चौतारा साँगाचोकगढी नगरपालिका
चौतारा | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
क्षेत्रफल | |
• जम्मा | ४१ किमी२ (१६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,६०६ |
• घनत्व | ३८०/किमी२ (९९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www |
चौतारा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लाको नगरपालिका तथा सदरमुकाम हो। यो नगरपालिकाको कुल क्षेत्रफल ४१ वर्ग किलोमिटर छ।
परिचय[सम्पादन गर्नुहोस्]
चौतारा नगरपालिकामा नेवार, गुरुङ तथा अन्य मिश्रित जातिहरूको बसॊबास छ। नगरपालिकाका अधिकांश मानिसहरू कृषि उत्पानद, नोकरी, व्यापार तथा अन्य पेशामा व्यस्त हुन्छन्। यस नगरपालिका अन्य नगरपालिकाको तुलनामा धेरै विकसित नगरपालिका हो। चौतारा नगरपालिकाले यातायात, सञ्चार, विद्युत, खानेपानी, सुरक्षा र प्रविधिमा निकै फड्को मारिसकेको छ।
चौतारा नगरपालिका जिल्ला सदरमुकाम पनि हो। यस नगरपालिकाको कुल क्षेत्रफल ४१ वर्ग किलोमिटर छ। चौतारा नगरपालिका जिल्लाभरको प्रशासनको केन्द्र हो। नगरपालिकामा नेवार गुरुङ तथा अन्य मिश्रित जातिहरूको बसॊबास छ। चौतारा नगरपालिकामा जनघनत्व बढी छ। नगरपालिकाका अधिकांश मानिसहरू कृषि उत्पानदमा नोकरीमा व्यापारमा तथा अन्या पेशामा व्यस्त हुन्छन्। वि.सं. २०५८ सालको जनगणनामा चौतारामा १११४ घरपरिवार तथा कुल जनसङ्ख्या ५०८९ थियो जुन जिल्लामा नै सबैघन्दा बढी जनघनत्व भएको ठाउँ थियो।[१]
नगरपालिका घोषणा[सम्पादन गर्नुहोस्]
चौतारा नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा चौतारा, कुविण्डे, सानोसिरुवारी र पिपलडाँडा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा चौतारा पनि नगरपालिका बनेको हो।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
चौतारा, कुविण्डे, सानोसिरुवारी र पिपलडाँडा यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर चौतारा नगरपालिका बनाइएको हो।[२] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर चौतारा नगरपालिकाको जनसङ्ख्या १५,६०६ रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ मेरोसिन्धु डट कम
- ↑ २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |