साहित्यकार रमेश खकुरेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रमेश खकुरेल (१९९९) एक कुशल एवं सिद्धहस्त छन्दवादी कवि हुन् । सुरूका दिनहरूमा उनले गद्यमा पनि कविता लेख्ने गरेकाे पाइन्छ भने हिजाेअाज उनी छन्दाेबद्ध कविता लेखनमा नै अाफ्नाे समय लगाइरहेका छन् ।

कवि प्रतिभा[सम्पादन गर्ने]

उनी छन्दलार्इ नचाउन सक्छन् । उनले लगभग ४० वटाजति छन्दमा कविता लेखेका छन् । तिनमध्ये अनुष्टुभ् छन्दमा सबैभन्दा बढी कविता लेखिएकाे उनी बताउँछन् । उनी भन्छन् "म अनुष्टुभ् छन्दमा कुराकानी गर्न सक्छु भन्ने लाग्छ" (मधुपर्क २०६८, चैत्र) ।
उनकाे पिहलाे कविता वि.सं. २००६ मा लेखिएकाे कुरा उनैले बताएका छन् । "खकुरेलले ७ षर्षकै उमेरमा कविता लेखी एक श्लाेककाे त्यस बेलाकाे चारसय नगद पुरस्का प्रधानमन्त्री माेहनशमशेरबाट प्राप्त पाएका थिए" (भट्टरार्इ ः २०५६) । [१][२]


प्रकाशित कृतिहरू[सम्पादन गर्ने]

  1. संक्षिप्त भौतिकी (कवितासङ्ग्रह)
  2. घर भाडामा खाली छ (कवितासङ्ग्रह)
  3. गर्धव राग (कवितासङ्ग्रह)
  4. सरिता नानी (महाकाव्य)
  5. बहिनीलाई सन्देश (खण्डकाव्य)
  6. सावधान जहाज डुब्दैछ (लामो कविता)
  7. विदाइ (खण्डकाव्यं)
  8. खासा-ल्हासा र अडगड यात्रा (यात्राकाव्य)
  9. आनन्द प्रज्ञा (अनुवाद),
  10. स्रग्धारा (महाकाव्य)
  11. अघाेरी (महाकाव्य)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सन्दर्भ[सम्पादन गर्ने]

[१]

[२]

  1. भट्टराई,घटराज (२०५६), नेपाली साहित्यकार कोश, काठनाडौं : देवकोटा प्रकाशन
  2. छन्दमा लेख्न रहर भएर मात्र हुदैन, गाेरखापत्र, २०६८ चैत्र