चौधरी चरण सिंह विश्वविद्यालय
पूर्व नामहरू | मेरठ विश्वविद्यालय |
---|---|
नेपालीमा आदर्श वाक्य | जहाँ सत्यको त्यो सर्वोच्च खजाना बास गर्दछ |
प्रकार | राज्य स्तरीय विश्विविद्यालय (सरकारी) |
स्थापना | सन् १९६५ |
कुलपति | आनन्दीबेन पटेल |
रजिष्ट्रार | दीप चन्द (आईएएस अधिकृत) |
स्थान | , , |
क्याम्पस | शहरी |
सम्बन्धनहरू | UGC |
वेबसाइट | www |
चौधरी चरण सिंह विश्वविद्यालय (CCS University), पहिलेको मेरठ विश्वविद्यालय, मेरठ, उत्तर प्रदेश, भारतमा रहेको राज्य स्तरीय सरकारी विश्वविद्यालय हो। यस विश्विद्यालयको स्थापना सन् १९६५ मा भएको हो।[१] पछि यस विश्वविद्यालयको नाम भारतका पूर्व प्रधानमन्त्री चौधरी चरण सिंहको नाममा राखिएको थियो।[१] यस विश्वविद्यालयले आफ्नो रजत जयन्ती सन् १९९१ मा मनाएको थियो।
शिक्षण
[सम्पादन गर्नुहोस्]यस विश्वविद्यालयमा विज्ञान, मानविकी, समाज-शास्र, र इन्जीनियरिङ सङ्कायका विभिन्न विषयहरूमा पढाइ हुन्छ। एमफिल र पीएचडी तहका कार्यक्रमहरू सन् १९६९बाट शुरू गरेको यस विश्विविद्यालयले सन् १९७३बाट पोष्ट-ग्र्याजुएट तहका विभिन्न विषयहरूमा परिष्कृत पाठ्यक्रमको आधारमा पढाइ शुरू गरेको थियो। यस विश्वविद्यालयमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा २२ वटा र स्ववित्तपोषित ३५ वटा विभाग पाठ्यक्रमहरू सञ्चालित छन्। सर छोटुराम इन्स्टिच्युट अफ इन्जीनियरिङ एण्ड टेक्नोलोजी यस विश्वविद्यालय अन्तर्गत सञ्चालित सरकारी इन्जीनियरिङ क्याम्पस हो। यहाँ इन्जीनियरिङ तर्फका विभिन्न ७ वटा विषयमा अध्यापन गराइन्छ। यस विश्वविद्यालयले विश्वविद्यालयको शैक्षणिक समुदाय तथा समग्र राज्यलाई सेवा दिने उद्देश्यले सन् १९६८ मा पुस्तकालयको स्थापना गरेको थियो। पुस्तकालयलाई थप व्यवस्थित बनाउन सन् १९७० मा निर्माण शुरू भएको छुट्टै पुस्तकालय भवनको निर्माण सम्पन्न सन् १९७२ मा भएको थियो; जसलाई ११ जनवरी १९७२ मा विश्वविद्यालयका पहिलो कुलपति डा॰ गोपाल रेड्डीले उद्घाटन गरेका थिए। यो पुस्तकालय अहिले राजा महेन्द्र प्रताप पुस्तकालयको नामले जानिन्छ।
सम्बन्धनप्रदत्त कलेजहरू
[सम्पादन गर्नुहोस्]यस विश्वविद्यालयबाट सम्बन्धनप्रदत्त कलेजहरू मेरठ र सहारनपुर क्षेत्रका विभिन्न नौ जिल्ला - बागपत, बुलन्दशहर, गौतम बुद्ध नगर, गाजियाबाद, हापुड, मेरठ, मुझफ्फरनगर, सहारनपुर र शमलीमा रहेका छन्।
उल्लेखनीय पूर्व छात्र
[सम्पादन गर्नुहोस्]- रमेश बिधुरी, संसद सदस्य[२]
- मायावती, भारतीय राजनीतिज्ञ[३]
- के. सी. त्यागी, भारतीय राजनीतिज्ञ[४]
- कमल डावर, भारतीय सेना अधिकृत, प्रतिरक्षा गुप्तचर विभागको पहिलो महानिर्देशक
- दीप्ती भटनागर, अभिनेत्री तथा मोडेल
- युविका चौधरी, अभिनेत्री
- जय वर्मा, हिन्दी लेखिका, शिक्षाविद्, हिन्दी साहित्य/भाषाकी समर्थक
- इला मिश्रा, पीएचडी अध्येता तथा सामाजिक कार्यकर्ता। रेशमी रूमाल षडयन्त्रकी लेखिका।[५]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Chaudhary Charan Singh University - About Us", मूलबाट २१ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०११। वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०११ मिति
- ↑ "Ramesh bidhuri"।
- ↑ "Ms. Mayawati, Chief Minister, Uttar Pradesh, Life History: At A Glance (Official Profile of Chief Minister of Uttar Pradesh)", upgov.nic.in, Government of Uttar Pradesh, १६ जुलाई २००९, मूलबाट ८ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ८ जुन २००८ मिति
- ↑ "K.C. Tyagi Indian Parliament Profile", National Portal of India, अन्तिम पहुँच २६ डिसेम्बर २०१७।
- ↑ Dr. Ela Mishra, Reshmi Rumaal Sharyantra (Hindiमा), Manak Publications and Jamiat Ulema-e-Hind।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]निर्देशाङ्कहरू: २८°५८′१२″N ७७°४४′२९″E / २८.९७००°N ७७.७४१५°E