जमसेदपुर
जमसेदपुर
टाटानगर | |
---|---|
![]() जमसेदपुरको गोलचक्कर | |
उपनाम: स्टिल सिटी | |
देश | भारत |
राज्य | झारखण्ड |
जिल्ला | पूर्वी सिंहभूम जिल्ला |
संस्थापक | जमशेदजी नौसरवानजी टाटा |
नामकरण | फलाम र स्टिल, सिमेन्ट उद्योग |
क्षेत्रफल | |
• महानगर | २०९ किमी२ (८१ वर्ग माइल) |
उन्नतांश | १५९ मिटर (५२२ फिट) |
जनसङ्ख्या (२०११)[२] | |
• महानगर | १,३३७,१३१ |
• घनत्व | ६४००/किमी२ (१७०००/वर्ग माइल) |
• महानगर | ६३१,३६४ |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक कोड | ८३१००१ देखि ८३१xxx |
टेलिफोन कोड | ०६५७ |
साक्षरता | ८५.९४% |
भाषा | हिन्दी, अङ्ग्रेजी र बङ्गाली |
वेबसाइट | www |
जमसेदपुर (/ˈdʒɑːmʃɛdpɔːr/, ⓘ) भारतको झारखण्ड राज्यको एउटा सहर हो। यो भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३६औँ क्रममा र झारखण्डमा पहिलो स्थानमा रहेको छ। जमसेदपुरलाई टाटानगर पनि भनिने गरिन्छ। यो झारखण्ड राज्यको दक्षिणी भागमा अवस्थित पूर्वी सिंहभूम जिल्लाको भाग हो। जमसेदपुरको स्थापना पारसी व्यवसायी जमशेदजी नौशरवानजी टाटाले गरेको हो। सन् १९०७ मा टाटाले आइरन एण्ड स्टिल कम्पनी (टिस्को) को स्थापना गरेपछि यस सहरको जग बसाल्न सकिएको हो। यसभन्दा पूर्व यहाँ साक्ची नामक एउटा आदिवासी गाउँ हुने गर्थ्यो। यहाँको माटो कालो हुनेभएको कारणले यहाँको पहिलो रेलवे-स्टेशन कालीमाटीको नामले बन्यो जसलाई पछि परिवर्तन गरेर टाटानगर गरियो। खनिज पदार्थहरूको प्रचुर मात्रामा उपलब्धता र खडकई तथा सुवर्णरेखा नदीको सजिलै उपलब्ध पानी, तथा कोलकातासँगको नजिकीको कारण आजको यो आधुनिक सहरलाई बसाल्न सकिएको हो।
जमसेदपुर आज भारतको सबैभन्दा प्रगतिशील उद्योगिक नगरहरू मध्येमा एक हो। टाटा परिवारको कयौँ कम्पनीहरूको उत्पादन एकाई जस्तै टिस्को, टाटा मोटर्स, टिस्कन, टिन्पलेट, टोलीकन, ट्यूब डिभिजन, इत्यादि यहाँ कार्यरत छन्।
यातायात
[सम्पादन गर्नुहोस्]जमसेदपुर सडक र रेल-मार्गद्वारा पुरै भारत सँग जोडिएको छ। हावडा मुम्बई रेल मार्गमा अवस्थित हुनुका कारण टाटानगर दक्षिणपूर्व रेलवेको अत्यन्त व्यस्त रेल्वे स्टेसनहरू मध्ये गनिन्छ। राष्ट्रिय राजमार्ग ३३ यो सहर भएर गएको छ। नगरको उत्तर पूर्वी भागमा एउटा सोनारी विमानस्थल छ जुन वायु विमान सेवाहरूसँग यस सहरलाई जोडेको छ। सहरको प्रमुख सडकहरू रेखदेख टाटा परिवारद्वारा हुने भएको कारणले यहाँको सडक झारखण्डमा अन्य सहरहरूको अपेक्षामा धेरै राम्रो छ।
हवाई सेवा
[सम्पादन गर्नुहोस्]जमसेदपुर एयर डेकनद्वारा कोलकाताको विमानस्थलद्वारा जोडिएको छ। यस वाहेक यहाँ एउटा निजी एयरलाइन्स हप्तामा दुई दिन यहाँबाट राष्ट्रिय राजधानी दिल्लीको लागि उडान भर्ने गर्दछ। यो विमानस्थलको प्रायजसो उपयोग उद्योगिक जहाजहरूको आगमन-प्रस्थानको लागि गर्ने गरिएको छ। यस वाहेक यहाँ उडान प्रशिक्षणको लेल स्थापित जमसेदपुर को-आपरेटिभ फ्लाइङ क्लब तथा टाटानगर एभियेसनद्वारा यसको प्रयोग गर्ने गरिन्छ। कोलकाता अतिरिक्त यहाँबाट सबैभन्दा नजिकको विमानस्थल राँचीको बिरसा मुण्डा विमानस्थल हो जुन यहाँबाट लगभग १२० किलोमिटरको दूरीमा रहेको छ।
रेल-मार्ग
[सम्पादन गर्नुहोस्]टाटानगर (जमसेदपुर) दक्षिणपूर्व रेलवेको सबैभन्दा प्रमुख रेलवे स्टेसनहरू मध्ये एक हो ए यसले सोझै यो सहरलाई भारतका अन्य प्रमुख सहरहरू जस्तै कोलकाता, मुम्बई, दिल्ली, चेन्नई, पटना, रायपुर, भुवनेश्वर आदी सँग जोडेको छ। यस रेलवे स्टेसनलाई टाटानगरको नामले चिनिन्छ।
सडक मार्ग
[सम्पादन गर्नुहोस्]जमसेदपुर सडक मार्गद्वारा भारतका सबै ठुला सहरहरूसँग जोडिएको छ। सहरबाट राष्ट्रिय राजमार्ग ३३ (बहरागोडा देखि बरही) गएको छ जुन राष्ट्रिय राजमार्ग सङ्ख्या २ सँग जोडिएको छ जो सोझै कोलकाता र दिल्लीसँग जोडिएको छ। राँची (१३१ किलोमिटर), पटना, गया, कोलकाता (२५० किलोमिटर) सहित कयौँ बिहार, बङ्गाल र ओडिशाका अन्य प्रमुख सहरहरू सँग जमसेदपुरको लागि सोझो बस सेवा उपलब्ध रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Jamshedpur city total area"।
- ↑ "Census 2011", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २१ मे २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]