चुनारुघाट उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चुनारुघाट
চুনারুঘাট
—  उपजिल्ला  —
चुनारुघाटको स्थान-बङ्गलादेशको नक्सामा
चुनारुघाट
चुनारुघाट
बङ्गलादेशको नक्शामा चुनारुघाट उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग सिलेट विभाग
जिल्ला हबिगञ्ज जिल्ला
क्षेत्रफल
 - जम्मा ४९५.५२ किमी (१९१.३ वर्ग मी)
जनसङ्ख्या (सन् १९९१[१])
 - जम्मा २३३,७५२
 जनघनत्व
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट chunarughat.habiganj.gov.bd

चनारुघाट (बाङ्ला: চুনারুঘাট) बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

चुनारुघाट उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°०४' देखि २४°१७' उत्तर अक्षांश र ९१°२२' देखि ९१°३९' पूर्वी देशान्तरमा अवस्थित छ। चुनारुघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४९५.४९ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई हबिगञ्जबाहुबल उपजिल्लाले उत्तर, भारतको त्रीपुरा राज्यले दक्षिण, भारतक‍ो त्रीपुरा राज्यले र श्रीमङ्गल उपजिल्लाले पूर्व र माधवपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। खोवाई र सुताङ यस जिल्लाका प्रमुख नदीहरू हुन्।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २६७०५६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३४८४० छ भने महिलाको जनसङ्ख्या १३२२१६ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ६०५८४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६०५८४ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ६२५, इसाई धर्मवलम्बीको जनसङ्ख्या १८ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०९१ रहेको छ। यस उपजिल्लामा मणिपुरी, खासिया र टिपरा जनजातिहरू बसोबास गर्छन्। [३]यस जिल्लामा ३३८ मस्जिद, २९ हिन्दु मन्दिर र ५ चिहानहरू रहेका छन्। यस उपजिल्लाका ७९.१८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ५.७५% ले पोखरी, ५.०७% ले टुटी र १०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये २०.७६% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, उखु, आलु, प्याज, तोरी, खुर्सानी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कागती, भूइँकटहर, लिची, अम्बा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चिया लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २५ माछापालन केन्द्र, २० दुग्ध सङ्कलन केन्द्र तथा ५२ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५४.७१% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १६.०३%, वाणिज्यमा ८.०४%, सञ्चार र यातायातमा २.५१%, निर्माण क्षेत्रमा ०.८५%, सुविधामा ३.६१%, धार्मिक सेवामा ०.३१%, वैदेशिक रोजगारी तथा भाडामा १.०७% र अन्यमा १२.८७% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय चुनारुघाट थानको स्थापना सन् १९१४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लामा १० सङ्घ परिषद्, १६५ मौजा र ३३७ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद् यस प्रकार छन्; गाजीपुर सङ्घ परिषद्, आहम्मदाबाद सङ्घ परिषद्, चुनारुघाट सङ्घ परिषद्, देअोरगाछ सङ्घ परिषद्, पाइकपाडा सङ्घ परिषद्, शानखला सङ्घ परिषद्, उबाहाटा सङ्घ परिषद्, साटिवाजुरी सङ्घ परिषद्, राणीगाँउ सङ्घ परिषद् र मिराशी सङ्घ परिषद्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३२.८७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३७.७९% छ भने महिलाको साक्षरता दर २७.९२%रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, २७ माध्यमिक विद्यालय, ११० प्राथमिक विद्यालय, १ बाल उद्धान केन्द्र र ३० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; माराशी उच्च विद्यालय (सन् १८८७), राजर बाजार सरकारी उच्च विद्यादय (सन् १८६७), दक्षिण चरण पाइलट उच्च विद्यालय (सन् १९२८), गाजीपुर उच्च विद्यालय (सन् १९६४), अग्रणी उच्च विद्यालय (सन् १९६९), उबरहाटा कुखरतीया दाखिल मदरसा (सन् १८७०), गाबतला दाखिल मदरसा (सन् १९३३), सानखला दाखिल मदरसा (सन् १९२८) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই ২০১৫), "এক নজরে চুনারুঘাট", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. सिराजुल इसलाम; अाहमेख जामाल, सम्पादकहरू (सन् २०१२), "चुनारुघाट उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य सत्रहरू[सम्पादन गर्ने]