्यालय इस्टर्न कनेक्टिकट स्टेट विश्वविद्यालय (बिए) जोन्स हप्किन्स विश्वविद्यालय (एमए) येल विश्वविद्यालय (एमए) |
| विधा | उपन्यास, लघुकथा, संस्मरण, बाल पुस्तक |
| उल्लेखनीय पुरस्कारहरू | पूर्ण सूची |
| सक्रिय अवधि | सन् २००३ देखि |
| जीवनसाथी | इभारा एसेगे ( वि २००९) |
| बच्चाहरू | ३ |
| हस्ताक्षर | |
| वेबसाइट | |
| www | |
चिमामान्डा ङ्गोजी आदिची (ⓘ;[२] जन्म; १५ सेप्टेम्बर १९७७) एक नाइजेरियालीकी लेखिका हुन् जसका कृतिहरूमा कथा, गैर-कथा र व्याख्यान समावेश छन्। उनी उत्तर-औपनिवेशिक नारीवादी साहित्यकी केन्द्रीय व्यक्तित्वका रूपमा व्यापक रूपमा परिचित छिन्। उनका कृतिहरूले विश्वव्यापी पाठकवर्गको ध्यान आकर्षित गरेको र उनको लेखनले पहिचान, प्रवास, लिङ्ग र संस्कृतिका जटिल जस्ता विषयवस्तुहरूलाई समेटेको पाइन्छ।
इग्बो परिवारमा एनुगु, नाइजेरियामा जन्मिएकी आदिचीले नाइजेरिया विश्वविद्यालय न्सुक्कामा अध्ययन गरी डेढ वर्षसम्म चिकित्साशास्त्रको पढाइ पूरा गरेकी थिइन्। उनले १९ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया, पेन्सिल्भेनियास्थित ड्रेक्सेल विश्वविद्यालयमा अध्ययन गर्न नाइजेरिया छाडेर अमेरिकाकै इस्टर्न कनेक्टिकट स्टेट विश्वविद्यालय, जोन्स हप्किन्स विश्वविद्यालय र येल विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्।
आदिचीका धेरै उपन्यासहरू न्सुक्कामा आधारित छन् जहाँ उनी हुर्केकी थिइन्। उनले आफ्नो विश्वविद्यालय शिक्षाका क्रममा लेखन सुरु गरेकी थिइन्। उनले पहिले निर्णयहरू (सन् १९९७) नामक कविता सङ्ग्रह लेखेपछि बियाफ्राको प्रेमको लागि (सन् १९९८) नामक नाटक लेखेकी थिइन्। उनले आफ्नो पहिलो उपन्यास, पर्पल हिबिस्कस मार्फत प्रारम्भिक सफलता प्राप्त गरेकी थिइा्। एउटा अध्ययनले आदिचीको पहिलो उपन्यास पर्पल हिबिस्कसलाई पारिस्थितिक नारीवादी नैतिकताको दृष्टिकोणबाट विश्लेषण गरेको छ। आदिचीले धेरै कृतिहरू लेखेकी छन् र उनले चिनुवा अचेबे र बुची एमेचेतालाई प्रेरणाका स्रोतका रूपमा उल्लेख गरेकी छन्। उनको लेखन शैलीले पाश्चात्य र अफ्रिकी प्रभावहरूलाई प्रतिस्थापन गर्दछ, जसमा इग्बो संस्कृतिको विशेष प्रभाव रहेको छ। उनका अधिकांश कृतिहरूले धर्म, आप्रवासन, लिङ्ग र संस्कृतिका विषयवस्तुहरूको अन्वेषण गर्दछन्।
आदिची एक सार्वजनिक वक्ता हुन् जसले धेरै दीक्षान्त समारोहहरूमा सम्बोधन गरेकी छन् जसमा विलियम्स कलेज (सन् २०१७),[३] हार्वर्ड विश्वविद्यालय (सन् २०१८)[४] र अमेरिकन विश्वविद्यालय (सन् २०१९) [५] समावेश छन्। उनले टेड वार्ताहरू पनि प्रस्तुत गरेकी छन्, जसमध्ये "एकल कथाको खतरा" (सन् २००९) र "हामी सबै नारीवादी हुनुपर्छ" (सन् २०१२) उल्लेखनीय छन्। उनको कृतिको पछिल्लोको एक अंश अमेरिकी गायिका बियोन्सेले आफ्नो गीतमा समावेश गरेकी थिइन्। आदिचीका पुरस्कार र सम्मानहरूमा शैक्षिक र साहित्यिक पुरस्कार, अनुदान, मानार्थ उपाधि र अन्य उच्च मान्यताहरू समावेश छन् जसमध्ये सन् २००८ मा म्याकआर्थर फेलोसिप र सन् २०१७ मा अमेरिकन एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजमा समावेश हुनु उल्लेखनीय छ।
टिप्पणीहरू
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ CHI-mə-MAHN-də əng-GOH-zee ə-DEE-chee-ay आदिचीको नाम अङ्ग्रेजीमा विभिन्न तरिकाले उच्चारण गरिएको छ। यो लिप्यन्तरणले अङ्ग्रेजी-भाषी पाठकहरूका लागि इग्बो उच्चारणलाई सकेसम्म नजिक पुर्याउने प्रयास गर्दछ।
- ↑ /ˌtʃɪməˈmɑːndə əŋˈɡoʊzi əˈdiːtʃi.eɪ/ (
)[१] - ↑ Parnass 2017.
- ↑ Pazzanese 2018.
- ↑ Erezi 2019.