सामग्रीमा जानुहोस्

छल गरेर बलात्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यौन ठगी विरुद्ध आँखा खोल्न मानिसहरूलाई आग्रह गर्ने रूसी पोस्टर।

छल गरेर बलात्कार वा यौन धोखाधडीद्वारा बलात्कार त्यस्तो अवस्था हो जहाँ पीडकले झुठ्ठा आश्वासन दिएर वा गलत/भ्रामक कार्य गरेर यौन सम्पर्क वा अन्य यौन क्रियाकलापहरूमा संलग्न हुन पीडितको सहमति प्राप्त गर्दछ। यसको उदाहरणको रूपमा पौराणिक शास्त्रको एउटा कथालाई लिन सकिन्छ जहाँ स्वर्गका राजा देवराज इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्यालाई छल गरेर बलात्कार गरेका थिए।[] यस्ता परिस्थितिहरूको न्यायिक उपचार देश र मुद्दाको प्रकृति अनुसार फरक फरक हुन्छ।

उल्लेखनीय घटनाहरू

[सम्पादन गर्नुहोस्]

संयुक्त अधिराज्य

[सम्पादन गर्नुहोस्]

यौनसम्पर्क वा यौन क्रियाकलापका लागि मञ्जुरी दिनेबारे इङ्ल्यान्डको कानूनमा एउटा विशेष नियम छ। यदि कुनै शर्तमा यौनसम्पर्कका लागि मञ्जुरी दिइएको तर ती शर्तहरू पालना नगरेको खण्डमा कानूनी व्याख्यामा त्यसलाई वास्तविक मञ्जुरी नमानिने प्रावधान रहेको छ। सन् १९९४ अक्टोबर २१ मा निर्णय भएको ग्यारेथ लिनेकर विरूद्ध रेजिनाको मुद्दामा लिनेकरले बलात्कार गरेको नभएर धोखाधडी गरेको फैसला भएको थियो। लिनेकरले यौनसम्पर्क गरेवापत २५ पाउन्ड दिने शर्त राखेका तर यौनसम्पर्क गरिसकेपछि उसले ती महिलालाई कुनै रकम नदिई फरार भएका थिए। त्यसैले अदालतले यसलाई बलात्कारको मुद्दा नभएर धोखाधडीको मुद्दा भनी व्याख्या गरेको थियो। बेलायतको यौन अपराध ऐन, सन् २००३ मा सहमतिको कानूनलाई प्रदर्शन गर्ने मुद्दाहरूमा जुलियन असान्ज विरूद्ध स्विडिस अभियोजन प्राधिकरणको मुद्दा पर्दछ।[Notes १] उक्त मुद्दामा आरोपित व्यक्तिले ढालको प्रयोग नगरी यौनसम्पर्क गरेको तर महिलाले ढालको प्रयोग गरेर मात्र यौनसम्पर्क गर्ने शर्त राखेकोले त्यसलाई बलात्कार मानिएको थियो। [] यस सम्बन्धमा उत्पन्न भएका तीन उल्लेखनीय घटनाहरू यस प्रकार छन्:

  • सन् २०११ को बेलायतको गुप्त प्रहरी सम्बन्ध काण्ड, जसमा प्रहरी अधिकारीहरूले आफ्नो कर्तव्यको हिस्साको रूपमा आफ्नो पहिचानबारे धोखा दिएर यौन सम्बन्ध कायम गरेका थिए। क्राउन प्रोसिक्युटरहरूले कानुनी रूपमा, यी कार्यहरू बलात्कारको रूपमा गणना नहुने आधारमा मुद्दा चलाउन अस्वीकार गरे किनभने कार्यको लागि सहमति सूचित थियो र पहिचानबारे धोखाको आधारमा बलात्कारको आधार अत्यन्त सीमित थियो।[][]
  • नोभेम्बर २०१५ मा, बेलायती न्यायाधीश रोजर डटनले २५ वर्षीया महिला गेल न्युल्यान्डलाई पुरुष भएको नाटक गरेर समान उमेरकी एक अज्ञात महिलासँग यौन सम्बन्ध राखेकोमा आठ वर्षको जेल सजाय सुनाएका थिए। न्युल्यान्डले आफ्नो महिला पीडितलाई पुरुष भएको विश्वास दिलाउन धोखाधडी गरिन् र १० भन्दा बढी अवसरमा डिल्डो प्रयोग गरेर यौन सम्बन्ध राखेकी थिइन्। [][]

