सामग्रीमा जानुहोस्

जगदीश प्रसाद भट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगदीश प्रसाद भट्ट
जगदीश प्रसाद भट्टको तस्विर
व्यक्तिगत जानकारी
जन्म२०३१/०३/२५
भि. न. पा. - १५ गोबरैया, भीमदत्त नगरपालिका
उचाइ६ फुट २ इन्च
तौल८५ केजी
खेल
राष्ट्र नेपाल
खेलभलिबल

जगदीश प्रसाद भट्ट भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी र हाल नेपालको भलिबल टोलीका राष्ट्रिय प्रशिक्षक हुन्।[] उनी बिरा दत्त भट्ट र मानमती देवि भट्ट का कान्छा छोरा हुन्। भट्टले बि. सं. २०५८ साल फागुनमा लविता जोशी सित बिवाह गरेका हुन्। उनका निकिता भट्ट र रितिका भट्ट दुई छोरीहरू छन्। कान्छी छोरी रितिका भट्ट भलिवल खेलमा लागेकि छिन्।

जगदीश प्रसाद भट्टको बाल्यकाल बैतडी जिल्लामा बितेको थियो।

बि. स‍ंं. २०४५ साल देखि बि. संं. २०६४ साल सम्म का सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबलका प्रतियोगितामा खेलाडीका रुपमा सहभागी जनाएका थिए। बि. स. २०६४ देखि हाल सम्म नेपाली पुरुष र महिला राष्ट्रिय टिमका प्रशिक्षकका रुपमा रहेर प्रशिक्षण गराउदै आएका छन्।[] बैतडीबाट कञ्चनपुर बसाइँ सरपछि उचाइले साथ दिएको हुनेले उनले भलिबल खेल रोजे। त्यसबेला त्यो ठाउँमा खेल भनेको भलिबल नै थियो। यसको लोकप्रियताले लै उनलाई भलिबलप्रति आकर्षित गरायो। तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछी महाकाली अञ्चल र पछी सुदूरपश्चिम विकास क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलेका उनी बि. स‍ंं. २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रहे। त्यस बीचमा बि. स‍ंं. २०५३ सालमै उनी पटियालाबाट स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमा राखेप प्रशिक्षक बनिसकेका थिए। उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए।[] सक्रिय खेलाडी जीवनका क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए। भट्टलाई अहिले प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हालेको साढे दुई दशक भयो। लामो प्रशिक्षण जीवनमा उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दो छ। नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गरे पछी त उनी भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनेका छन्। दुई वर्षका बीचमा नेपाली टोलीको निरन्तर सफलतामा उनको ठुलो हात रहेको छ।[]

प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिहरू

  • दक्षिण एसियाली महिला बीच भलिबल–२०१२– स्वर्ण
  • दक्षिण एसियाली आमन्त्रण महिला भलिबल २०१४– रजत
  • तेस्रो एसियन सेन्ट्रल जोन पुरुष भलिबल–२०१७– कांस्य
  • पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल २०१९– स्वर्ण
  • १३औं साग महिला भलिबल २०१९– रजत
  • दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबल २०२१– स्वर्ण[]

मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी

[सम्पादन गर्नुहोस्]

राष्ट्रिय खेलकुद परिषद(राखेप) ले जगदिश प्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिएको छ। काभा २०२४ का विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई‌ पुरस्कृत गर्न बि. सं. २०८१ भाद्र ८ गते शनिवार काठमाण्डौँमा आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिएका थिए। भट्ट झण्डै ३ दशकदेखि राखेपमा‌ कार्यरत छन्। बि. सं. २०५३ मा राखेप प्रवेश गरेका उनी बि. सं. २०६१ मा सहायक प्रशिक्षकमा स्थायी भएका थिए।[]

उप–निर्देशकको जिम्मेवारी

[सम्पादन गर्नुहोस्]

भलिबल मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टले तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप–निर्देशकको जिम्मेवारी पाएका छन्।[]

पुरुस्कार तथा सम्मान

[सम्पादन गर्नुहोस्]
  • बर्षको उत्कृष्ट प्रशिक्षक २०७५ (नेपाल भलिबल संध)
  • जनसेवाश्री पदक - वि.सं. २०७९[]

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Nepal to face Hong Kong after 34 years - myrepublica online
  2. Shahi announced women’s national volleyball team skipper - thehimalayantimes
  3. तिमिल्सिना, कुसल, "सफलताका सारथि", ईकान्तिपूर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-०१ मिति
  4. तिमिल्सिना, कुसल, "सफलताका सारथि", ईकान्तिपूर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०१ [स्थायी मृत कडी]
  5. राजवंशी, निरञ्जन, "उज्बेकिस्तानलाई हराउँदै नेपालले जित्यो एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता", बीबीसी नेपाली न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-२१ 
  6. "दीपक विष्ट र गौरिका सिंहसहित खेल क्षेत्रका २२ जनालाई राष्ट्रिय पदक र अलंकार", अनलाई खबर डटकम (नेपालीमा), अन्तिम पहुँच २०२४-०८-२४ 
  7. "भलिबलका मुख्य प्रशिक्षक भट्टलाई उप-निर्देशकको जिम्मेवारी", अनलाईन खबर डटकम (नेपालीमा), अन्तिम पहुँच २०२५-०४-१६ 
  8. "भट्टलाई राखेपको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी", हाम्रो खेलकुद डटकम (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-१९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]