चूडामणि रेग्मी (झापा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चूडामणि रेग्मी (झापा)

चूडामणि रेग्मी साहित्यकार हुन् । नेपाली साहित्यमा उनको विशेष योगदान रहेको छ । उनका बारेमा निम्नानुसार संक्षिप्त रूपमा चर्चा गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

वि.सं.१९९३ चैत्र २९ गते माता खिलेश्वरीदेवी र पिता पीताम्बर रेग्मीका ११ सन्तानमध्ये कान्छो सन्तानका रूपमा कोशी अञ्चलको संखुवासभा जिल्ला अन्तर्गत वानामा जन्मिएका चूडामणि रेग्मीको कर्मथलो झापा हो । वि.सं.२००६ मा उनको विवाह वेदकुमारी (१९९५) सँग भएको पाइन्छ । तिन छोरी र तिन छोराका पिता रेग्मीका ११ नातिनातिना र ५ पनाति पनातिना रहेका छन् । हाल रेग्मीको वसोवास झर्रो नेपाली घर चन्द्रगडीमा रजेको छ ।

प्राध्यापन[सम्पादन गर्नुहोस्]

२०१७ सालमा चैनपुर कलेजबाट प्राध्यापन सुरु गरेका रेग्मीले २०२१ देखि २०५५ सम्म निरन्तर रूपमा मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गर्ने रेग्मी सो क्याम्पसका संस्थापक प्राध्यापक हुन् ।

साहित्य यात्रा[सम्पादन गर्नुहोस्]

२०१२ पूर्व नै साहित्य यात्रमा प्रवेश गरेका रेग्मीले वि.सं.२०१३ देखि बनािसबाट प्रकाशित छात्रदूत पत्रिकाको सम्पादन कार्यमा समेत संलग्न रहेका रेग्मीले नेपाली साहित्यमा उल्लेखनीय योगदान गरेका छन् । उनका एक दर्जनभन्दा बढी विभिन्न विधाका कृतिहरू प्रकाशित छन् । छात्रदूतका अतिरिक्त युगज्ञान, जुही, यथार्थ कुरा जस्ता पत्रिकाका सम्पादक रेग्मी मूलतः समालोचक हुन् ।[१]। साहित्यप्रति रुचि राख्ने व्यक्तिलाई प्रेरणा दिएर साहित्यकार बनाउनमा उनको ठुलो योगदान रहेको देखिन्छ । रेग्मी झर्रो नेपाली आन्दोलनका सहयात्री र प्रयोक्ता पनि हुन् ।

रेग्मी भाषालाई माया गर्ने एकजना सक्रिय साहित्यकार हुन् । प्रगतिशील विचारमा आस्था राख्नु, पढ्नु, पढाउनु, लेख्नु, लेख्न लगाउनु, छाप्नु, छपाउनु, आफैं घुमेर वितरण गर्नु रेग्मीका दिनचर्या हुन् । उनले साहित्यिक सद्भाव यात्राका रूपमा एउटा अभियान नै चलाएका छन् । यस क्रममा उनले इलाम, सुन्सरी, मोरङ, चितवन, गोर्खा, पोखरा, भैरहवा समेत अन्य विभिन्न क्षेत्रका साहित्यिक स्रष्टाहरूलाईसमेत सृजनामा लाग्न प्रेरित गरेका छन् ।

प्रकाशित कृति[सम्पादन गर्नुहोस्]

  • पहिलो यात्रा (कथा सङ्ग्रह २०१२),
  • नेपाली कथासाहित्य (सहलेखन २०१४),
  • साधना (निबन्ध सङ्ग्रह २०३०),
  • धुनमा धुन (निबन्ध सङ्ग्रह (२०३५)
  • भुमरी (कथा सङ्ग्रह २०३६),
  • चाबी (कथा सङ्ग्रह २०५६),
  • घुमेका कुरा (२०५६),
  • गफडीका गफ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह २०६३),
  • आँखा र मनका पाइलाहरू (एेजन २०६३),
  • बितेकाहरूको सम्झना (एेजन (२०६३),
  • एउटा छाता दिनुहोला है (निबन्ध सङ्ग्रह २०६४),
  • मनभित्र र बाहिर (निबन्ध सङ्ग्रह २०६४),
  • भावना (लघुकाव्य २०५०),
  • गजवाष्टक (१००८ कविता २०५१)
  • यक्षको पोखरा प्रवास (लघुकाव्य २०६४) ।

समालोचना

  • पारिजात : परिचय र मूल्याङ्कन (२०५०),
  • कृती र कृति २ भाग (२०५३),
  • बाइस समालोचना (२०५७),
  • चिन्तन र समालोचना (२०६९) ।

भाषा

  • नेपाली टुक्काहरूको अध्ययन (
  • नेपाली भाषा र व्याकरणका केही विषय केही छलफल (२०५२),
  • तत्सम शब्दको वर्ण विन्यास (२०५३) ।

अन्य

  • अरे!उदेक लाग्दा कुराहरू (२०५६),
  • व्यक्तित्व र कृतित्व (२०६५),
  • दृष्टि र सृष्टि छ्यास्मिस (२०६९) ।[२]

बाह्यलिङ्क[सम्पादन गर्नुहोस्]

http://samakalinsahitya.com/index.php?show=detail&art_id=5242

सन्दर्भस्रोत[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. सुसेली वर्ष १३, अङ्क १२, (२०७१), चूडामणि विशेषाङ्क, काकरभिटा, झापा : सुसेली साहित्यिक परिवार ।