चिसो मान्छे
चिसो मान्छे | |
---|---|
![]() प्रचार पोस्टर | |
निर्देशक | दिपेन्द्र के. खनाल |
निर्माता | शर्मिला पाण्डे |
मुख्य कलाकार | स्वस्तिमा खड्का अर्पण थापा देशभक्त खनाल आशान्त शर्मा |
छायाङ्कन | दिपेन्द्र के. खनाल |
सम्पादन | दिर्घ खड्का |
वितरक कम्पनी | डीएस डिजिटल प्रालि |
प्रदर्शन मिति | ३ असार २०७९ (नेपाल) |
देश | नेपाल |
भाषा | नेपाली |
चिसो मान्छे दिपेन्द्र के. खनालद्वारा निर्देशित एक नेपाली चलचित्र हो।[१] यो चलचित्र वि.सं. २०७९ सालमा प्रकाशित भएको थियो।[२]
कथा
[सम्पादन गर्नुहोस्]कतारको मरुभूमिबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा शव आउँछ। मृत मानिसको श्रीमती, पिता र गाडी चालक विमानस्थलमा शव लिनु आउँछन्। उनीहरु काठमाडौँबाट बाजुरासम्म शव लिएर जान्छन्।
अभिनेताहरू
[सम्पादन गर्नुहोस्]- स्वस्तिमा खड्का श्रीमतीको रुपमा
- अर्पण थापा गाडी चालकको रुपमा
- देशभक्त खनाल पिताको रुपमा
गीतहरू
[सम्पादन गर्नुहोस्]क्र.सं. | शीर्षक | शब्द | सङ्गीत | गायक | लम्बाइ |
---|---|---|---|---|---|
१. | "जीवन बाटोमा" | सहदेव अर्याल हर्क साउद | सुवास भुसाल | निखिता थापा रेखा जोशी | ७:०० |
प्रकाशन
[सम्पादन गर्नुहोस्]२०७७ साल भदौमा दिपेन्द्र के. खनालले चिसो मान्छे चलचित्र बनाउने घोषणा गरेका थिये।[३][४] यो चलचित्र वि.सं. २०७९ साल असार ३ गते नेपालमा प्रकाशित भएको थियो।[५][६] देवेन्द्र भट्टराईले कान्तिपुरका लागि लेखेका थिए "यस्तो मौलिक कथा र एकदमैं सिमित परिवेशलाई बुनेर सुनाउन खोजेको बृहत कथाको यो खाका अरुहरुले पनि सिक्नु जरुरी छ। प्रेमको भाषा बुझाउन आँखा बिझाउने रोमान्स नै चाहिन्न, अथवा नियति सम्झाउन सधैंको रोइलो पनि देखाइरहनु पर्दैन भन्ने सूक्ष्म विषय चीसो मान्छेमा लुकेको छ"।[७] सुरज सुवेदीले शिलापत्रका लागि लेखेका थिए "यसले पक्कै पनि आगामी नेपाली फिल्मको मेकिङमा फरक पार्नेछ। यसले पक्कै पनि उनका आगामी फिल्महरूलाई पनि बलियो विश्वास दिनेछ"।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "'चिसो मान्छे'को 'जीवन बाटोमा' गीत सार्वजनिक (भिडिओ)", सेतोपाटी, २९ जेठ २०७९, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ गिरी, विदुर (८ असार २०७९), "तातो मनको चिसो मान्छे", नेपाल समाचारपत्र, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ "‘चिसो मान्छे’ बनाउँदै निर्देशक खनाल", अन्नपूर्ण, १३ भदौ २०७७, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ "चलचित्र चिसो मान्छे सुपरहिट हुनेमा ढुक्क छन् दीपेन्द्र", नागरिक, ४ असार २०७९, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ "‘चिसो मान्छे’को टिजर : ‘कर्णाली लुक्स’मा स्वस्तिमा", अनलाइनखबर, ११ चैत २०७८, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ "चलचित्र ‘चिसो मान्छे’आजबाट देशभर प्रदर्शन", ईमेजखबर, ३ असार २०७९, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ भट्टराई, देवेन्द्र (३ असार २०७९), "चिसो समाज-चिसो मान्छे", कान्तिपुर, अन्तिम पहुँच १७ आषाढ २०७९।
- ↑ सुवेदी, सुरज (१० असार २०७९), "बलियो ‘चिसो मान्छे’ भर्सेस कमजोर ‘चिसो मान्छे’", शिलापत्र, अन्तिम पहुँच १७ आषाढ २०७९।