सामग्रीमा जानुहोस्

छत्रदेव गाउँपालिका

निर्देशाङ्कहरू: २७°५८′N ८३°०४′E / 27.97°N 83.06°E / 27.97; 83.06
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
छत्रदेव गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा छत्रदेव गाउँपालिकाको अवस्थिति
छत्रदेव गाउँपालिका मा पर्दछ नेपाल
छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / 27.97°N 83.06°E / 27.97; 83.06
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षचन्द्रमान श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमनी पन्थी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८७.६२ किमी (३३.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,६११
 • घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविक छत्रगञ्ज गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छत्रदेव गाउँपालिका अर्घाखाँची जिल्लाका ३ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छत्रगञ्ज, भगवती, बलकोट, केरुङ्गा, ठुलापोखरा, अर्घातोष (२-५), मरेङ (७-९) र चिदीका (१-८) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छत्रदेव गाउँपालिकाको कुल जनसङ्ख्या २१,६११ रहेको छ भने यहाँ ६,२२८ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

यसको क्षेत्रफल ८७.६२ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको छत्रगञ्ज गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा गुल्मी जिल्ला, पश्चिममा सन्धिखर्क, उत्तरमा मालारानी गाउँपालिकागुल्मी जिल्ला तथा दक्षिणमा पाणिनी गाउँपालिकासम्म फैलिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]