चे ग्वेभारा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
CheHigh.jpg
चे ग्वेभारा
जन्म: १४ जुन १९२८
रोसारिओ, अर्जेन्टिना
मृत्यु:९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला हिगुएरा, बोलिभिया
कार्यक्षेत्र: राजनीतिक क्रान्ति
माताको नाम:केलिया डि ला सर्ना लोसा
पिताको नाम:एर्नस्टो ग्वेभारा लिन्च
क्रान्तिको असर परेका देश:दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरू
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी
आन्दोलन:साम्यवादी
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
अन्य कार्य:लेखन
वेबपेज:-
हस्ताक्षर:CheGuevaraSignature.svg

अर्नेस्तो "चे" ग्वेभारा ऋ उच्चारण: [ˈtʃe ɣeˈβaɾa]) (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रांतिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रांति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरूको का प्रतीक बन्यो।[१]

परिवारका तेते पछि चे बने[सम्पादन गर्ने]

अर्जेन्टिनाको एक मध्यम वर्गीय परिवारमा चेको जन्म सन् १९२८ जून १४ मा भयो । पेशाले उनका बुवा इन्जिनियर थिए । उनको जन्म स्पेनिस र आइरिस रक्तमिश्रित परिवारबाट भएको थियो । उनको जन्मको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो । परिवारमा उनलाई तेते भनेर बोलाउँथे । पछि उनले आफ्नो नाम बदलेर चे राखे । चेको अर्थ अर्जेन्टिनी भाषामा ‘हाम्रो’ भन्ने हुन्छ ।

उनको परिवार शिक्षित र सुसंस्कृति पनि थिए । परिवारबाट उनले न्यायप्रतिको प्रेम, फाँसीवादप्रति घृणा, धार्मिक सहिष्णुता, साहित्यप्रति रुची राख्ने, आर्थिक उपार्जनलाई ध्यान नदिने जस्ता संस्कारहरु सिके ।

शिक्षकको नजरमा मूढी र अनुशासनहिन[सम्पादन गर्ने]

चे ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन । उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए । अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन । उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे । भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो । उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए । शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए ।  अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए । ४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए । तर उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो । क्यान्सर रोगबाट आप्mनी हजुरआमाको मृत्यु,  आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे । उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन् ।

साइकलिङ गरेरै देशको कुनाकुना पुगे[सम्पादन गर्ने]

उनी यात्रा गर्न औधी रुचाउँथे । अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगे । स्वास्थका कारण भौतिक शरिर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन् । पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए । चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे । यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पु¥यायो । उनले गम्भीर भएर सोचेँ । शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनीतिक कारणको उपचार कसरी सम्भव होला ? यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो ।

चिकित्सीय शिक्षाको बेला चे पूरै ल्याटिन अमेरिकामा धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्‍यायो।[२] उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण एकाधित्य पूंजीवाद, नवउपनिवेशवादसाम्राज्यवाद, जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो - विश्व क्रांति[३] यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका राष्ट्रपति याकोबो आरबेंज गुजमानद्वारा चलाईएको समाज सुधारहरूमा भाग लिए। उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४मा गुजमानलाई अमेरिकाको मददले हटाइयो। यसको केही समय पछि मेक्सिको सिटीमा उनको राऊल र फिदेल कास्ट्रो सित भेट भयो, र उनी क्यूबाको २६ जुलाई क्रांतिमा सामेल भए।[४] चे शीघ्र नैं क्रांतिकारीहरूको कमानमा अर्को ठाउँसम्म पुगे र बातिस्ताको राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए।[५]

उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो । डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीवी असमानताका सामाजिक राजनीतिक कारणहरु खोज्नतिर लागे ।  गाउँ गाउँ पुगे । विभिन्न वस्ती वस्ती पुगे । उनी उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीवहरु ।

भोक,  पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीवीकारण बाबुहरु स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे ।

