चैनपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चैनपुर नगरपालिका
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लासंखुवासभा जिल्ला
सरकार
 • मेयरभरत कुमार खत्री
 • उप मेयरमुना श्रेष्ठ
जनसङ्ख्या
 (बि.स. २०६८)
 • जम्मा२४७३५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५६९००
क्षेत्रीय सङ्केत०२९
वेबसाइटwww.chainpurmun.gov.np

चैनपुर नगरपालिका संखुवासभा जिल्ला मा रहेको एउटा हो । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वरखराङ गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा चैनपुर पनि नगरपालिका बनेको हो तर सो कार्यन्वयनमा हाल देखि आएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । साबिक चैनपुर गा.बि.स.को चैनपुर बजार केन्द्र भएको ठाँउलाईको केन्द्र बनाइएको छ । [१]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वरखराङ गाविसहरूलाई मिलाएर चैनपुर नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २४,७३५ रहेको छ ।[२]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति