जगदीश खरेल
जगदीश खरेल | |
|---|---|
जगदीश खरेल | |
| नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री | |
| पद बहाली २२ सेप्टेम्बर २०२५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| प्रधानमन्त्री | सुशीला कार्की |
| उपराष्ट्रपति | राम सहाय यादव |
| पूर्वाधिकारी | पृथ्वीसुब्बा गुरुङ |
| व्यक्तिगत विवरण | |
| जन्म | ६ अगस्ट १९८३ दोलखा, नेपाल |
| राजनीतिक दल | नेपाली काङ्ग्रेस[१] |
| जीवनसाथी | सुप्रभा केसी |
| शिक्षा |
|
जगदीश खरेल एक नेपाली सञ्चारकर्मी तथा पत्रकार हुन् जसले हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पद सम्हालिरहेका छन् हुन्। इमेज टेलिभिजनका निवर्तमान प्रधानसम्पादक समेत रहेका उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नेपालको अन्तरीम मन्त्रीपरिषद्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा २२ सेप्टेम्बर २०२५ नियुक्त भएका थिए। [२]
लामो समय इमेज टेलिभिजनमा बिताएका खरेल लोकप्रिय पत्रकारहरूको श्रेणीमा गनिन्छन् भने उनी नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य समेत हुन्।[३]
पेशा र शिक्षा
[सम्पादन गर्नुहोस्]खरेलले आफ्नो पत्रकारिता पेशा सन् २००५ मा राजनीतिक पत्रकारका रूपमा सुरु गरेका थिए। उनले इमेज टिभी च्यानलमा प्रसारित हुने लोकप्रिय टक सो हट सिट को आयोजकको रूपमा ख्याति प्राप्त गरेका थिए जसले नेपालका राजनीतिक र सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्ने गर्दछ। यो कार्यक्रम राजनीतिक नेताहरू र विश्लेषकहरूसँग हुने गहन अन्तर्वार्ताको लागि चिनिएको छ। खरेलले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधि गरिरहेका छन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "‘गैरदलीय’ सरकारको सञ्चारमन्त्री नेपाली कांग्रेसको क्रियाशील सदस्य", ukeraa.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-२५।
- ↑ सञ्चार, देश (२०२५-०९-२१), "पत्रकार जगदीश खरेल मन्त्री बन्ने", देशसञ्चार, अन्तिम पहुँच २०२५-०९-२१।
- ↑ सञ्चार, देश (२०२५-०९-२१), "पत्रकार जगदीश खरेल मन्त्री बन्ने", देशसञ्चार, अन्तिम पहुँच २०२५-०९-२१।
- ↑ "पत्रकार खरेल बने सञ्चारमन्त्री", रातोपाटी डटकम (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-२६।