च्यासल रङ्गशाला
![]() | |
| पूर्व नाम | च्यासल एन्फा टेक्निकल फुटबल सेन्टर |
|---|---|
| स्थान | ललितपुर, नेपाल |
| निर्देशाङ्क | २७°४०′४०″N ८५°२०′०३″E / 27.6778°N 85.3342°E |
| मालिक | नेपाल सरकार |
| परिचालक | नेपाल राष्ट्रिय खेलकुद परिषद् |
| दर्शक क्षमता | १०,००० |
| सतह | घाँस |
| निर्माण | |
| निर्माण | २००२[१][२] |
| मर्मत सम्भार | २०१७–२०२१[३] |
| भाडावाल | |
| च्यासल युथ क्लब[४] ललितपुर सिटी थ्री स्टार क्लब चर्च बोइज युनाइटेड सातदोबाटो युथ क्लब | |
च्यासल रङ्गशाला (पहिले च्यासल एन्फा प्राविधिक फुटबल केन्द्रको रूपमा चिनिन्थ्यो) नेपालको बागमती प्रदेशको ललितपुर सहरको च्यासलमा रहेको बहुउद्देश्यीय रङ्गशाला हो। यो मुख्यतया फुटबल खेल खेलाउनको लागि प्रयोग हुन्रछ जहाँ यसमा घाँसे मैदान छ।[५]
इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं २०५९ मा फिफाको दक्षिण एसियामा फुटबल विकास परियोजनाको सहयोगमा रङ्गशाला निर्माण गरिएको थियो।[६] २०७४ मा, राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण मैदानलाई कार्यात्मक फुटबल रङ्गशालामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो भने २०७९ मा निर्माण कार्य सम्पन्न गरिएको थियो।[४]
यस रङ्गशालाले सहिद स्मारक ए-डिभिजन लिग २०७८ का नियमित खेलहरू आयोजना गर्ने अपेक्षा गरिएको थियो, तर २०७९ को संस्करणमा जीर्णोद्धार पछि यसको पहिलो लिग खेल मात्र भएको थियो।[७] २०७२ सालमा भूकम्प गएपश्चात् दशरथ रङ्गशला क्षतिग्रस्त भएसँगै च्यासल मैदानलाई रङ्गशालाको विकल्पको रूपमा निर्माण गर्न पहल सुरु गरिएको थियो। २०८१ असोजमा अविरल वर्षासँगै आएको बाढीमा परी रङ्गशाला क्षतिग्रस्त हुन पुगेको थियो।[८] पुन:निर्तमाण पछी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ फागुन २०७९ मा रङ्गशालाको उद्घाटन गरेका थिए।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Chyasal Football Stadium inundated by floods", Neplays, अन्तिम पहुँच १ जनवरी २०२२।
- ↑ "Blatter's corroded legacy on South Asian soccer fields", U.S., Reuters, अन्तिम पहुँच १ जनवरी २०२२।
- ↑ "NSC to upgrade Chyasal grounds", The Kathmandu Post, अन्तिम पहुँच १ जनवरी २०२२।
- ↑ ४.० ४.१ "Chyasal Stadium Is Almost Ready to Play", Goal Nepal, अन्तिम पहुँच १ जनवरी २०२२।
- ↑ "CHYASAL ANFA TECHNICAL FOOTBALL CENTER", सकरवे, अन्तिम पहुँच १ जनवरी २०२२। वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०२२ मिति
- ↑ "Blatter's corroded legacy on South Asian soccer fields", U.S., Reuters, अन्तिम पहुँच १ जनवरी २०२२।
- ↑ "Ticket price fixed, matches to be played on weekends", The All Nepal Football Association, १२ नोभेम्बर २०२१, अन्तिम पहुँच १३ नोभेम्बर २०२१।
- ↑ "बाढीले तहसनहस पारेको च्यासल रङ्गशाला (तस्बिरहरु)" (नेपालीमा), सिधाकुरा, अन्तिम पहुँच १३ वैशाख २०८२।
- ↑ "यस्तो बन्यो च्यासल रङ्गशाला (तस्वीरहरू)" (नेपालीमा), सिधाकुरा, अन्तिम पहुँच १३ वैशाख २०८२।
