सामग्रीमा जानुहोस्

जगदीश खरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगदीश खरेल
जगदीश खरेल
जगदीश खरेल, सन् २०२५ मा
नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री
पद बहाली
२२ सेप्टेम्बर २०२५
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीसुशीला कार्की
उपराष्ट्रपतिराम सहाय यादव
पूर्वाधिकारीपृथ्वीसुब्बा गुरुङ
व्यक्तिगत विवरण
जन्म (1983-08-06) ६ अगस्ट १९८३ (उमेर ४२)
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी[]
जीवनसाथीसुप्रभा केसी
शिक्षा

Deprecated parameter honorific-suffixDeprecated parameter primeministerDeprecated parameter vicepresident

जगदीश खरेल नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री हुन् । उनि पूर्व पत्रकार समेत हुन् । इमेज टेलिभिजनका निवर्तमान प्रधानसम्पादक समेत रहेका उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नेपालको अन्तरीम मन्त्रीपरिषद्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा २२ सेप्टेम्बर २०२५ नियुक्त भएका थिए। [] जेन-जी आन्दोलनको जगमा बनेको नागरिक सरकारबाट बाहिरीएपछि उनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्दै २०८२ फागुन २१ गते सम्पन्न ऐतिहासिक संघिय संसद अर्थात प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर २ बाट निर्वाचित भए ।

लामो समय इमेज टेलिभिजनमा बिताएका खरेल लोकप्रिय पत्रकारहरूको श्रेणीमा गनिन्छन् ।[]

पेशा र शिक्षा

[सम्पादन गर्नुहोस्]

खरेलले आफ्नो पत्रकारिता पेशा सन् २००५ मा राजनीतिक पत्रकारका रूपमा सुरु गरेका थिए। उनले इमेज टिभी च्यानलमा प्रसारित हुने लोकप्रिय टक सो हट सिट को आयोजकको रूपमा ख्याति प्राप्त गरेका थिए जसले नेपालका राजनीतिक र सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने गर्दछ। यो कार्यक्रम राजनीतिक नेताहरू र विश्लेषकहरूसँग हुने गहन अन्तर्वार्ताको लागि चिनिएको छ। खरेलले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधि गरिरहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. {{https://www.setopati.com/politics/380235 }}
  2. सञ्चार, देश (२०२५-०९-२१), "पत्रकार जगदीश खरेल मन्त्री बन्ने", देशसञ्चार, अन्तिम पहुँच २०२५-०९-२१
  3. सञ्चार, देश (२०२५-०९-२१), "पत्रकार जगदीश खरेल मन्त्री बन्ने", देशसञ्चार, अन्तिम पहुँच २०२५-०९-२१
  4. "पत्रकार खरेल बने सञ्चारमन्त्री", रातोपाटी डटकम (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-२६