जयनन्द लामा
| जयनन्द लामा | |
|---|---|
| जन्म | वि.सं. २०१२ बाह्रबिसे, सिन्धुपाल्चोक जिल्ला, नेपाल |
| मृत्यु | वि.सं. २०७८ फाल्गुन ११ गते बुधबार कौशलटार भक्तपुर नेपाल |
| विधा | नेपाली लोक सङ्गीत |
| पेशा | गायक, कलाकार, सङ्गितकार, शब्द संकलक, चलचित्र लेखक, निर्माता र निर्देशक |
| सक्रिय वर्ष | ६५ |
जयनन्द लामा (नेपालः जयनन्द लामा, वि.सं. २०१२-वि.सं. २०७८ फाल्गुन ११) नेपाली लोक गायक तथा अभिनेता थिए।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]लामा नेपाल बाह्रबिसेमा जन्मिएका थिए र 13 वर्षको उमेरमा राष्ट्रिय प्रतियोगितामा सान्त्वना पुरस्कार जितेका थिए। उनले भारतको ललित कला क्याम्पसबाट शास्त्रीय सङ्गीतमा स्नातक डिप्लोमा र भारतको इलाहाबाद विश्वविद्यालय शास्त्रीय सङ्गीतको स्नातकोत्तर डिग्री प्राप्त गरे। उनले रोयल नेपाल एकेडेमी र रेडियो नेपाल लोक विभागका प्रमुखका रूपमा काम गरे।
उनले फिल्म मन को बाँध (१९७३) बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए। त्यसबेलादेखि उनले सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।पहिलो तामाङ भाषाको चलचित्र ‘छोमरी छोरङान’ लेखन तथा निर्देशन समेत जयनन्दले गरेका थिए । त्यस्तै ‘माया गर्छु म’, ‘कर्मको फल’ जस्ता चलचित्रहरु निर्देशन समेत गरेका थिए । बीचको केही वर्ष भने उनी चलचित्र अभिनयबाट केही टाढा देखिएका थिए । केही वर्षअघि मात्रै ‘छक्का पञ्जा’, ‘जय भोले’ जस्ता चलचित्रमा अभिनय गरेपछि उनी पछिल्लो समय चलचित्रमा निकै व्यस्त कलाकारमा पर्दथे । त्यसयता उनले ‘दाल भात तरकारी’, ‘भैरे’, ‘साली कस्को भेनाको’ जस्ता थुप्रै चलचित्रमा अभिनय गरेका थिए । ‘कबड्डी ४’, ‘चोर पुलिस’, ‘गणपति’जस्ता चलचित्रको समेत छायांकन सकाएका छन् । यी चलचित्रको डबिङ हुन बाँकी नै छ । ‘छक्का पञ्जा ४’, ‘२ नम्बरी’ जस्ता थुप्रै चलचित्रको छायांकनमा जाने तयारीमा थिए ।
पहिलो क्यासेट एल्बम निकाल्ने गायक समेत जयनन्द नै थिए । उनले दुई सय बढी गीत गाएका छन् । विशेषगरी रमाइलो खालका गीत सिर्जना र गाउने गरेका उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोक गीत अहिले पनि उत्तिकै चर्चित छन् ।
लामा वि.सं. २०७८ फाल्गुन ११ गते बुधबार ६५ वर्षको उमेरमा भक्तपुरको कौशलटारमा रहेको आफ्नो घर अगाडि मृत फेला परेका थिए।[३]
गीतहरू
[सम्पादन गर्नुहोस्]- कलकते काइँयो
- के को साँचो डल्ली रेशम
- मुला को चना
- सलाला पानी
- चुइन चुइन चुईनकने जुत्ता
- हेर्दामा राम्रो
- उँभो त सैलुङ
- महाभारत लेखको जंगल
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]१.
- ↑ "Popular actor and folk singer Jayananda Lama passes away. He was the first singer to record the audio cassette album in Nepal named Folk songs of Jayananda Lama in 1985 A.D. He acted in more than 100 Nepali movies like Chakka Panja,Kabaddi 4, Sanglo etc. He is also an author of books like Sangeet Siddhanta and Tamang Sangeet Anusandhaan ,research based on music scriptures.He is also the innvovater of Nepali musical font named Pingul. He is also well known as the director of first Tamang Movie called Semari Chorngan."।
- ↑ "Folk singer Jayananda Lama"। अभिलेखिकरण २०२४-०५-२० वेब्याक मेसिन
- ↑ "Actor and singer Jayananda Lama passes away at 65"।
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- इन्टरनेट चलचित्र डेटाबेसमा Jayananda Lama
- जयनन्द लामा डिसकोग्समा साङ्गीतिक कार्यहरू