छेडेदह गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छेडेदह
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाबाजुरा
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षकुन्तीदेवी साउद बुढा [१] (नेपाली कांग्रेस)
 • उपाध्यक्षसीता रोकाया थापा (नेपाली कांग्रेस)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१३५.०८ किमी (५२.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५७५
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको डोगडी गाविसको कार्यालय
वेबसाइटchhededahamun.gov.np

छेडेदह गाउँपालिका बाजुरा जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि बाजुरा जिल्लामा पर्ने साविकका कांडा, जयवागेश्वरी, डोगडी, गुदुखातीआटिचौर गाउँ विकास समितिहरूलाई जोडेर छेडेदह गाउँपालिका बनाइएको हो ।[५][६] छेडेदह गाउँपालिकाको कूल क्षेत्रफल १३५.०८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,५७५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बडिमालिका नगरपालिका , पश्चिममा बझाङ जिल्ला, उत्तरमा गौमुल गाउँपालिका तथा दक्षिणमा बुढीनन्दा नगरपालिकाअछाम जिल्ला सँग जोडिएको छ ।[७] सुरुमा यस गाउँपालिकालाई छेडेदह गाउँपालिका भनेर नामाकरण गरिए पनि पछि आएर यस गाउँपालिका को नाम परिवर्तन गरेर खप्तड छेडेदह गाउँपालिका राखिएको छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Chededah "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]