छत्रपाटी निःशुल्क चिकित्सालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौंमा रहेको छत्रपाटी चोकमा छ। २००७ सालमा खुकुरी दलले टोलटोलमा आतंक मच्चाउँदा सुरक्षार्थ गठित स्थानीय शान्ति सुरक्षा संघले १० रूपैयाँ कुल पुँजीबाट २०१३ साल माघ २३ गते श्रीपञ्चमीका दिन छत्रपाटी निःशुल्क चिकित्सालयको स्थापना गरिएको हो।

तत्कालीन सञ्चार, यातायात तथा नहर मन्त्री गणेशमान सिंहबाट २०१६ साल जेठ १८मा मूल भवन शिलान्यास गरिएको हो। उक्त भवनको सिंहबाटै २०४८ साल माघ २५मा उदघाटन भएको हो।


यस चिकित्सालयमा आजभोली २४ घण्टा ( 24 hours) सेवा प्रदान गरिन्छ।