जयन साउदी अरब
![]() | |
व्यवसाय प्रकार | सार्वजनिक7030 |
---|---|
आइएसआइएन | SA121053DR18 |
स्थापित | १२ मार्च २००८ |
केन्द्रीय कार्यालय | Granada business park, , साउदी अरब |
सेवा क्षेत्र | ![]() |
मुख्य व्यक्ति | |
आम्दानी | Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). |
कुल सम्पत्ति | Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil). |
वेबसाइट | www |
मोबाइल दूरसञ्चार कम्पनी साउदी अरब वा जयन साउदी अरब (अरबी: زين السعودية), एक साउदी संयुक्त पूँजी कम्पनी हो र साउदी अरबको तेस्रो मोबाइल सञ्जाल सञ्चालक वा दूरसञ्चार कम्पनी पनि हो। राज्यको लागि मोबाइल दूरसञ्चार गतिविधि सञ्चालन गर्ने उद्देशका साथ यसको स्थापना गरिएको थियो। लगातार ९ वर्षको घाटा पछि, जयनले यसको पहिलो लाभ सन् २०१७ को पहिलो त्रैमासिकको अन्त्यमा हासिल गर्न सफल भएको थियो जसमा यसले शुद्ध लाभ ४५ करोड रियल निकाल्न सफल भएको थियो। जयन साउदी अरबको तेस्रो मोबाइल सञ्जाल सञ्चालक हो। यसले आफ्नो सेवाको आधिकारिक रूपमा सञ्चालन २६ अगष्ट २००८ का दिन गरेको थियो।[१] सुरुवातको ४ महिनामै कम्पनीले २० लाख ग्राहकहरू बनाइसकेको थियो।[२][३][४] कम्पनीको प्रधान कार्यालय साउदी अरबको राजधानी रियादमा अवस्थित छ।
सन् २०१६ को अन्त्यमा यसले लगभग एक अरब साउदी रियाल घाटा व्यहोर्नुपरेको थियो। यसको स्थापना पछि कूल सञ्चित घाटा १६ अरब रियाल अनुमान गरिएको थियो।
जयनले साउदी अरबमा २५ वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो वा यसले साउदी अरब सरकारबाट सञ्चालन अनुमति पत्र प्राप्त गरेको थियो।
सुरुवात
[सम्पादन गर्नुहोस्]तेस्रो मोबाइल सञ्चालक अनुमति पत्र अन्तर्गत, जयन समूह जुलाई २००७ मा सउदीका धेरै लगानीकर्ताहरूसँगको गठबन्धनको लागि योग्य भएको थियो। यसले अगष्ट २००८ देखि सेवा सञ्चालनमा ल्याएको थियो। त्यो भन्दा पहिले, अनुमति पत्रका सर्तहरू अन्तर्गत, सोही वर्षको फेब्रुअरीमा सार्वजनिक सदस्यताका लागि धेरै सेयरहरू प्रस्ताव गरिएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]मोबाइल दूरसञ्चार कम्पनी साउदी अरब ११ जून २००७ मा मन्त्रिपरिषद्को प्रस्ताव सङ्ख्या १७५ मा आधारित साउदी अरबको तेस्रो मोबाइल दूरसञ्चार सञ्जाल सञ्चालन गर्न एक संयुक्त पूँजी कम्पनीको रूपमा स्थापना भएको थियो।
कम्पनी १२ मार्च २००८ मा वाणिज्यिक दर्ता नम्बर ( १०१०२४६१९२) अन्तर्गत दर्ता गरिएको थियो। [५] कम्पनीले २५ वर्षको लागि साउदी अरबमा सञ्चालन गर्न पाउने अनुमति पत्रका लागि साउदी सरकारलाई ६.१ अर्ब अमेरिकी डलर भुक्तानी गरेको थियो। [६] मोबाइल दूरसञ्चार कम्पनी साउदी अरबले २२ मार्च २००८ मा साउदी सेयर बजारमा सूचीबद्ध भएको थियो। जयनले २६ अगष्ट २००८ मा मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो।[५]
जयनले २३ मार्च २०१३ मा नयाँ अध्यक्ष नियुक्त गरेको थियो। यो खबर साउदी दूरसञ्चार कम्पनीकी प्रमुख कार्यकारी अधिकृतले आफ्नो पदबाट राजीनामा दिएको एक हप्ता भित्रै आएको थियो।[७][८]
सेवा तथा उत्पादनहरू
[सम्पादन गर्नुहोस्]जयन साउदी अरबले मोबाइल फोन सेवाहरू प्रदान गर्दछ जसमा आवाज दूरभाष सेवा, संक्षिप्त सन्देश सेवा र बहु सञ्चार माध्यम सेवा, मोबाइल सिम अनुप्रयोग, तेस्रो पुस्ता, चौथो पुस्ता र मोबाइल विस्तृत पट्टि सेवाहरू समावेश छन्। उक्त सेवा अन्तर्गत रिङटोन, समाचार, खेल लगायतका सेवाहरू पर्दछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ رخصة الهاتف المحمول वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१७ मिति
- ↑ "Zain to launch mobile phone services in Saudi Arabia today", गल्फ न्युज, २६ अगस्ट २००८, अन्तिम पहुँच ७ अक्टोबर २००९।
- ↑ "Zain Takes One Network to Saudi Arabia", द मोनिटर (युगाण्डा), ३० सेप्टेम्बर २००८, अन्तिम पहुँच ७ अक्टोबर २००९।
- ↑ "Zain delays launch of Saudi mobile services for testing.", मिडल इष्ट इकोनोमिक डाइजेष्ट, २० जुन २००८, अन्तिम पहुँच ७ अक्टोबर २००९।
- ↑ ५.० ५.१ "कम्पनीको विवरण", ताडाउल, अन्तिम पहुँच २०१६-१०-०२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२३ मिति
- ↑ "Zain to launch mobile phone services in Saudi Arabia today", दुबई सिटि इन्फो, अन्तिम पहुँच २०१६-१०-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-११ मिति
- ↑ "New chairman for telecom provider Zain Saudi", Reuters, २३ मार्च २०१३।
- ↑ http://www.arabnews.com/news/445252
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१३ मिति