चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
Jump to navigation
Jump to search
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष हिमालयभक्त प्रधानाङ्ग हुन्। चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको रातोपुलमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह सुदर्शन चक्र थियो।[१] चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल २,४१० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ७,९७५ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।