छाम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


स्थान परिचय[सम्पादन गर्ने]

छाम दैलेख जिल्लाको पिपलकोट गा.वि.स.को वार्ड नंवर १ अन्तर्गत पर्ने एउटा गाउँ हो।

भुगोल[सम्पादन गर्ने]

यो गाउँ गा.वि.स.को तेस्रो सबै भन्दा सानो गाउँ हो।यसको सिमाना पूर्वमा किटु पश्चिममा खिडकी जिउला दक्षिणमा चिउरी तथा जामनेपानी र उत्तरमा कर्णाली नदीसँग जोडिएको छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

यहाँको जनसङ्ख्या २०७ रहेको छ भने यहाँ ४३ वटा घरधुरीहरु रहेका छन्। [१]

  • यहाँ बजारको जनसङ्ख्या र घरधुरी समावेश गरिएको छैन।

संस्कृति[सम्पादन गर्ने]

यो गाउँमा बाहुन र दलित जातीको बसोवास रहेको छ। यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो। यहाँको मुख्य पेसा कृषि भएता पनि रोड र कर्णाली नदी नजिक भएकाले यहाँका मान्छेहरुले माछाको व्यावसाय र व्यापार व्यावसाय अपनाएका छन्।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँ कर्णाली राजमार्ग अन्तर्गत पर्ने भएकाले यहाँ बजार व्यवस्थापन भएको छ।यहाँका टोलहरु निम्न प्रकार रहेका छन्।:-

  • वल्लो छाम
  • पल्लो छाम
  • माला चौर
  • खुरा
  • तडी
  • सिमल गैरा

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Village profile 2010