सामग्रीमा जानुहोस्

चौरजहारी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौरजहारी
चौरजहारी मा पर्दछ कर्णाली प्रदेश
चौरजहारी
चौरजहारी
नेपालको नक्सामा चौरजहारी नगरपालिकाको अवस्थिति
चौरजहारी मा पर्दछ नेपाल
चौरजहारी
चौरजहारी
चौरजहारी (नेपाल)
निर्देशाङ्क: २८°३९′१८″N ८२°११′५७″E / 28.6549°N 82.1992°E / 28.6549; 82.1992
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
  नगरप्रमुखपुष्‍प वादी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखईश्‍वरीकुमारी शर्मा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१०७.३८ किमी (४१.४६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२८,९५६
  घनत्व२७०/किमी (७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
केन्द्रसाविक विजयश्वरी गाविसको कार्यालय
वेबसाइटchaurjaharimun.gov.np

चौरजहारी नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा पश्चिम रुकुममा विजयश्वरीकोटजहारी गरी २ गाउँ विकास समितिहरूलाई समेटेर चौरजहारी नगरपालिका घोषणा गरेको थियो[] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका खोलागाउँ, पुर्तिमकाँडा वडा नं. ४,५,९ र नुवाकोट वडा नं. १-२,४-९ यसमा गाभिएका थिए। चौरजहारी नगरपालिकाको केन्द्र साविकको विजयश्वरी गाउँ विकास समितिको भवन रहेको स्थानमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौरजहारी नगरपालिकाको कुल जनसङ्ख्या २८,९५६ रहेको छ भने यहाँ ६,८३७ घरधुरी रहेका छन्।[]

चौरजहारी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
विजयश्वरी (३-४)३,२१२५.६२५७१.५३
विजयश्वरी (५)१,५४१३.३४६६.९७
विजयश्वरी (६-७)१,८६५३.६४५१२.३६
विजयश्वरी (२,९)२,०४४८.५३२३९.६२
विजयश्वरी (१,८)१,६८३७.६९२१८.८६
कोटजहारी (९) र पुर्तिमकाँडा (४-५)२,१४७१३.२६१६१.९२
कोटजहारी (२-४)१,४८०४.८१३०७.७०
कोटजहारी (५-७) र पुर्तिमकाँडा (९)१,९९५८.०१२४९.०६
कोटजहारी (१,८)१,५६१५.७५२७१.४८
१०खोलागाउँ (१-२,९)१,७९८१०.४८१७१.५६
११खोलागाउँ (३–५)२,०८९७.०९२९४.६४
१२खोलागाउँ (६–८)२,००४९.२५२१६.६५
१३नुवाकोट (५–८)२,६३८७.५३३५०.३३
१४नुवाकोट (१-२,४,९)२,८९९१२.४२२३३.४१
जम्मा२८,९५६१०७.३८२६९.६६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  7. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ असोज १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन