सामग्रीमा जानुहोस्

छक्का पन्जा ५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छक्का पन्जा ५
निर्देशकदीपाश्री निरौला
लेखकदीपकराज गिरी
निर्माताकेशव न्यौपाने
दिपेन्द्र खनिया
मुख्य कलाकारदीपकराज गिरी
केदार घिमिरे
दीपाश्री निरौला
वर्षा शिवाकोटी
राजाराम पौडेल
प्रकाश घिमिरे
छायाङ्कनउत्तम हुमागाईँ
सम्पादनविपिन मल्ल
सङ्गीतशम्भुजित बासकोटा
दीपक शर्मा
बाबुल गिरी
वितरक
कम्पनीहरू
आमा सरस्वती मुभिज
आइएमई
प्रदर्शन मिति
  • १० अक्टोबर २०२४ (2024-10-10)
अवधि
१६५ मिनेट
देशनेपाल
भाषानेपाली
लागतअनुमानरू३ करोड (युएस$२६०,०००)
बक्स अफिसअनुमानरू१५.२० करोड (युएस$१.३ मिलियन)[]

छक्का पन्जा ५ वि.सं २०८१ को एक नेपाली हास्य चलचित्र हो, जसको पटकथा दीपकराज गिरीले लेखेका हुन् र निर्देशन दीपाश्री निरौलाले गरेकी हुन्। आमा सरस्वती मुभिज र आइएमई प्रेजेन्टको ब्यानरमा केशव न्यौपाने र दिपेन्द्र खनियाद्वारा निर्मित यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा शिवाकोटी, राजाराम पौडेल र प्रकाश घिमिरेको मुख्य अभिनय रहेको छ।[]

यो चलचित्र दसैँ पर्वको अवसर पारेर २०८१ असोज २४ मा प्रदर्शन गरिएको थियो।[]

कथावस्तु

[सम्पादन]

यस चलचित्रको कथा पृथ्वी नामक एक इमानदार र देशप्रेमी सरकारी कर्मचारीको वरिपरि घुम्छ, जो आफूलाई राजा पृथ्वीनारायण शाहको वंशज ठान्छन्। राष्ट्रको सेवा गर्नुपर्छ भन्ने बुबाको शिक्षाबाट प्रेरित भएर पृथ्वी समाजको भलाइका लागि काम गर्न र भ्रष्टाचार कम गर्न प्रयासरत रहन्छन्। तर, उनको इमानदारीले उनलाई फाइदाभन्दा बढी समस्या निम्त्याउँछ, किनकि उनलाई परिवार र समाजबाट भ्रष्ट कर्मचारीहरूको बाटो पक्रन दबाब दिइन्छ।

लमीको प्रलोभन र प्रयासमा परेर रोशनीको विवाह पृथ्वीसँग हुन्छ। रोशनी विदेशमा जीवन बिताउने सपना बोकेर बसेकी हुन्छिन्, जुन पृथ्वीको दृढ देशप्रेमको विचारधारासँग ठ्याक्कै मेल खाँदैन; किनकि पृथ्वी नेपाल छोड्न चाहँदैनन्। इमानदार अधिकृतले सामाजिक घृणाको सामना गर्नुपर्ने यसै परिदृश्यमार्फत चलचित्रले नेपाली समाजमा भ्रष्टाचारको व्याप्त सामान्यीकरणमाथि व्यङ्ग्यात्मक आलोचना प्रस्तुत गरेको छ।[]

कलाकारहरू

[सम्पादन]

संगीत

[सम्पादन]

"बिहे भाको छैन" २०८१ साउन २८ मा सार्वजनिक गरिएको थियो।[] त्यस्तै, "ब्रेकअप सङ" २०८१ असोज २ मा सार्वजनिक गरिएको थियो।[]

क्र.सं.शीर्षकसङ्गीतगायक/गायिका(हरू)लम्बाइ
१."बिहे भाको छैन"दीपक शर्मासविन सुवेदी, बेनिषा पौडेल५:०१
२."ब्रेकअप सङ"बाबुल गिरीबाबुल गिरी, दीपाश्री निरौला५:३५
कुल लम्बाइ:१०:३६

बक्स अफिस

[सम्पादन]

चलचित्र विकास बोर्डको आधिकारिक रिपोर्ट अनुसार यस चलचित्रले नेपालको बक्स अफिसमा १५ करोड २० लाख रुपैयाँ कुल कमाइ गरेको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "FDB honours 25 highest-grossing films", गोरखापत्र, अन्तिम पहुँच २०२५-१०-०४
  2. पोखरेल, संस्कृति (२०२४-१०-१६), "Is 'Chakka Panja 5' worth watching?", द काठमाडौं पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१०-२१
  3. "'छक्का पन्जा ५' मा प्रेम,राजनीति र कमेडी", कान्तिपुर (नेपालीमा), २०२४-१०-०६, अन्तिम पहुँच २०२४-१०-२१
  4. "Is ‘Chhakka Panja 5’ worth watching?", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-१०-०४
  5. "यस्तो छ 'छक्का पन्जा ५'को पहिलो गीत 'बिहे भाको छैन'", रातोपाटी (नेपालीमा), २०२४-०८-१२, अन्तिम पहुँच २०२४-१०-२१
  6. "'छक्कापञ्जा ५' ले ल्यायो 'ब्रेकअप सङ'", अनलाइन खबर (नेपालीमा), २०२४-०९-१८, अन्तिम पहुँच २०२४-१०-२१
  7. "FDB honours 25 highest-grossing films", गोरखापत्र, अन्तिम पहुँच २०२५-१०-०४

बाह्य कडीहरू

[सम्पादन]