च्यासल
च्यासल (नेपाल भाषा च्यासः) नेपालको ललितपुर जिल्लाको एउटा प्राचीन सहर हो। ललितपुरलाई नेपाल भाषा यल भनेर पनि चिनिन्छ। यस डबूमा ८०० किरातीहरूलाई लिच्छवीहरूले मारेको बताइएको छ। हालसम्म पनि किराँतीहरु वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरु, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्बन्ध थियो भन्ने प्रष्ट हुन्छ ।[१]
यलम्बर एक किरात राजा थिए। किरातीहरू नेपालमा मुख्यतया ये (काठमाण्डु उपत्यका) र आसपासको ख्वपा (भक्तपुर) र यल (ललितपुर) बसोबास गर्थे। ।
च्यासल रङ्गशाला, नेकपा एमाले पार्टी कार्यलय च्यासलमा नै छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो प्राचीन सहर, यल वा पाटन सहरको उत्तरी चौकी थियो, यो किरात र लिच्छवीहरूका लागि अन्तिम युद्धभूमि थियो। लगभग २५० ईस्वी, लिच्छवीहरूले यस चौकीमा आक्रमण गरे र चौकीमा पहरा दिइरहेका ८०० किराताहरूलाई मारे। नेवारी भाषामा ८०० को अर्थ च्यासा र सहरको नाम च्यासा राखिएको थियो। पछि यसलाई च्यासल भनेर उच्चारण गरियो।
मुख्य आकर्षण
[सम्पादन गर्नुहोस्]यस सहरको आकर्षण ऐतिहासिक ढुङ्गेधारा, देवी-देवताका मूर्तिहरू, गणेश मन्दिर, पोखरीहरू आदि हुन्। त्यहाँ तीन-अनुहार गणेश मूर्ति (स्वपख्वा गणेश) भएका दुईवटा मन्दिरहरू मात्र छन्। एउटा च्यासल टोलमा र अर्को पुल्चोकमा छ ।[१]
च्यासलको मुख्य बासिन्दा ब्यान्जनकर, अवाले, शाक्य, महारजन, खडगी र श्रेष्ठ नेवार समुदायका हुन्।
ज्यापु समाज संग्रहालयः
धर्म
[सम्पादन गर्नुहोस्]हिन्दू धर्म र बौद्ध धर्म।
-
च्यासल हिटी
-
Bhagwati Temple
-
Shree Saptapur Mahabihar
-
Narayan Hiti Kwelacchi
-
Saraswati Hiti
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "संक्षिप्त परिचय", ललितपुर महानगरपालिका, २०२५/०४/२८।