सामग्रीमा जानुहोस्

जयन्त राना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काजी

जयन्त राना
जन्मगोरखा राज्य
(वर्तमान गोरखा, नेपाल)
मृत्यु१७४४
बेलकोट
(हालको नुवाकोट)
निष्ठागोरखा राज्य
कान्तिपुर राज्य
सक्रिय सेवा अवधिइ.स. १७३६-१७४४
सैन्य क्रमकाजी
युद्धनुवाकोटको युद्ध (१७३६)
नुवाकोटको युद्ध (१७४३)
नुवाकोटको युद्ध (१७४४)
बेलकोटको युद्ध (१७४४) 
जीवनसाथी(हरू)अज्ञात
सन्तानशङ्खमणि राना

काजी जयन्त राना मगर गोर्खा राज्य र कान्तिपुर राज्यका गोर्खाली सेनापति थिए। गोर्खा त्यागेर उनी कान्तिपुर पुगेपछि राजा जयप्रकाश मल्लले उनलाई नुवाकोटको हाकिम बनाएका थिए।उनले गोर्खाको नुवाकोटको आक्रमण विरुद्ध कान्तिपुरका लागि दुईवटा युद्धको नेतृत्व गरेका थिए र बेलकोटको लडाइँमा युद्धबन्दी भए। राजा पृथ्वी नारायण शाह ले जीवित छाला काढ्ने आदेश दिएपछि बि.सं १८०१ मा उनको हत्या भयो।

गोरखाका राजा नरभूपाल शाहले महेश्वर पन्त र जयन्त रानालाई आफ्नो सेनाको सेनापति बनाएका थिए बनाए।[] सन् १७३६ मा, राजाले दुवै सेनापतिलाई कांतिपुर राज्यको नियन्त्रणमा रहेको प्रदेश नुवाकोटमा आक्रमण गर्न पठाए तर आक्रमण असफल भयो।[] उनीहरू गोरखामा फर्किए, दुवै कमान्डरहरूले पराजयका लागि एकअर्कालाई दोष दिए।[] उनीबाट नेतृत्व झिकियो। यसबाट आफूउपर अन्य्याय भएको सम्झी, आफ्नो ज्यानको डरले रानाले गोरखाको सेना छोडे, पछि कान्तिपुर सेनामा सामेल भए।[] कान्तिपुरका राजा, जय प्रकाश मल्ल ले रानालाई गोर्खाबाट आक्रमणको रक्षा गर्न नियुक्त गरे किनभने उनीसँग गोर्खाको शक्ति र कमजोरीहरूको बारेमा आन्तरिक जानकारी थियो।[] पृथ्वी नारायण शाह आफ्ना पिता नर भूपाल शाहको मृत्युपछि सन् १७४३ मा गोर्खा राज्यको सिंहासनमा बसे।[] आफ्नो बुबा जस्तै उनले नुवाकोटमा आक्रमण गरे, तर उनी जित्न असफल भए, यसरी उनले सैन्य प्रविधि र जनशक्तिलाई सुधार गर्न थाले।[]

बि सं १८०१ को नुवाकोटको युद्ध

[सम्पादन गर्नुहोस्]

नुवाकोटका हाकिम जयन्त राना गोरखाली आक्रमण हुँदै छ, त्यसको मुकाबिला गर्ने सिपाह्लिन कान्तिपुर गएको बेला, आफ्नो पदको जिम्मा आफ्नै छोरा शंखमणि रानालाई दिएका थिए। त्यही मौकामा पृथ्वीनारायण शाहले आफ्नो सेनालाई ३ खण्डमा विभाजित गरी नुवाकोटको महामण्डलमा आक्रमण गर्न लगाए। त्यो युद्धमा गोरखाली चौतारिया दलमर्दन शाहले शङ्खमणि रानालाई जेठी तरबारले काटेपछि नुवाकोट चौकी गोरखालीका हातमा पर्‍यो। उता जयन्त रानामगर बेलकोटमा सेना जम्मा पारी गोरखालीलाई धपाउने मन्त्रणा गरिरहेका बेलामा पृथ्वीनारायण शाहले अचानक त्यहाँ पनि आक्रमण गरिदिए। त्यो आक्रमण दुवै पक्षलाई घातक थियो तापनि गोरखाली काजी कालु पाण्डेको चातुर्यले जयन्त राना युद्धबन्दी बनाइएकाले गोरखालीको नुवाकोट माथि पूर्णतः विजय भयो। युद्धमा पक्रिएका जयन्त रानाले आफ्ना छोराको हत्यारालाई मार्ने प्रण दोहोर्‍याइरहेकाले राज्य बागी हुनेलाई तर्साउने हेतुले उनलाई मारियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ Singh 2013, पृष्ठ 13.
  2. २.० २.१ Hamal 1995, पृष्ठ 89.
  3. Shrestha 2017, पृष्ठ 28.
  4. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७०, आइएसबिएन 99933-2-406-X