जनकमान श्रेष्ठ
स्वरूप
जनकमान श्रेष्ठ | |
|---|---|
| काठमाडौँंका मेयर | |
| सहायक | प्रयागराज सुवाल |
| व्यक्तिगत विवरण | |
| जन्म | वि.सं. १९८५ मंसिर ७ काठमाडौँं |
| मृत्यु | वि.सं. २०७६ मंसिर २७ |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
जनकमान श्रेष्ठ काठमाडौँ नगरपालिकाका पहिलो मेयर तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरूको फैसलाकर्ता न्यायाधीश हुन् ।
प्राराम्भिक जीवन
[सम्पादन गर्नुहोस्]जनकमान श्रेष्ठ वि.सं. १९८५ मंसिर ७ गते जन्मिएका थिए।
राजनीति
[सम्पादन गर्नुहोस्]२०१० सालमा उपत्यकाका तीन नगरमा स्थानीय निर्वाचन भयो। कम्युनिस्ट पार्टीबाट उठेका श्रेष्ठले दुईतिहाइ मत ल्याएर मेयर जिते। २५ वर्षको उमेरमा काठमाडौँको नगरपिता निर्वाचित भएका थिए।[१]
जनकमान राजनीतिमा वितृष्णा जागेपछि न्याय सेवामा लागे।
न्यायाधीश
[सम्पादन गर्नुहोस्]जनकमान श्रेष्ठ २०१६ सालमा न्यायाधीश भए।
पुस्तक
[सम्पादन गर्नुहोस्]हराएको इतिहास[२]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मातृकाले बर्खास्त गरेका काठमाडौँका पहिलो मेयर", सेतोपाटी सञ्चार प्रा.लि, अन्तिम पहुँच असोज २।
- ↑ "जननिर्वाचित प्रथम मेयर तथा न्यायाधीश जनकमान श्रेष्ठको जीवनी “हराएको इतिहास” लोकार्पण", स्वाभिमानी प्रकाशन प्रा.लि., अन्तिम पहुँच सेप्टेम्बर ९, २०१९।