सामग्रीमा जानुहोस्

छायाँनाथ राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छायाँनाथ राष्ट्रिय निकुञ्ज
Map showing the location of छायाँनाथ राष्ट्रिय निकुञ्ज
Map showing the location of छायाँनाथ राष्ट्रिय निकुञ्ज
Map showing the location of छायाँनाथ राष्ट्रिय निकुञ्ज
Map showing the location of छायाँनाथ राष्ट्रिय निकुञ्ज
स्थाननेपाल
नजिकैको सहरमुगुम कर्मारोङ, मुगु जिल्ला, नेपाल
निर्देशाङ्क२९°४१′N ८२°४२′E / 29.68°N 82.70°E / 29.68; 82.70
क्षेत्रफल८४३ किमी (३२५ वर्ग माइल)
स्थापित२०८२ भदौ १३ []
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

छायाँनाथ राष्ट्रिय निकुञ्ज मुगु जिल्लाको मुगुम कर्मारोङ गाउँपालिकामा स्थापित नेपालको १३औँ राष्ट्रिय निकुञ्ज हो। २०८२ भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिँदै सो निर्णय गरेको थियो। से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेटिएको मुगु जिल्लाको, मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्रको भूभागलाई छुट्टाएर अलग्गै राष्ट्रिय निकुञ्ज बनाइएको हो। यसको क्षेत्रफल ‘कोर एरिया’(निकुञ्ज क्षेत्र)मा ८४३ वर्गकिलोमिटर र मध्यवर्ती क्षेत्रमा १७७ वर्गकिलोमिटर कायम भएको छ।[] छायाँनाथ क्षेत्रमा हिउँ चितुवा, तिब्बती खरायो, नाउर, नीलो भेडा, कस्तुरी, मृग, जङ्गली याक, ब्बासो, तिब्बती गधा, चिरुजस्ता वन्यजन्तु र डाँफे, मुनाल, कालिजजस्ता दुर्लभ पन्छी पाइन्छन्।

निकुञ्ज कार्मारोङ गाउँपालिका–१ मा पर्छ। यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]