चेन्नई सुपर किङ्स
சென்னை சூப்பர் கிங்ஸ் | |
उपनाम(हरू) | दी लायन्स "दी सुपर किङ्स"[१] |
---|---|
व्यक्तिगत | |
स्वामी | चेन्नई सुपर किङ्स क्रिकेट लिमिटेड[२] |
टिम जानकारी | |
सहर | चेन्नई, भारत |
Colours | ![]() |
स्थापना | २००८ |
Dissolved | २०१५-२०१७ (2 वर्ष प्रतिबन्ध) |
गृह मैदान | एम. ए. चिधम्बरम स्टेडियम, चेन्नई (क्षमता: ३८,०००) |
Secondary home ground(s) | JSCA अन्तर्राष्ट्रिय स्टेडियम कम्प्लेक्स, राँची (क्षमता: ४०,०००) |
इतिहास | |
इन्डियन प्रिमियर लिग wins | ५ (२०१०, २०११, २०१८, २०२१, २०२३) |
सिएलटि२० wins | २ (२०१०, २०१४) |
आधिकारिक वेबसाइट: | chennaisuperkings.com |
चेन्नई सुपर किङ्स (सिएसके) एक भारतीय प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइजी क्रिकेट टीम हो जुन चेन्नई, तमिलनाडु, भारतमा रहेको छ। २००८ मा स्थापित, टोलीले चेन्नईको एम.ए. चिदम्बरम स्टेडियममा आफ्नो घरेलु खेलहरू खेल्छ। टोली चेन्नई सुपर किंग्स क्रिकेट लिमिटेड होल्डिङ कम्पनी मार्फत इन्डिया सिमेन्ट लिमिटेडको स्वामित्वमा छ। सन् २०१३ को आईपीएल सट्टेबाजी मामिलामा यसका मालिकहरूको संलग्नताका कारण टोलीलाई जुलाई २०१५ देखि सुरु हुने आईपीएलबाट दुई वर्षको लागि निलम्बन गरिएको थियो,[३] र २०१८ को पुनरागमन संस्करणमा उपाधि जितेको थियो। टोलीको कप्तानी एमएस धोनीले गरेका छन् भने प्रशिक्षक स्टीफन फ्लेमिङले गरेका छन्। जनवरी २०२२ मा, सिएसके भारतको पहिलो युनिकर्न खेलकुद उद्यम भएको थियो।[४]
सुपर किङ्सले पाँच पटक (२०१०, २०११, २०१८, २०२१ र २०२३ मा) आईपीएलको उपाधि जितेको छ। आईपीएलका सबै टोलीहरूको बीचमा सबै भन्दा धेरै खेलहरू जित्ने उच्चतम प्रतिशत छ (५८.९६%)।[५] सुपर किङ्सले आईपीएलको प्लेअफमा (एघार) र फाइनलमा (नौ) चोटी उपस्थितिको कीर्तिमान राखेको छ, जुन् आईपीएलको अरु टोलीहरू मध्ये सबै भन्दा धेरै हो।[६]
साथै, सुपर किङ्सले २०१० र २०१४ मा च्याम्पियन्स लिग ट्वेन्टी २० पनि जितेको छ। २०१९ मा सुपर किङ्स को ब्रान्ड मूल्य लगभग ₹ ७३२ करोड (लगभग $ १०४ मिलियन) अनुमान गरिएको छ, जसले तिनीहरूलाई आईपीएल को सबैभन्दा मूल्यवान फ्रान्चाइजीहरू मध्ये एक बनाएको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Warriors hope to survive Lions den"।
- ↑ "India cements transfers CSK to new subsidiary with effect from jan 1", CNN-IBN, ११ फेब्रुअरी २०१५।
- ↑ "CSK, RR owners suspended for two years", EPSNCricinfo, अन्तिम पहुँच ९ मे २०२३।
- ↑ "Chennai Super Kings Becomes India's First Unicorn Sports Enterprise; Surpasses Market Cap of Parent Entity", www.news18.com, अन्तिम पहुँच ९ मे २०२३।
- ↑ "Indian T20 League / Records / Result summary", ESPNCricinfo, अन्तिम पहुँच ९ मे २०२३।
- ↑ "IPL 2020 playoffs race: Dhoni's Chennai Super Kings out of playoff race for the first time", Sportstar, अन्तिम पहुँच ९ मे २०२३।