जब ह्यारी मेट सेजल
| जब ह्यारी मेट सेजल | |
|---|---|
चलचित्रको पोस्टर | |
| निर्देशक | इम्तियाज अली |
| लेखक | इम्तियाज अली |
| पटकथा | इम्तियाज अली |
| कथा | इम्तियाज अली |
| निर्माता | गौरी खान |
| मुख्य कलाकार | शाहरूख खान अनुष्का शर्मा एवलिन शर्मा सयानी गुप्ता चन्दन रोय संयल |
| छायाङ्कन | के. यू. मोहनन |
| सम्पादन | आरती बजाज |
| सङ्गीत | गीत: प्रीतम पार्श्व संगीत: अभिजित वघानी |
वितरक कम्पनीहरू | |
| वितरक | रेड चिलीज एन्टरटेनमेन्ट |
प्रदर्शन मिति |
|
| देश | भारत |
| भाषा | हिन्दी |
जब ह्यारी मेट सेजल एक आगामी हिन्दी रोमान्टिक कमेडी चलचित्र हो जसको लेखन एवम् निर्देशन इम्तियाज अली द्वारा गरिएको हो ।[१] चलचित्रमा शाहरूख खान, अनुष्का शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र रब ने बना दी जोडी (२००८) र जब तक है जान (२०१२) पछिको तेस्रो चलचित्र हो जसमा शाहरूख खान र अनुष्का शर्मा साथ काम गरिरहेका छन् ।
चलचित्र ४ अगस्ट २०१७ मा सिनेमाघरहरूमा प्रदर्शित हुनेछ ।
कलाकार
[सम्पादन गर्नुहोस्]- शाहरूख खान - ह्यारी
- अनुष्का शर्मा - सेजल
- सयानी गुप्ता - ईशा
- अजय नागरथ
- एवलिन शर्मा
- अरु क्रिशंश वर्मा
- चन्दन रोय संयल
- पारस अरोडा
विकास
[सम्पादन गर्नुहोस्]चलचित्रको उत्पादन अप्रिल २०१६ देखि शुरू भयो र अगस्ट २०१६ को शुरूमा छायाङ्कनको घोषणा गरियो, जब चलचित्रको काम शीर्षक "उत्पादन संख्या ५२" थियो । चलचित्रको कहानीको बारेमा केही विवरण दिइएको छ, हुनत न्युज आउटलेट्सले बताएको छ कि खान एक पर्यटन गाइडको भूमिका निभाउछन् जो एक छुट्टीमा आएर महिलासँग मिल्छन्, जसको भूमिका अनुष्का निभाउछिन् । शर्मालाई आफ्नो भूमिकाको लागि स्वयंलाई तैयार गर्नका लागि धेरै महिनाको शब्दावली प्रशिक्षणको आवश्यकता पर्यो, किनकि उनको भूमिका गुजरातबाट हो । यस चलचित्रको शीर्षकमा धेरै बदलाव भयो जसमा रिङ्ग, रहनुमा र रौला नाम शामिल छन् तर अन्त्यमा चलचित्रको शीर्षक "जब ह्यारी मेट सेजल" राखियो ।
छायाङ्कन
[सम्पादन गर्नुहोस्]चलचित्रको सुटिङ बुडापेस्ट, प्राग र भारतमा भएको छ । अन्य ठाउँहरूमा यूरोप र पञ्जाब पनि शामिल छन् ।
संगीत
[सम्पादन गर्नुहोस्]| जब ह्यारी मेट सेजल | |
|---|---|
| को साउन्डट्र्याक एल्बम | |
| जारी | अघोषित |
| रेकर्ड गरिएको | २०१६-१७ |
| शैली | विशिष्ट चलचित्र संगीत |
| भाषा | हिन्दी |
| लेबल | सोनी म्युजिक इन्डिया |
चलचित्रको संगीत प्रीतम द्वारा रचित हो र गीत इरशाद कामिल द्वारा लेखिएको हो । दिलजीत दोसांझ चलचित्रमा एक विशेष गीत गाउनेछन् ।
| क्र.सं. | शीर्षक | गायक | लम्बाइ |
|---|---|---|---|
| १. | "राधा" | सुनिधि चौहान, शाहिद माल्या | १:५२ |
| कुल लम्बाइ: | १:५२ | ||