ड्राइभरका दुखद  जिन्दगीहरु देखे । भरियाका कथाहरु सुने । चिलीका खानीहरुमा पुगे । अमेजन जंगलका रेड–इण्डियन  आदिवासीहरुको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे ।

अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ , स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु ।”

बोलिभियामा जीवनको शुरु र अन्य[सम्पादन गर्ने]

त्यसपछि उनी १९५३ मा डाक्टरी पेशा छाडेर बोलिभियाको यात्रामा निस्किए । बोलिभियामा त्यसबेला पूँवीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रिकरण गर्ने, जमिनहरु आदिवासी किसानहरुमा वितरण गर्ने सुधारवादी कार्यहरु भइरहेका थिए ।

त्यसले चे ग्वेभारालाई थप बल मिल्यो । चे विशेषज्ञहरु भन्दछन् –“ बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम संघर्ष गर्ने प्रेरणा दिएको थियो । उनको जीवनको शुरु र अन्य बोलिभिया मै भएको थियो ।”

बोलिभियाको क्रान्तिपछि गएर सुधारवादी बाटोतर्फ खस्दै जान थालेपछि चे चिन्तित भए । उनले ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोभिभारको शालिक अगाडि उभिएर बोलिभियाको सुधारवादको विरोध गर्दै भाषण गरे । त्यसपछि उनी ट्रकमा चढेर पेरुको आदिवासी क्षेत्र तर्फ लागे । त्यसपछि उनी ग्वाटेमाला पुगे । ग्वाटेमालाको सुधारवादी सरकारको कारण उनी अर्जेन्टिनाको दूतावासमा दुई महिना शरण लिन पनि बाध्य भए ।

ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर माक्र्सवादको गहिरो अध्ययन गर्न थाले ।  माक्र्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला–कौशलसम्म अध्ययन गर्न भ्याए ।

क्यूबाली डाक्टरसँग भेटेपछि[सम्पादन गर्ने]

त्यसपछि मेक्सिकोमा रहँदै गर्दा जून १९५५ मा उनको एक जना क्यूबाली डाक्टरसँग भेट भयो । क्यूवालीहरुमध्ये एक थिए निको लोपेज । जोसँग ग्वाटेमालामा हुँदा उनीहरुको भेट भएको थियो । निकोले चेलाई फिडेल क्यास्त्रोको नेतृत्वमा क्यूबामा भईरहेको क्रान्तिबारे सविस्तार भने । कुराकानीको क्रममा क्यूबामा शसस्त्र संघर्ष छेड्ने तयारी भइरहेको भन्ने चेले थाहा पाए । त्यसपछि  फिडेल क्यास्त्रोका भाई राउल क्यास्त्रोसँग केही दिनपनि चेको भेट भयो । राउलबाट अझ बढि क्यूबामा भइरहेको क्रान्तिबारे चेले थाहा पाए ।  पछि उनको फिडेल क्यास्त्रोसँग भेट भयो । त्यसपछि एक अर्जेन्टिनी नागरिक क्यूबाको मुक्ति आन्दोलनको सेना बनेर युद्धमा होमिए  ।

क्यूवामा उद्योगमन्त्री हुँदा तलब भत्ता लिएनन्[सम्पादन गर्ने]

क्रान्ति सम्पन्न भएपछि फिडेल क्यास्ट्रो राष्ट्रपति भए । चे ग्वेभारा भने केन्द्रिय बैंकका अध्यक्ष र  उद्योगमन्त्री भए । तर रोचक तथ्य उनीले तलब भत्ता कहिल्यै लिएनन् । बरु निश्चित समय शारीरिक श्रमदान गरे ।  त्यही रकमबाट आफ्नो गुजारा चलाउ“थे ।

यता चेलाई मार्न निरन्तर अमेरिकी सरकारले आफ्नो गुप्तचर संस्था सीआईएलाई अह्राइरहेको थियो । सिआइएले चेलाई निरन्तर सन् १९५४ देखि १९६२ सम्म पछ्याइरह्यो ।

