जँ पल सार्त्र
जँ-पल सार्त्र | |
|---|---|
सन् १९६५ मा सार्त्र | |
| जन्म | जँ-पल चार्ल्स एमार्द सार्त्र २१ जुन १९०५ पेरिस, फ्रान्स |
| मृत्यु | १५ अप्रिल १९८० (उमेर ७४) पेरिस, फ्रान्स |
| शिक्षा | कला स्नातक, कला स्नातकोत्तर |
| समकक्षी | सिमोन द बोभवार (सन् १९२९–१९८०) |
| पुरस्कार | नोबेल साहित्य पुरस्कार (सन् १९६४, अस्वीकार गरिएको) |
| काल | २०औँ शताब्दीको दर्शन |
| क्षेत्र | पाश्चात्य दर्शन |
| विद्यालय | महादेशीय दर्शन, अस्तित्ववाद, घटनाविज्ञान, अस्तित्ववादी घटना विज्ञान, शब्दार्थमीमांसा, पश्चिमी मार्क्सवाद, अराजकतावाद |
मुख्य रूचिहरू | तत्त्वज्ञान, प्रमाणशास्त्र, नीतिशास्त्र, चेतना, आत्म-चेतना, साहित्य, राजनीतिक दर्शन, तत्त्वविद्या |
उल्लेखनीय विचारहरू | खराब आस्था (अस्तित्ववाद), "अस्तित्व सारभन्दा अघि हुन्छ", शुन्यता, पूर्व-प्रतिबिम्बित आत्म-चेतना,[१][२] कल्पनाको मनोविज्ञान, आत्म-स्वरूप, नव-उपनिवेशवाद |
| हस्ताक्षर | |

जँ-पल चार्ल्स एमार्द सार्त्र (फ्रान्सेली: Jean-Paul Charles Aymard Sartre, फ्रान्सेली उच्चारण: [ʒɑ̃pɔl saʁtʁ][३], २१ जुन १९०५ – १५ अप्रिल १९८०) २०औँ शताब्दीको फ्रान्सेली दर्शन र मार्क्सवादका प्रमुख व्यक्तित्वको रूपमा परिचित एक फ्रान्सेली दार्शनिक, नाटककार, उपन्यासकार, पटकथा लेखक, राजनीतिक कार्यकर्ता, जीवनी लेखक तथा साहित्यिक समालोचक थिए। सार्त्र अस्तित्ववाद र घटनाविज्ञान दर्शनका एक प्रमुख व्यक्तित्व थिए जसको कार्यले समाजशास्त्र, आलोचनात्मक सिद्धान्त, उत्तर उपनिवेशवाद सिद्धान्त र साहित्यिक अध्ययनमा गहिरो प्रभाव पारेको थियो। उनलाई सन् १९६४ मा उनलाई साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गरिएको भएतापनि आधिकारिक सम्मान तथा पुरस्कारहरूलाई अस्वीकार गर्दै आएका उनले एक लेखकले आफूलाई संस्थामा परिणत हुन दिनु हुँदैन भन्ने धारणाका साथ यस पुरस्कारलाई अस्वीकार गर्ने प्रयास गरेका थिए।
सार्त्र प्रख्यात नारीवादी तथा अस्तित्ववादी दार्शनिक सिमोन द बोभवारसँग खुला सम्बन्धमा थिए। आफ्ना बिचारहरूमा अग्रगामी र महान ठानिएका सांस्कृतिक तथा सामाजिक मान्यता र अपेक्षाहरूलाई उनीहरूले जीवनशैली र विचार दुवैमा एकजुट भएर चुनौती दिएका थिए जोसँग उनीहरू परिचित थिए। सार्त्रले आफ्नो दर्शनको परिचय सन् १९४६ मा प्रकाशित आफ्नो कृति अस्तित्ववाद मानवतावाद हो मा दिएका थिए जसलाई मूल रूपमा व्याख्यानको रूपमा प्रस्तुत गरिएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sartre, J.-P. 2004 [1937]. The Transcendence of the Ego. Trans. Andrew Brown. Routledge, p. 7.
- ↑ Siewert, Charles, "Consciousness and Intentionality" वेब्याक मेसिन अभिलेखिकरण २ डिसेम्बर २०१३ मिति, The Stanford Encyclopedia of Philosophy (Fall 2011 Edition), Edward N. Zalta (ed.).
- ↑ "Prononciation de « Jean-Paul Sartre » en français", forvo.com (फ्रान्सेलीमा), अन्तिम पहुँच २०२४-०२-१८।
- ↑ McCloskey, Deirdre N. (२००६), The Bourgeois Virtues: Ethics for an Age of Commerce, University of Chicago Press, पृ: २९७, आइएसबिएन 978-0-226-55663-5।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जँ पल सार्त्र नोबेल प्राइज डट ओआरजीमा
- द्वारा वा यसको बारेमा जँ पल सार्त्र इन्टरनेट आर्काइभमा
- अमेरिकी र तिनका मिथकहरू"—"द नेसन (अमेरिकी पत्रिका)" मा सार्त्रको निबन्ध (१८ अक्टोबर १९४७ अङ्क)
- पाठहरू दर्शन अभिलेख
- सार्त्रको इन्टरनेट अभिलेख मार्क्ससिस्ट डट ओआरजीमा
- जँ पल सार्त्रका कार्यहरू ओपन लाइब्रेरीमा
- युके सार्त्र समाज[हडपिएको]
- सार्त्रेली अध्ययन समूह, पेरिस
- सम्बन्धमा समाचारपत्रका केही भागहरू जँ पल सार्त्र जर्मन राष्ट्रिय अर्थशास्त्र पुस्तकालयको २०औँ शताब्दी प्रेस अभिलेखहरूमा