सामग्रीमा जानुहोस्

जखेरा ताल

जखेरा ताल
सूर्योदयको समयमा जखेरा तालको दृश्य
रहेको स्थानदाङ जिल्ला
भौगोलिक निर्देशांक२७°५२′३१″ उत्तर ८२°३४′२२″ पूर्व / २७.८७५१७३२° उत्तर ८२.५७२८५०६° पूर्व / 27.8751732; 82.5728506
तालको प्रकारवर्षामा जम्मा हुने पानी
अन्तर्वाहवर्षा र भेल
सिंचित क्षेत्र नेपाल
सतहको क्षेत्रफल७.५ बिगहा[१]
जम्नेजम्दैन
टापूहरू२ वटा

जखेरा ताल प्रदेश नं. ५ को दाङ जिल्लाको लमही नगरपालिका अन्तर्गत पर्ने एउटा ताल र रमणीय स्थल हो। देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित यो ताल कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यको रूपमा रहेको छ।[२] यो ताल दाङ जिल्लाको एक प्रमुख पर्यटकीय स्थल हो।[३] यस ताल भित्र र बाहिर गरी जम्मा चार वटा मन्दिर निर्माण गरिएको छ। यहाँ घुम्न आउने पर्यटकमाझ वनभोज क्षेत्रको[४]लागि लोकप्रिय रहेको यस ताल क्षेत्रमा माघी (माघे सङ्क्रान्ति) र शिवरात्रीमा भब्य मेला समेत लाग्ने गर्दछ।[५] प्रायः वर्षैभरी नै चहलपहल रहने यस ठाउँमा दशैं र तिहार सकेपछिको २-३ महिनासम्म विशेष भिडभाड हुने गर्दछ। थारू समुदायको बाहुल्यता रहेकोले यस क्षेत्रमा माघी पर्वमा मेला लाग्ने गरेको छ। साथै शिवरात्रीमा यहाँ भजनकृतन पुजापाठ र मेला लाग्ने गरेको छ।[६]

नामाकरण र इतिहास

[सम्पादन]

स्थानीय थारू समुदायमा बोलिने प्रमुख भाषा थारू हो। जहाँ आकाशबाट परेको पानी जम्मा हुने गर्दछ तेसैलाई नै थारू भाषामा जखेरा भन्ने गरिन्छ। [७]

आजभन्दा लगभग ६०-६५ वर्ष अघि सोनपुर गाविसका प्रायः जमिनहरू सुख्खा थिए र पछि वर्षाको पानी सङ्कलन गरी सिंचाइ गर्नका लागि दिबु चौधरीले यसको बाँध निर्माण सुरु गरे। यस कार्यमा स्थानीय सोनपुर गविसका गाउँहरू टिकुलीगढ, फल्कापुर र श्रिगाउँ का वासिन्दाले पनि साथ दिए।

भौगोलिक अवस्थिती

[सम्पादन]

जखेरा ताल देउखुरी उपत्यकाको मध्य उत्तरी भागमा चुरे पहाडको फेदीमा अवस्थित छ। यस तालको उत्तर र पश्चिममा जंगलले घेरिएको छ। यो ताल महेन्द्र राजमार्ग देखि १.४ कि.मि को दुरिमा उत्तर तर्फ अवस्थित छ र लमही बजार देखि ५ कि मि पूर्व पर्छ। [७]

यि पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "पर्यटक पर्खिदै जखेरा ताल", सेतोपाटी (नेपालीमा), मूलबाट २०१९-१२-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-१४।
  2. ↑ "डुङ्गा चढेर तालको फन्को लगाउँदा", देशसञ्चार (नेपालीमा), २०१९-०३-०१, अन्तिम पहुँच २०२०-०३-१४।
  3. ↑ "पर्यटकीय स्थल जखेरा ताल", लमही नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-१४।[स्थायी मृत कडी]
  4. ↑ "‘मिनी फेवाताल’को रूपमा विकसित दाङको जखेरा ताल", उज्यालो अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-१४।
  5. ↑ "दाङको जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै - दाङ खबर", दाङ खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०३-१४।[स्थायी मृत कडी]
  6. ↑ "जखेरा ताल पुगेपछि डुङामा सरर.. – केबी मसाल", राप्तीसमाचार (नेपालीमा), मूलबाट २०२०-०१-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-१४।
  7. 1 2 "पर्यटकीय स्थलको ठूलो सम्भावना जखेरा ताल", नयाँ युगबोध दैनिक, २०१४, अन्तिम पहुँच ८ माघ २०७३।[स्थायी मृत कडी]

निष्कर्ष

[सम्पादन]