उनी मन्त्री पदमा बसी रहेनन् । फिडेल क्यास्त्रोलाई धेरै महत्वपूर्ण सहयोग गरे । सारा विश्व घुमेर क्यूबाको समाजवादको लागि अन्तर्रािष्ट्रय समर्थन जुटाइरहे। अन्तत उनी मन्त्री पद त्यागेर निस्किए कङ्गो तर्फ ।

क्यूबाको क्रांति पश्चात चेले नयाँ सरकारमा धेरै महत्त्वपूर्ण कार्य गरे, र साथ-साथै सारा विश्वमा घुमेर क्यूबाको समाजवादको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाए। उनिद्वारा प्रशिक्षित सैनिकहरूले पिग्सको खाडी आक्रमणलाई सफलतापूर्वक पछारे।[६]सोभियत संघसित नाभिकीय प्रक्षेपास्त्र लिएर आए, जसद्वारा १९६२को क्यूबन प्रक्षेपास्त्र संकटको शुरुवात भएकोथियो, र सारा विश्व नाभिकीय युद्धको स्थितिमा पुगेकोथियो।[७] साथै चेले लेखेका पनि छन्, उनका सबभन्दा प्रसिद्ध कृतिहरू हुन् - गुरिल्ला युद्धको नियम-पुस्तक र दक्षिणी अमरीकामा उनको यात्रामा आधारित मोटरसाइकल डायरीहरू। १९६५मा चे क्यूबादेखि निक्लेर कांगो पुगे जहाँ उनले क्रांति ल्याउने विफल प्रयास गरे। यसपछि उनी बोलिविया पुगे र क्रांति उक्साउने प्रयास गरे तर पक्रा परे अनि उनलाई गोली हानी मारियो।[८]

मृत्युपछि पनि चेलाई आदर र धिक्कार दुइटै दिइयो। टाइम (पत्रिका)ले उनलाई २०औं शताब्दीका १०० सर्वाधिक महत्त्वपूर्ण व्यक्तिहरूको सूचिमा सामेल गर्‍यो।[९] चेको तस्वीर गेरिलेरो एरोइको (स्पेनी: Guerrillero Heroico, वीर गुरिल्ला) लाई विश्वको सबैभन्दा प्रसिद्ध तस्वीर मानिएको छ।[१०]

मारिएको ४७ वर्षपछि तस्विर सार्वजनिक[सम्पादन गर्ने]

चे ग्वेभारा मारिएको समयको तस्विर उनी मारिएको ४७ वर्ष पछि सार्वजनिक भएको छ । ग्वेराका परिवारले यी तस्विर सार्वजनिक गरेका हुन् ।स्विर सार्वजनिक गरेका इनामोल आर्टिएगाले भनेका छन् कि १९६७ मा यी तस्विर समाचार एजेन्सी एएफपीका फोटो जर्नलिष्ट मार्क हटनले लिएका थिए । ती तस्विर चे ग्वेराका अंकल लुइस कार्टेरोलाई दिइएको उनको भनाइ छ ।

लुइस त्यतिबेला बोलिभियामा मिसनरीकोरुपमा काम गर्थे । यी तस्विर उनले ४७ वर्ष सम्म लुकाएर राखेका थिए । अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा बोलिभियामा पक्राउ परेपछि बन्दी बनाइएका थिए । उनलाई सन् १९६७ अक्टोबर ९ को दिन हत्या गरिएको थियो ।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Casey 2009, p. 128.
  2. On Revolutionary Medicine Speech by Che Guevara to the Cuban Militia on August 19, 1960
  3. At the Afro-Asian Conference in Algeria A speech by Che Guevara to the Second Economic Seminar of Afro-Asian Solidarity in Algiers, Algeria on February 24, 1965
  4. Beaubien, NPR Audio Report, 2009, 00:09-00:13
  5. "Castro's Brain" 1960.
  6. Kellner 1989, p. 69-70.
  7. Anderson 1997, p. 526-530.
  8. Ryan 1998, p. 4
  9. Dorfman 1999.
  10. Maryland Institute of Art, referenced at BBC News May 26, 2001

बाहिरका लिङ्कहरू[सम्पादन गर्ने]