न्युल्यान्डलाई अक्टोबर २०१६ मा न्यायाधीश डटनले पक्षपातपूर्ण निष्कर्ष दिएको आधारमा नयाँ सुनुवाइको अनुमति दिइयो।[] उनलाई पुनः दोषी ठहराइयो[] र २० जुलाई २०१७ मा साढे छ वर्षको जेल सजाय सुनाइएको थियो।[]

  • सेप्टेम्बर २०१९ मा धारावाहीक बलात्कारी जेसन लरेन्सले आफ्नो एक दोषसिद्धिको विरुद्ध पुनरावेदन गरेका थिए जसमा उनले पीडितलाई यौन सम्बन्ध राख्नुअघि भ्यासेक्टोमी गरेको बताएको भएतापनि पछि यो झुठो रहेको स्वीकार गरेका थिए। यस किसिमको धोखाद्वारा बलात्कारको दोषसिद्धि भएको बेलायतमा यही नै पहिलो पटक भएको रिपोर्ट गरिएको थियो।[१०] जुलाई २०२० मा, इङ्ल्यान्ड र वेल्सको पुनरावेदन अदालतले प्रजनन् क्षमताबारे ढाँटेर यौनसम्बन्धको सहमति प्राप्त गर्नु अमान्य नहुने निर्णय गरी लरेन्सको दोषसिद्धि रद्द गरेको थियो।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. https://nayapatrikadaily.com/news-details/52006/2020-09-28
  2. Hayne, Vincent (अक्टोबर २, १९९६), "R v Assange, Supreme Court of Victoria, Court of Appeal", victorianreports.com.au, Victorian Reports, अन्तिम पहुँच मे १०, २०१८ 
  3. ३.० ३.१ "Charging decision concerning MPS Special Demonstration Squad", blog.cps.gov.uk, The Crown Prosecution Service, अगस्ट २१, २०१४, मूलबाट मार्च ११, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १०, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च ११, २०१७ मिति
  4. https://web.archive.org/web/20180328124223/http://www.rjerrard.co.uk/law/cases/linekar.htm - legal analysis of when deceit can cause a case to be chargeable as rape, in English law
  5. "Woman who posed as man jailed for sex assaults", BBC News, अन्तिम पहुँच १२ जुलाई २०१६ 
  6. "Woman who posed as man guilty of sexual assault", BBC News, अन्तिम पहुँच १२ जुलाई २०१६ 
  7. "'I was pretending to be a boy for a variety of reasons': the strange case of Gayle Newland", The Guardian, १५ जुलाई २०१७। 
  8. "Gayle Newland found guilty at retrial of tricking female friend into sex", The Guardian, २९ जुन २०१७। 
  9. "Prosthetic penis sex attacker Gayle Newland jailed", BBC News, २० जुलाई २०१७। 
  10. Lowbridge, Caroline (२०१९-०९-१९), "Jason Lawrance appeals against vasectomy lie rape convictions", BBC News Online (BBC), अन्तिम पहुँच २०२०-०७-२६ 
  11. Lowbridge, Caroline (२०२०-०७-२३), "Jason Lawrance appeal: Lying about fertility is not rape, say judges", BBC News Online (BBC), अन्तिम पहुँच २०२०-०७-२६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "Notes", but no corresponding <references group="Notes"/> tag was found